पूर्व प्रधानमन्त्री प्रचण्ड शुक्रवार जिरी आउने, जिरीमा भव्य स्वागतको तयारी (हेर्नुहोस् तस्वीर सहित)

3 weeks ago/Thursday, September 26th, 2019

ईदोलखा संवाददाता

जिरी (दोलखा), ९ असोज ।

दोलखाको पर्यटकीय नगरी जिरीमा बिस्व पर्यटन दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको भव्य तयारी भएको छ ।

विस्व पर्यटन दिवसको अवसरमा जिरी नगरपालिकाको नव निर्मित भवनका समुद्घाटन, जिरी सामुदायिक एफएमको वार्षिक उत्सव तथा सगरमाथाको प्रथम आरोही तेन्जिङ शेर्पा र एडमण्ड हिलारीको सालिक अनावरणका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि भव्य तयारी गरिएको हो । भोली जिरीमा आयोजना हुने कार्यक्रलाई जिरीवासीले महत्वपूर्ण अवसर र पर्वका रुपमा मनाउने तयारी गरेका छन् । भोली हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलले जानकारी दिनुभयो ।

यस्तो छ कार्यक्रम तालिका

पूर्व प्रधानमन्त्री प्रचण्ड भोली विहान ११ बजे हेलिकोप्टर मार्फत जिरी स्थित सहिद स्मृति माविको प्राङ्गणमा उर्तिएर सहिद माविको अवलोकन भ्रमण गर्ने र त्यसपछि जिरी नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन समुद्घाटन गरे लगत्तै पूर्व प्रधानमन्त्री प्रचण्ड जिरी मानेडाडा चोकमा आयोजना हुने भव्य समारोहमा सहभागि हुनु हुनेछ । जिरी सामुदायिक एफएमका अध्यक्ष लक्ष्मण खड्काले प्रचण्ड जिरी आउने निश्चित रहेको र जिरीमा आयोजना हुने कार्यक्रम भव्य हुने बताउनुभयो ।

सँस्कृति र भेषभूषा प्रदर्शन गरिने

विस्व पर्यटन दिवसको अवसरमा भोली विहान १० बजे जिरीको लिंकन बजारवाट मानेडाडासम्म पर्यटन ¥यालीको आयोजना गरिने छ भने मानेडाडामा हुने भव्य समारोहमा जिरीका बिभिन्न जाजाति र समुदायले साँस्कृति पहिचान झल्किने गरी झाँकि, नृत्य र भेषभूषाको प्रदर्शन गर्ने छन् । नगर प्रमुख जिरेलले जिरीमा आयोजना हुने भव्य कार्यक्रम र पूर्व प्रधानमन्त्रीको आगमनलाई जिरीवासीले उत्साहको रुपमा लिएको प्रतिक्रिया दिनुभयो । पूर्व प्रधानमन्त्री प्रचण्ड जिरी सामुदायिक एफएमको उद्घाटनका लागि गत बर्ष नैं जिरी आउने भनिए पनि श्रीमती सिताको स्वास्थ्यमा गम्भिर समस्या आएका कारण सिंगापुर जाने भएपछि जिरी आउने कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । प्रचण्ड अनुपस्थित भएपनि पूर्व प्रधानमन्त्री झलनाथ खनालले जिरी एफएमको भव्य समारोहका वीच समुद्घाटन गर्नुभएको थियो ।

प्रचण्डलाई जिरी प्यारो

प्रचण्ड जिरीलाई व्यक्तिगत रुपमा मन पराउने नेताको रुपमा चिनिनु हुन्छ । शान्ति प्रक्रिया लगत्तै प्रचण्ड आरामका लागि भन्दै जिरी आएर एक रात बास बस्नु भएको थियो । त्यसपछि प्रचण्ड प्रधानमन्त्रि बनेपछि साउथ एसिया फ्रि मिडिया एसोशिएसन (साफ्मा) नेपाल च्याप्टरको अधिवेशन उद्घाटनका लागि जिरी आउनु भएको थियो । भोली प्रचण्ड तेश्रो पटक जिरीमा आउँदै हुनुहुन्छ ।

९ असोज, २०७६ । ४ः३० बजे प्रकाशित

VIEWS: 6435 पटक हेरीएको
error: Content is protected !!