प्रेस संगठन नेपालको सह इन्चार्जमा खड्का र सह संयोजकमा खतिवडा

2 weeks ago/Saturday, February 20th, 2021

जिरी (दोलखा), ८ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह निकट नेपाल प्रेस संगठनले बागमती प्रदेशको नेतृत्व टुङग्याएको छ ।

प्रेस संगठन नेपालले बागमती प्रदेशको इन्चार्जमा पत्रकार रामकुमार एलन र सह इन्चार्जमा पत्रकारद्धय लक्ष्मण खड्का र सालिग्राम नेपाललाई जिम्मेवारी तोकेको छ । यसैगरी प्रेस संगठन नेपालको बागमती प्रदेशको संयोजकमा सुनिल खड्का र सह संयोजकमा नविन खतिवडालाई जिम्मेवारी दिइएको छ । प्रेस संगठन नेपालको इन्चार्जको जिम्मेवारी पाएका रामकुमार एलन तत्कालीन प्रेस चौतारीको केन्द्रिय उपमहासचिव र सह इन्चार्ज खड्का तत्कालीन प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव हुन् । सह इन्चार्ज खड्का दोलखाका अग्रज पत्रकार र देशभरका सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघका वर्तमान केन्द्रिय कोषाध्यक्ष हुन् । साथै, उनी दोलखास्थित ईदोलाखा अनलाइन र जिरी एफएमका अध्यक्ष तथा हाम्रो रेडियोको सचिव पनि हुन् ।

यसैगरी, संयोजकको जिम्मेवारी पाएका सुनिल यसअघि प्रेस संगठन नेपालको सहसंयोजक थिए भने हाल सहसंयोजकको जिम्मेवारी पाएका खतिवडा तत्कालीन प्रेस चौतारी दोलखाको उपाध्यक्ष हुन् । बागमती प्रदेश मुलुककै संघीय राजधानी समेत भएको प्रदेश हो । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि प्रेस संगठन नेपाल पनि दुई समूहमा विभाजित भएको छ ।

८ फागुन, २०७७ । ७ः४५ बजे प्रकाशित ।

VIEWS: 1300 पटक हेरीएको
error: Content is protected !!