फुटबलरद्वय अनिल र नवयुग अष्ट्रेलियामा सम्मानित

2 years ago/Monday, April 3rd, 2017

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्नो बार्षिक खेलकुद महोत्सवको उपलक्ष्यमा नेपालका बिभिन्न खेलका अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाँठोमा बाँध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबल प्रतियोगिताको समापन समारोहमा नेपालवाट फुटबलका स्टार खेलाडी अनिल गुरुङ, नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई बिशेष अतिथिका रुपमा बोलाएर सम्मान गरिएको हो ।

त्यस्तै नेपालका लागि अन्तर्राष्ट्रिय खेलकुदमा योगदान दिएका तर अहिले अष्ट्रेलियामै रहेका १० खेलाडीहरुलाई पनि सम्मान गरियो ।

जसमा ३ पटक यू-१९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी र प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप खेलेका नेपाली तीव्र गतिका बलर अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक जितेकी विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाँका राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडी बील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ, सञ्जीव चौधरी तथा जुडोका मोहम बम छन् ।

एनआरएनएले पहिलो पटक खेलकुद प्रतियोगिता र सम्मानको परम्पराको थालनी गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्ऽ पाण्डेले खेलाडीहरु राष्ट्रका दूतका रुपमा रहेको बताए । एनआरएनले यसरी प्रवासमा लुकेर बसेका खेलाडीको खोजी गरी सम्मान गर्दा उनीहरुको मनोबल बढ्नुका साथै नयाँ पिँढीलाई पनि खेलकुदमा लाग्न उर्जा प्राप्त हुने पाण्डेले बताए ।

कार्यक्रमका सभापति तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देलले एनआरएनले पहिलेदेखि नै छुटाएको महत्वपूर्ण पाटोको रुपमा रहेको खेलकुद र खेलाडीलाई सम्मानको परम्पराको थालनी गर्न पाउनु खुसीको बिषय भएको बताए ।

सिग्देलले मुलुकका लागि पसिना बगाएर नाम राख्ने खेलाडी सम्मानको हकदार भएकोले अन्य क्षेत्रहरुले पनि उनीहरुको सम्मानको थालनी गर्नुपर्ने बेला आएको बताए ।

VIEWS: 1260 पटक हेरीएको
error: Content is protected !!