प्रतिगमन र महिला हिंसा बिरुद्ध चरिकोटमा अनेमसंघको बिरोध प्रदर्शन र सभा

2 weeks ago/Sunday, February 21st, 2021

दोलखा, ९ फागुन ।

प्रतिगमन, महिला हत्या, हिँसा र बलात्कारका विरुद्ध दोलखा सदरमुकाम चरिकोटमा महिलाहरुले बिरोध प्रदर्शन गरेका छन् ।

देशैभर महिलाको हत्या, बलात्कार र हिंसाका घटना बढिरहेका बेला दोलखाका महिलाहरुले त्यसको बिरोध गर्दै आज सदरमुकाम चरिकोटमा बिरोध प्रदर्शन र र्याली गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी महिलाहरुले बर्तमान सरकारले बलात्कार, हत्या र महिला हिंसा अन्त्य गर्न नसकेको र देशभरका महिलाले असुरक्षित महसुश गर्नु परेको भन्दै बिरोध गरेका छन् । प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका महिलाहरुले प्रतिगमन र निरंकुश कदमको पनि बिरोध गरेका छन् ।

दोलखा सदरमुकाम चरिकोटस्थित सातदोवाटो चोकवाट सुरु भएको बिरोध प्रदर्शन बजार परिक्रमा गरी चरिघ्याङस्थित ए वान पार्टी प्यालेसमा आएर सभामा परिणत भएको थियो । अनेमसंघकी केन्द्रीय सदस्य लक्ष्मी धिमालको अध्यक्षतामा भएको सभालाई सम्वोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज देवी खड्काले संसद बिगटन गरेर निरंकुश कदम चालेको बर्तमान सरकारले महिला अस्तित्वको रक्षा गर्न नसकेको बताउनुभयो ।

९ फागुन, २०७७ । ६ः०० बजे प्रकातिश ।

 

VIEWS: 1095 पटक हेरीएको
error: Content is protected !!