पूर्वशिक्षामन्त्री र पत्रकार खड्का जापानमा सम्मानित

3 weeks ago/Monday, November 18th, 2019

दोलखा, २ मंसिर ।

दोलखा समाज जापानले पूर्व शिक्षामन्त्री र पत्रकार लक्ष्मण खड्कालाई जापानको टोकियोमा सम्मान गरेको छ ।

दोलखा समाज जापानले हिजो एक कार्यक्रमको आयोजना गरी पूर्वशिक्षामन्त्री गंलालाल तुलाधर र अन्तराष्ट्रिय मिडिया सम्मेलनमा सहभागी हुन जापान पुगेका सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय कोषाध्यक्ष एवम् दोलखास्थित हाम्रो रेडियो, जिरी एफएम र इ दोलखा अनलाइनका सञ्चालक लक्ष्मण खड्कालाई सम्मान गरेको हो । सो समाजले जापान भ्रमणमा रहेका चरिकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष बद्रि कुमार श्रेष्ठलाई पनि सम्मान गरेको छ । कार्यक्रममा दोलखा समाज जापानका अध्यक्ष नवराज थापा लगायतका पदाधिकारीहरुले सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशिक्षामन्त्री तुलाधरले नेपाल सरकारले लगानी र रोजगारीको अवसर सिर्जना गर्न केही नयाँ कामको थालनी गरेको भन्दै वर्षाेदेखि जापानमा रहेका दोलखालीहरुलाई स्वदेशमै फर्किएर व्यवसाय गर्न आग्रह गर्नुभयो । यस्तै, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष खड्काले दोलखामा पर्यटन र कृषिमा आधारित उद्योग व्यवसायमा जापानमा रहेको दोलखालीहरुको लगानी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष थापा, वरिष्ठ उपाध्यक्ष गिरबहादुर तमाङ, उपाध्यक्षहरु लोकराज चौलागाँई, महेश खड्का र सञ्जिव पोखरेल, महासचिव रोशन थापा, सल्लाहकार कुलविन्द्र फुँयाल लगायत जापानमा रहेको दोलखालीहरुको उपस्थित रहेको थियो । जापानमा रहेका दोलखालीहरुले सन २०१४ मा दोलखा समाज जापानको गठन गरेका हुन् । सो समाजले जापानमा रहेका दोलखालीहरुको हितमा काम गर्नुका साथै दशैं, तिहार, तिज लगायतका चाडपर्वहरुमा जापानमा विशेष समारोहहरुको आयोजना गर्ने गरेको छ । पछिल्ला वर्षहरुमा दोलखा समाज जापानले दोलखा जिल्लामा बाढी पहिरो, आगलागी लगायतका प्राकृतिक प्रकोप र गम्भीर प्रकृतिका बिरामीको घटनामा आर्थिक सहयोग समेत गर्दै आएको छ ।

२ मंसिर, २०७६ । ७ः१० बजे प्रकाशित ।

VIEWS: 3245 पटक हेरीएको
error: Content is protected !!