प्रदेश तीनको स्थायी राजधानी हेटौँडा कायम

7 months ago/Sunday, January 12th, 2020

दोलखा, २७ पुस ।

प्रदेश नम्बर तीनको स्थायी राजधानी हेटौँडा राख्ने प्रस्ताव दुई तिहाई मतका साथ स्विकृत भएको छ ।

प्रदेश नम्बर तीनको प्रदेशसभा बैठकले दुई तिहाई बहुमतका साथ स्थायी राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव स्विकृत गरेको हो । प्रदेशसभामा केहीबेर अघि सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौँडाको पक्षमा १ सय ५ मत खसेको थियो भने विपक्षमा ३ मत खसेको थियो । स्वतन्त्र सांसद प्रेम तमाङले भने नाम र राजधानी दुवैमा नो भोट जनाएका थिए । प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखाका गरी १ सय १० जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश तीनमा पहिलो निर्वाचनबाट निर्वाचित ६६ जना, समानुपातिकबाट ४४, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३, कांग्रेसबाट २२, विवेकशीकबाट ३, नेपाल मजदुर किसान पार्टीबाट २ जनाले प्रदेशसभा सदस्यको प्रतिनिधित्व रहेको छ । यस्तै राप्रपा संयुक्त र स्वतन्त्रबाट एक/एक जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले यसअघि नाम र राजधानीको विषयमा निर्णय गरेको थियो । सोही निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेससँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

यसअघि विवेकशिल साझा पार्टीले प्रदेश तीनको नाम धुलिखेल राख्न गरेको प्रस्ताव प्रदेशसभा बैठकमा भएको मतदानका क्रममा अस्विकृत भएको थियो । प्रदेश तीनको प्रदेशसभाका १ सय १० जना सांसदमध्ये उपस्थित भएका १ सय ४ सांसदमा तीन जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए । नेकपा केन्द्रिय सचिवालयले हेटौँडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौँडाको पक्षमा मतदान गरेका हुन् ।

यसैबीच प्रदेश तीनको नाम बागमती कायम भएको छ । प्रदेशसभा संसदको बैठकले प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको हो । जसमा बागमतीको पक्षमा १ सय ५ र विपक्षमा ३ मत खसेको थियो ।  प्रदेशको स्थायी राजधानी हेटौँडा कायम भएपछि नेकपाका सांसदहरुको आ–आफ्नो धारणा सार्वजनिक हुन थालेको छ ।

यसरी व्यक्त गरे सांसद चौँलागाईले पीडा

पुष्पलालको नेतृत्वमा स्थापित नेकपाको एउटा समुह जो झापा विद्रोहबाट जन्मेको को के मार्फत सम्पर्क भई माले, एमाले हुँदै आज म नेकपाको केन्द्रिय सदस्य, मनमोहन अधिकारी, जननेता मदन भण्डारी जस्ता अग्रजले नेतृत्व गरी निर्माण भएको यो विशाल कार्यकर्ताको संलग्नता रहेको पार्टी हजारौँले वलिदानी गरेर सशस्त्र र शान्तिपुर्ण आन्दोलनका अनेक रुपहरुलाई प्रयोग गर्दै यहाँसम्म आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरु निर्माणको यो अभियानमा जनमत, संविधानको भावना, भूगोल, जनसंख्या, सशस्त्र र शान्तिपुर्ण जनआन्दोलनको माध्यमबाट प्राप्त संघीयताको मर्म विपरित आज मैले मेरै विरुद्ध समेत मतदान गरेँ । स्वः मदन भण्डारीको जीवन साथी सम्माननिय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युग पुरुष प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको बेलामा समेत मैले जनमतको भावनाको प्रतिनिधत्व गर्न पाइन ।

तत्कालीन मालेको पार्टी सदस्य एमाले हुँदै ४० वर्षको राजनितिक यात्रामा अनेकौँ गल्ती कमजोरी भए होलान् तर जानेर र थाहा पाउँदा पाउँदै गल्ती गरे जस्तो लाग्दैन। तर आज मलाई नेकपाको केस अहिलेको प्रदेशसभाको सदस्यको नाताले जे निर्णय गर्नु प¥यो आफ्नै कामप्रति दुखित छु । काभ्रेमा प्रदेशको राजधानी राख्ने कुरामा मत दिन सकिन । क्षमा चाहान्छु ४० वर्षको यात्रा आफु माथीको पार्टीको लगानी र आन्दोलनमा आफ्नो लगानी यसलाई नकार्न सकिन ।

२७ पुस, २०७६ । ११ः५५ बजे प्रकाशित ।

VIEWS: 3305 पटक हेरीएको
error: Content is protected !!