बनतरुल खन्न गएका ८० वर्षिय बृद्धको खाल्डोमा पुरिएर मृत्यु

2 weeks ago/Tuesday, January 14th, 2020

दोलखा, २९ पुस ।

माघे सक्रांतिका मनाउनका लागि बनतरुल खन्न गएका दोलखाको भीमेश्वर नगरपालिकाका एक बृद्धको खाल्डोमा पुरिएर मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ दोक्थलीका ८० वर्षिय बिर बहादुर थामीको बनतरुल खन्ने क्रममा ढुंगाले थिचेर मृत्यु भएको हो । हिजो दिउँसोदेखि घर नजिकै रहेको दोक्थलीको जंगलमा तरुल खन्न गएका थामी अवेरसम्म घर नर्फकिएपछि आफन्तले खोजीकार्य जारी राखेका थिए । सोही क्रममा थामीलाई आज तरुल निकाल्नका लागि खनेको खाल्टोमा ढुंगाले थिचिएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक (सई) यज्ञ शाहले जानकारी दिनुभयो । मृतक थामीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।

२९ पुस, २०७६ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 5760 पटक हेरीएको
error: Content is protected !!