बन्यजन्तुले अन्नबाली सखाप, गाउँघरका किसान बिस्थापित हुने अवस्थामा

2 months ago/Sunday, July 18th, 2021

दुर्गा बस्नेत ।

दोलखा, ३ साउन ।

बन्यजन्तुले लगातार बालीनालीमा क्षेति पु¥याएपछि दोलखाका कतिपय किसानहरु खेतीपाती छाडेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।

जिल्लाको विभिन्न क्षेत्रमा बाँदर, दुम्सी, मृग लगायतका बन्यजन्तुले क्षेति पु¥याउन थालेपछि किसानहरु विस्थापित हुने अवस्थामा पुगेका हुन् । भीमेश्वर नगरपालिकाको अधिकांश वडामा बन्यजन्तुले दुख दिने गरेको छ भने कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकाको विभिन्न वडामा बन्यजन्तुले हैरानी दिएको किसानहरुको गुनासो छ । दिउँसो बाँदर र राती दुम्सीले दुख दिन थालेपछि किसानहरु चिन्तित भएका छन् । खेतवारीमा लगाएको बालीनाली बन्यजन्तुले खाइदिने र घरघरमै पसेर दुःख दिन थालेको किसानहरुले बताएका छन् । किसानले लगाएको मकै, धान, कोदो, गहुँ लगायतका अन्नवाली तथा तरकारी र फलफुल खेतीमा समेत बन्यजन्तुले क्षेति पुर्याउने गरेको छ । बाँदर र दुम्सीले अहिले मकै बालीमा अहिले सवैभन्दा बढी क्षेति पु¥याएको छ । बाँदरले मकैको सुत्ला च्यातिदिने तथा दुम्सीले मकैको फेद नै काटिदिने गरेको छ ।

दोलखाका ग्रामीण बस्तिमा केही बर्षदेखि बसाईसराई तिव्र हुँदै गएको छ । गाउँघरमा रोजगारी नहुनु र कृषि उत्पादनले जीवन धान्नै मुस्किल भएपछि मानिसहरु धमाधम सहरतिर बसाइसराई गरिरहेका छन् । यहि क्रममा किसानले लगाएको अन्नवाली, तरकारी तथा फलफुल खेतीमा बन्यजन्तुले क्षेति पुर्याउन थालेपछि ग्रामिण क्षेत्रमा सिमित सँख्यामा रहेका किसानहरु पनि गाउँ छाड्नु पर्ने अवस्थामा पुगेका छन् ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका रमेश बस्नेतले दिनभरी बाँदर हेरेर साँझ घर फर्कने वित्तिकै मौका छोपेर बालीमा क्षेति पु¥याउने र दुम्सीले पनि रातको समयमा बढी क्षति पु¥याउने गरेपछि आफुहरु निकै चिन्तित बनेको बताउनुभयो । यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीकी धनकुमारी बस्नेतले पनि बाँदर र दुम्सीले निकै हैरानी दिएको गुनासो गर्नुभयो । दिनभर बाँदरले र रातभर दुम्सीले दुख दिने गरेको किसानहरुको गुनासो छ । बाँदरवाट मकै लगायतका वाली जोगाउन किसान विहान सवेरैदेखि साँझसम्म खेतवारी नजिकै छाप्रो हालेर बस्ने गरेका छन् भने दुम्सिवाट बाली जोगाउन अन्नवाली लगाएको क्षेत्रमा आगो बाल्ने तथा टिन लगायतका आवाज आउने वस्तु बजाएर रातभर जाग्राम बस्न बाध्य छन् ।

गाउँवाट सहरी क्षेत्रमा बसाई सराई तिव्र भईरहेका बेला दोलखाका ग्रामीण क्षेत्रमा व्यवसायीकरुपमा खेती गरेर बस्ने किसानहरुको सँख्या दिनप्रति दिन घट्दै गएको छ । बसाई सराईका कारण अधिकाँश खेतवारी बाँझोमा परिणत भएको र गाउँमै बसेर खेतीपाती गर्ने किसानले लगाएको अन्नवाली पनि बन्यजन्तुले सखाप पार्न थालेपछि कतिपय बस्तिका किसानहरु गाउँवाटै बिस्थापित हुने अवस्थामा पुगेका छन् । विगत केही बर्ष यता दोलखाका ग्रामीण क्षेत्रमा कृषि पेशा छाडेर सहरमा बसाई सराई गर्नेको सँख्या बढ्दो छ । आफुहरु गाउँमै बसेर कृषि पेशावाट जीवन निर्वाह गर्न तयार रहेपनि बन्यजन्तुकै कारण गाउँ छाडेर हिड्नु परेको उनीहरुको गुनासो छ ।

वन्यजन्तुले किसानलाई निरन्तर हैरानी दिए पनि स्थानीय सरकार, संरक्षण क्षेत्र तथा अन्य कुनै पनि निकायले बन्यजन्तु नियन्त्रण र क्षेतिपुर्तितर्फ चासो दिएका छैनन् । स्थानीय सरकारले बन्यजन्तुले वालीनालीमा पु¥याएको क्षेतिको अवस्था हेरी राहतको व्यवस्थापन गर्न र वैकल्पिक बाली लगाउन सहयोग गरेको देखिँदैन । बन्यजन्तुका कारण बालीमा क्षेति पुगेका किसानहरुले बन्यजन्तु नियन्त्रण गर्न वा क्षेतिपूर्ति दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

वन्यजन्तुले किसानलाई निरन्तर हैरानी दिए पनि स्थानीय सरकार, संरक्षण क्षेत्र तथा अन्य कुनै पनि निकायले बन्यजन्तु नियन्त्रण र क्षेतिपुर्तितर्फ चासो दिएका छैनन् । स्थानीय सरकारले बन्यजन्तुले वालीनालीमा पु¥याएको क्षेतिको अवस्था हेरी राहतको व्यवस्थापन गर्न र वैकल्पिक बाली लगाउन सहयोग गरेको देखिँदैन । जसका कारण पनि किसानहरु गाउँ छोडेर शहरमा बसाईसराई गर्न बाध्य भएका छन् । बन्यजन्तुका कारण बालीमा क्षेति पुगेका किसानहरुले बन्यजन्तु नियन्त्रण गर्न वा क्षेतिपूर्ति दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) भित्र पनि बन्यजन्तुले बालीनालीमा क्षेति पु¥याइरहेको छ । दोलखाको उत्तरी क्षेत्र तथा जिरी नगरपालिकाको स्यामा लगायतको क्षेत्र जिक्याप भित्र पर्दछ । सो क्षेत्रमा झनै बन्यजन्तुको बढी बिग्बिगि रहेको छ । जिक्यापको क्षेत्रमा बन्यजन्तुले बालीनालीमा क्षेति पुर्याउनु मात्रै नभएर मानिस माथि समेत लगातार आक्रमणका घटना भईरहेका छन् । भालु, चितुवा लगायतका जँगली जनावरको आक्रमणवाट धेरै मानिसहरु गम्भिर घाईते समेत भएका छन् ।

जिक्यापले जँगली जनावरको आक्रमणवाट घाईते भएकाहरुलाई उपचार खर्च दिने गरे पनि बालीमा भएको क्षेतिको अहिलेसम्म क्षेतिपूर्ति दिन सकेको छैन । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) का प्रमुख नरेन्द्र लामाले परिमार्जित निर्देशिका २०७७ मा बन्यजन्तुले अधिकतम् बाली क्षेती गरेमा १० हजार रुपैँयासम्म जरिवाना दिन सक्ने व्यवस्था भएको बताउनुभयो । यद्धपी सो व्यवस्था हालसम्म कार्यान्वनमा नआएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा बस्ने मानिसको संख्या कम हुँदै गएको र वनजंगल बढ्दै गएका कारण बढी समस्या देखिएको उहाँको भनाई छ । किसानको समस्यालाई मध्यनजर गर्दै संरक्षण क्षेत्रले छुट्टै कोष जुटाउने प्रयास गरीरहेको जिक्यापका प्रमुख लामाले बताउनुभयो ।

३ साउन, २०७८ । ७ः५५ बजे प्रकाशित ।

VIEWS: 3005 पटक हेरीएको
error: Content is protected !!