‘प्रदेश सरकारले केहि गरेन भन्ने होईन, गौरवका आयोजना बन्दै छन्’

3 weeks ago/Sunday, October 27th, 2019

सांसद विशाल खड्का ३ नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने युवा सांसद मध्ये एक हुनुहुन्छ । दोलखा जिल्लावाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद मध्ये खड्का जुझारु युवा नेताको रुपमा चिनिनुहुन्छ । तत्कालिन नेकपा माओवादी (हाल नेकपा) वाट दोलखा प्रदेश क वाट निर्वाचित उहाँले निर्वाचनमा लोकप्रिय मत पाउनु भएको थियो । हामीले उहाँसग समसामयीक बिषय र दोलखाको विकास निर्माणको सन्दर्भमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सहकर्मी सिर्जना गोलेले प्रदेश सभाका सांसद विशाल खड्कासँग लिएको यो अन्र्तवार्ता ।

माननियज्यु युवा हुनुहुन्छ, प्रदेश सभामा प्रतिनिधित्व गरिरहनुभएको छ ? कस्तो अनुभूति गरिरहनुभएको छ ?

नेपालमा हामिले नयाँ व्यवस्था स्थापना पश्चात तीन तहको सरकारको अभ्यास गरिराखेका छौँ । त्यस हिसाबले सबैको लागि प्रदेश सरकार एउटा नयाँ सरकार हो । प्रदेश सभा बिलकुलै नयाँ भएकाले फरक खालको अनुभुति छ नैं । त्यस हिसाबले तीन वटा तहको सरकारमा हाम्रो संविधानले कल्पना गरेको कुरा भनेको केन्द्रिय सरकारले राष्ट्रिय नीति बनाउँछ त्यसको जिम्मेवारीबोध गरेर त्यसको पालना गर्ने काम प्रदेश सरकारले गर्दछ । नेपाल जस्तो बहुजाति, बहुभाषिक र भौगोलिक विविधतामा रहेको मुलुकलाई ७ वटै प्रदेशमा जाँदाखेरी विशिष्ट अवस्थामा हामिले प्रदेशहरुको सीमाकंन र नामाकरण गरेका छौँ । प्रदेशले छुट्याएका पहिचानको आलोकमा रहेर स्थानीय सरकारले जनतासँग प्रत्यक्ष काम गरिरहेको हुन्छ । त्यसैले जनताबाट लिएर जनतालाई दिने काम चाँही स्थानीय सरकारले गर्ने र त्यसको पनि अनुगमन गर्ने काम प्रदेश सरकारले गर्ने भएकाले संघिय व्यवस्थामा प्रदेश सरकारको सबैभन्दा बढी भूमिका र महत्व रहेको मलाई महसुस भइरहेको छ ।

तपाई प्रदेश सभामा निर्वाचित हुनुभएको अवधिमा तपाई र प्रदेश सरकारबाट दोलखाको विकासमा के कस्तो काम भए त ?

प्रदेशसभाका सदस्यहरुको मुख्य काम भनेको प्रदेशसभा सञ्चालन वा प्रदेशको व्यवस्थापनका लागि प्रदेशवासीहरुको जीवनमा सुधार ल्याउनका लागि सरकारले गर्ने कामहरु के–के हुन सक्छन् ?त्यसलाई व्यवस्थापन गर्नका लागि आवश्यक ऐन र कानुनहरुको निर्माण गर्नुपर्ने हामीहरुको मुख्य कर्तव्य हो । हामी एउटा यस्तो जटिल अवस्थमा थियौ की हामिले बजेट बनाउनु भन्दा पहिला कम्तिमा पनि २२ वटा कानुन नबनाए देखि बजेट बनाउन सकिने अवस्था थिएन । त्यसैले सुरुको ८ महिनाको अवधिमा कानुनहरु निर्माण गर्न सक्यौँ । यो समय ऐन कानुन निर्माणमा नै वितेको देखिन्छ । त्यसको बाबजुत पनि दोलखा जिल्ला १ नम्बर निर्वाचन क्षेत्रलाई नै आधार मानेर हेर्दा हामिले धेरै खालका कामहरुको सुरुवात गरेका छौँ । पर्यटन, पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा धेरै कामहरुको सुरुवात गरेका छौँ । पर्यटकीय नगरी जिरीको कुरा गर्नुपर्दा जिरी नगरपालिकामा सहकार्य गरेर जिरीमा स्टोन पार्क, रंगशाला निर्माण गर्ने लगायतका काम भइरहेको छ । यस्तै हनुमन्ते र चेर्दुङ लाई पर्यटन क्षेत्रमा विकास गर्दैछौ । प्रदेशले जिरीमा ताल निर्माणका लािग एउटा गौरवको योजनाको रुपमा लिएर जानुपर्छ भन्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी हामिले एक विद्यालयमा एक स्टार्फ नर्स लाने कार्यक्रम सुरु गरेका छौँ । कृषिको क्षेत्रमा कृषकहरुलाई फाइदा हुने खालका कार्यक्रमहरु ल्याएका छौँ । प्रत्येक स्थानीय तहका १५ बेडको अस्पताल बनाउने कार्यक्रम सुरु गरेका छौँ । साथै उत्तर दक्षिण सडक मार्गलाई व्यवहारिक बाटोबाट सुरु गरेका छौँ । त्यसको लागि दुई वटा प्याकेजमा छुट्याएर नयाँपुलबाट सोझै सीगंटीसम्म जोड्नका लागि एउटा छुट्टै खण्डमा बजेटको व्यवस्था गरेर कामको सुरुवात गरेका छौँ । त्यसपछि लामाबगरबाट लप्ची जोड्ने सडकलाई छुट्टै बजेटको व्यवस्था गरेका छौँ गाउँपालिका र नगरपालिकाका केन्द्रसम्म जोड्ने बाटो नियमीत चल्ने हिसाबले सुरुवात गर्नुपर्छ भनेर सबै स्थानीय तहमा योजना बनाईएको छ । तामाकोशी गाउँपालिकामा पशुपंक्षीहरुको दाना उत्पादनका लागि त्यहाँको सहकारीको समन्वयमा प्रदेश सरकारले सुरुवात गरेका छौ । विभिन्न खालका काम भर्खरै सुरुवात भइरहेका छन् भने केहीले पुर्णता र केही चाही विकसित हुदै गरेको अवस्थामा रहेका छन् ।

तपाईले यस्तो भनिरहँदा प्रदेश सरकारले दोलखालाई प्राथमिकता दिएन योजना कार्यक्रम र बजेटमा अन्याय भयो भन्ने गुनासो पनि छ नी ?

तुलनात्मक रुपमा मन्त्रिहरु रहेको जिल्लाले बढी प्राथमिकता पाएको र दोलखाले प्राथमिकता नपाएको भन्ने कुरामा केही सत्यता छ । तर, दोलाखमा बजेट नै परेको छैन भन्ने कुरा होइन । एक नम्बर क्षेत्रको कुरा गर्दा हामीले मेलुङको शितली देखि शैलुङको भँैसेसम्म जानका लागि प्रदेश सरकारबाट ५ करोड बजेट छुट्याएर क्रमागत योजनामा राखेर बहुवर्षिय प्रक्रियाबाट निरन्तर टुंग्याउने प्रक्रियाको सुरुवात गरेका छौँ । हाम्रो उपलब्धी भनेको जिरी माली श्यामा सडकलाई सोलुसम्म जोड्ने गरी संघीय सरकार मार्फत लगेर यसलाई ठुलो बजेट हाल्ने प्रक्रियामा गइरहेका छौँ । यसैगरी सबै स्थानीय तहमा नमूनाका रुपमा दुई देखि तिनवटासम्म योजनाहरुको काम भइराखेको छ । क्षेत्र नम्बर १ को बिभिन्न स्थानमा ३ वटा खेल मैदान निर्माण गर्ने गरी बजेटको सुनिश्चित भइसकेको छ । जिरी नगरपालिकाको हावाको सुनवार बस्तीमा प्रदेशकै बजेटमा खेल मैदान बनिसकेको छ । काम केही भएको छैन भन्ने हैन । अलि बढी भइदिए हुन्थ्यो भन्ने भन्ने जनचाहना छ, भनेजस्तो नपुगेको कुरामा सत्यता छ ।

एक नम्बर निर्वाचन क्षेत्रमा समानुपातिक ढंगले नै बजेटको व्यवस्थापन गर्ने र स्थानीय सरकारको समन्वय र सहकार्यमै कामहरु अघि बढी राखेका छन् । निर्वाचन क्षेत्रको माथिल्लो क्षेत्रमा पर्यटन र तल्लो क्षेत्रमा उत्पादनलाई जोड दिएर हामीले विकास गर्न खोजिरहेका छौं ।प्रदेशले विकास निर्माणकै काम गरेन वा कुनै नगर वा गाउँपालिका मात्र केन्द्रित भयो भन्ने बिषय सूचनाको अभाव हो वा नियतजन्य आरोप हो । मैले यस्तो सुनेको पनि छैन ।

त्यसो भए तपाईकै पहलमा दोलखामा भएका विकास निर्माणका कामहरु चाँहि के–के हुन् ?

हामी उपर्युक्त समयमा दोलखा जिल्लाभर प्रदेश स्तरबाट भएका सबै कामका विवरणहरु सार्वजनिक गर्नेछौ । अलिकति जनतालाई जानकारी नभएका कारण प्रदेश सरकारले चाीह केहि पनि गरेको छैन की भने जस्तो देखिएको छ, तर सत्य त्यो होईन । प्रदेशले आफ्नो छुट्टै काम गर्ने भन्दानी प्रदेशबाट बजेटको व्यवस्थापन गर्ने र त्यसको कार्यान्वयन गर्ने स्थानीय तहले नै हो । त्यस हिसाबले आज स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार फरक–फरक अंग भएपनि एकै चोटी चलेर एक अर्कोको सहकार्यमा जानुपर्ने हुन्छ । नेपालको संघीयताको मोडेल भनेको सहकारीता र समन्वयमा आधारित संघीयताको मोडेल भएको हुनाले प्रतिश्पर्धा भन्दा पनि सहयोगात्मक ढंगले विकासका प्रक्रियाहरु अघि बढेका हुन्छन् र त्यो प्रक्रियामा हामी छौ ।

खड्का ज्यू, तपाई सांसद भइसकेपछि जिरी नगरपालिका र बैतेश्वरमा बढी केन्द्रित हुनुभयो । योजना र कार्यक्रम पनि त्यतै पार्नुभयो भन्ने आरोप छ, के यस्तै भएको हो ?

त्यस्तो मलाई लाग्दैन । पहिलो वर्षको बजेट अलिकति बैतेश्वरलाई र जिरीलाई रहेको जस्तो देखिन्छ । जिरीमा रङ्गशाला निर्माणका लागि बजेट बिनियोजन भयो, यो हामी सबैको केन्द्र हो । दोस्रो मैनापोखरीमा कबर्ड हल बनिराखेको छ । अर्को कबर्ड हल तामाकोशीमा बनिसक्यो । प्रदेश सरकारले जिरीमा कृषिका लागि एउटा कोल्ड स्टोर निर्माणका लागि शिलन्यास गरेको छ । करिब ६ करोडको लगानीमा कोल्ड स्टोर बन्दैछ । आलु उत्पादनको हिसाबले मेलुङ गाउँपालिका सबैभन्दा अगाडि हुनाले मेलुङ गाउँपालिकालाई आलुको बल्क क्षेत्र घोषणा गर्ने र प्राकतिक चिस्यान केन्द्र निमार्ण गर्ने गरीे योजना बनाईएको छ । निर्वाचन क्षेत्रभरि नै बजेट हाल्दा सितलीदेखि मेलुङ गाउँपालिकाको केन्द्र हुँदै शैलुङको भैसे जोड्ने बाटोलाई एक नम्बरको प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्ने पहल गरेका छौ । त्यस कारण प्रदेशले विकास निर्माणकै काम गरेन वा कुनै नगर वा गाउँपालिका मात्र केन्द्रित भयो भन्ने बिषय सूचनाको अभाव हो वा नियतजन्य आरोप हो । मैले यस्तो सुनेको पनि छैन । प्रदेश सरकारकै सहयोगमा तामाकोशी गाउँपालिकामा दाना उद्योग स्थापनाको काम सुरु गरिसकेका छौ ।

एक नम्बर निर्वाचन क्षेत्रमा समानुपातिक ढंगले नै बजेटको व्यवस्थापन गर्ने र स्थानीय सरकारको समन्वय र सहकार्यमै कामहरु अघि बढी राखेका छन् । निर्वाचन क्षेत्रको माथिल्लो क्षेत्रमा पर्यटन र तल्लो क्षेत्रमा उत्पादनलाई जोड दिएर हामीले विकास गर्न खोजिरहेका छौं । गौरीशंकर र रोल्वालिङलाई आधार बनाएर सो क्षेत्रमा आवस्यक पूर्वाधार निर्माण गर्नेछौं । गत बर्ष ५० लाख बजेट बिनियोजन भएकोमा कार्यान्वयन हुन सकेन ।  हनुमन्तेलाई आधार बनाएर एकिकृत हनुमन्ते विकास आयोजनाका माध्यमवाट बैतेस्वर र जिरीसम्मको पर्यटन विकास गर्ने कार्यक्रम अघि बढेको छ । तामाकोशी पारी मेलुङलाई शैलुङ एकिकृत विकास योजनाले समेटिने छ । मेलुङ र शैलुङलाई संयुक्तरुपमा प्रदेश सरकारले डेढ करोड बजेट छुट्याएर त्यसको अध्ययन गर्ने काम सुरुवात भएको छ ।

तपाइले अघि सारेको हनुमन्ते एकिकृत विकास आयोजना चाहि कस्तो आयोजना हो । बारम्बार यो योजनालाई किन प्राथमिकता दिईरहनु भएको छ ?

विकासलाई कुनै ऐतिहासिकतासँग जोड्नु पर्छ । सभ्यतालाई सँगसँगै लग्यो भने मात्रै त्यो साक्षर विकास हुनसक्छ, जनमुखी विकास हुन सक्छ । हनुमन्ते भनेको ऐतिहासिक ठाउँ हो । जहाँ हामी ईतिहासका कडीलाई जोड्न सक्छौ । सामाजिक विविधतालाई एकिकृत गर्न सक्छौ । बहुभाषिक, बहुसाँस्कृतिक समुदायलाई एक ठाउमा जोड्न सक्छौ । त्यस हिसाबले हनुमन्तेलाई एक बिम्बका रुपमा लिनुपर्ने हुन्छ । जिरी एउटा बिम्ब हो, गौरीशंकर अर्को बिम्ब हो अनि कालिञ्चोक र भीमेश्वर अर्को बिम्ब हो । हामी सबैलाई जोड्ने एउटा अर्को स्टेसनको रुपमा निर्माण गर्दैछौं । पर्यटीय हिसाबले, पर्यावरणीय हिसाबले, जडिबुडी उत्पादनको हिसाबले हनुमन्ते महत्वपूर्ण केन्द्र हुनेछ । हामी अनुमन्तेमा हनुमानको विशाल मूर्ति बनाएर भारतसम्मका पर्यटक ल्याउन चाहन्छौं । उत्तरी नाका खुलेपछि चिनियाँ पर्यटकलाई पनि जोड्न सक्छौं । त्यसैले हनुमन्ते विकास योजनाको नाममा हामीले पर्यटकीय परिकल्पना गरेका छौ । यसको रणनिति दिर्घकालिन महत्व भएको हुनाले यसलाई आयुर्वेदिक केन्द्रको रुपमा, जडिबुटी प्रशोधन केन्द्रको रुपमा विकास गर्ने योजना छ । यो काम अवको दुई आर्थिक बर्षभित्र पूरा गर्ने हाम्रो योजना छ ।

अब जिरी केन्द्रित भएर कुरा गरौ जस्तो लाग्यो । सगरमाथाको प्रवेश द्धारको रुपमा चिनिने पर्यटकीय नगरी जिरीको विकासको सन्दर्भमा चाहि यहाँले कसरी सोच्नु भएको छ ?

जिरीसँग जति सम्भावना छ त्यसलाई व्यवहारमा रुपान्तरण गर्न सकिराखेका छैनौ जिरीमा पर्यटन पूर्वाधार विकासका काम गरिराखेका छौ । अब अर्को वर्षबाट हामीले परिणाम निकाल्ने छौ । हनुमन्ते एकिकृत विकास योजना, जिरी ताल, खावा डाँडामा टावर सहितको हिल स्टेशन र बिभिन्न पार्कहरु निर्माण प्रदेश सरकारको प्राथमिकताका योजना हुन् । यी योजना धमाधम कार्यान्वयन हुने छन् । त्यसपछि जिरीलाई पर्यटकीय स्टेसनको रुपमा विकास गर्न सक्छौ भन्ने हामीलाई लागेको छ । दोस्रो, जिरी नगरपालिकाको अर्गानिक अभियानसँग जोडेर अगार्निक जोनका रुपमा विकास गर्ने तयारीमा छौ । त्यसका लागि योजनावद्ध रुपमा नगरपालिकाले कार्यक्रम सुरुवात गरेको छ । प्रदेश सरकार र संघीय सरकारबाट आवस्यक सहयोग र बजेट बिनियोजनको काम भईरहेको छ । आजको जिरी तिन वर्ष पछि नयाँ जिरी हुनेछ ।

हजुर अघि नै पनि यहाँले धेरै चर्चा गरी सक्नुभएको छ ? जिरीमा ताल निर्माणको कुरा छ, अरु पर्यटकिय पुर्वधारका बिषयहरु पनि छन् । ताल र अन्य पुर्वधार निर्माणको सम्भावना कतिको देख्नुहुन्छ ?

सम्भाबना हैन यो त यर्थाथमै गइसक्यो । जिरी तालको डिपिआर करिव करिव बनिसकेको छ । प्रदेश सरकारले जिरी तालको योजनालाई प्रदेशको गौरवको योजनाको रुपमा लिएको छ । प्रदेश सरकारवाट हामी बजेट हाल्छौं । तालको काम अघि बढ्नेमा कुनै शंका छैन । अन्य पूर्वाधार विकासका कामहरु पनि गर्नेछौं ।

 मैले मन्त्री हुनु पर्छ भनेको पनि छैन अहिले नै पुर्नगठन हुने कुरा सुनेको पनि छैन । तर, मन्त्री हुनका लागी हुनुपर्ने योग्यता भनेको सांसद हो । त्यो योग्यता पुगेको मान्छे भोली मन्त्री नै भएछ भने त्यो अनौठो पनि होइन ।मैले यस्तो गर्नेछु, उस्तो गर्नेछु भन्दा पनि भबिष्यमा कामले नै देखाउने छ । म निर्वाचित हुनु अघिको मेरो निर्वाचन क्षेत्र र निर्वाचित भएर आएको ५ बर्षको पछिको निर्वाचन क्षेत्रमा निश्चय पनि परिवर्तन देख्नुहुनेछ । एउटा युवा मान्छे सांसद भयो, निर्वाचित भयो त्यस्तो हुदाँ युवाहरुले पनि केहि गर्ने रहेनछन् भन्ने निराशा म बाँड्न चाहन्न ।

दोलखामा प्रतिनिधिसभा र प्रदेश सभामा गरी १० जना सांसदहरु भएपनि बिकास निर्माणको काम भने जस्तो हुन सकेन भन्ने गुनासो छ । वास्तबमै काम हुन नसकेको हो कि, यथार्य के हो ?

विकास भन्ने कुरा एकैचोटि हुने कुरा होइन । बिकासका कुराहरु धेरै भैराखेका छन् । साँसदहरु धेरै भएर मात्रै बिकास धेरै हुने कुरा पनि हैन। सबैभन्दा पहिलो कुरा इच्छाशक्ति, जनताको जागरुकता र सरकारको तत्परता सँगसँगै जोडिएर आउँछ । सरकारले पैसा नहाल्ने तर त्यसको सदुपयोग नहुने अबस्थाले पनि बिकासलाई बिगारी राखेको छ । पहिला–पहिला मान्छे धर्म गर्नको लागि चौतारा बनाउँथे, बर पिपल रोप्ने कुरामा सरकारले कहि पैसा दिएको थिएन । मन्दिर समुदाय आफैले बनाउँथे, पाटि, पौवाहरु आफै बनाउथे । तर, आज त्यस्तो जोश, जाँगर र प्रतिवद्धता देखिदैन । एउटा धारो बनाउनको लागी, शौचालय बनाउनको लागी २ लाख रुपैयाँ पैसा सरकारबाट बिनियोजन भयो भने उपभोक्ता समितिमा बस्ने मान्छेले पहिला ५० हजार आफुले जोगाएर डेढ लाखको मात्र काम गर्ने अवस्था छ । त्यो मानसिकता हामीमा बिग्रेकोे छ । हामी सबैजना सुध्रिन जरुरी छ । दुई लाख रुपैयाँ सरकारले दियो भने हाम्रो आफ्नै खानेपानी हो दुई दिन श्रमदान गरौं, दुई वटा ढुँगा मात्रै भएपनि सहयोग गरौं भन्ने भावना हुन जरुरी छ । विकास पनि एउटा आन्दोलनकै रुपमा सबै जनता सहभागी भएर अघि बढाउनु पर्छ । साँसदको हैसियतले मैंले सकेको प्रयास गरिरहेको छु ।

त्यसो भए तपाईको अब बाँकी कार्यकालमा प्रदेश सरकारबाट दोलखामा के कस्ता विकास निर्माणको काम सम्पन्न होला ?

अहिले हामीले जे कामको शुरुवात गरेका छौँ । त्यसलाई संघिय सरकार र स्थानिय सरकारसँगको सहकार्यमा अघि बढाउनु छ । मैले यस्तो गर्नेछु, उस्तो गर्नेछु भन्दा पनि भबिष्यमा कामले नै देखाउने छ । म निर्वाचित हुनु अघिको मेरो निर्वाचन क्षेत्र र निर्वाचित भएर आएको ५ बर्षको पछिको निर्वाचन क्षेत्रमा निश्चय पनि परिवर्तन देख्नुहुनेछ । एउटा युवा मान्छे सांसद भयो, निर्वाचित भयो त्यस्तो हुदाँ युवाहरुले पनि केहि गर्ने रहेनछन् भन्ने निराशा म बाँड्न चाहन्न । विशाल खड्कालाई जिताएर के भयो र ? भन्ने नकारात्मक प्रतिनिधि पात्रको रुपमा उभिन चाहन्न । युवाले जिम्मेवारी पाउँदा कति फरक हुँदो रहेछ भन्ने कुरा काम गरेर देखाउने छु । यसमा म निरन्तर लागिपरेको छु । प्रयत्नशिल छु ।

सांसद ज्यू, प्रदेश सरकारको पुर्नगठन हुदाँ तपाई मन्त्री हुने भन्ने चर्चा पनि छ । के तपाई मन्त्रीको लाईनमा हुनुहुन्छ ?

हैन, मैले मन्त्री हुनु पर्छ भनेको पनि छैन अहिले नै पुर्नगठन हुने कुरा सुनेको पनि छैन । तर, मन्त्री हुनका लागी हुनुपर्ने योग्यता भनेको सांसद हो । त्यो योग्यता पुगेको मान्छे भोली मन्त्री नै भएछ भने त्यो अनौठो पनि होइन । तर, म अहिले कुनै लबिङमा लाग्ने पार्टीसँग कुरा गर्ने वा नेताहरुसँग यो बिषयमा कुरा गरेको छैन । एउटा कुरा के हो भने जस्तोसुकै खालको जिम्मेवारी रहँदाखेरी पनि जनताको सेवा गर्न कसम खाएर लागेको मान्छे हुँ । जुनसुकै खालको जिम्मेवारी लिनको लागि पनि तयार हुनुपर्छ ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

नेपालीहरुको महान चाड तिहार शुरु भईसकेको छ । शुभ दिपावलीको सवै महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । महत्वपूर्ण समयका लागि तँपाई र तँपाईको अनलाईनलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

१० कार्तिक २०७६ । १०ः३५ बजे प्रकाशित

VIEWS: 4645 पटक हेरीएको
error: Content is protected !!