बागमति प्रदेशका थप माविमा ‘एक बिद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्ने तयारी

6 days ago/Tuesday, May 19th, 2020

दोलखा, ६ जेठ ।

एक बिद्यालय एक नर्स कार्यक्रम लोकप्रिय हुँदै गएपछि बागमित प्रदेश सरकारले दोलखा सहित १३ जिल्लाका थप बिद्यालयमा यो कार्यक्रम लागु गर्ने भएको छ ।

बागमति प्रदेश सरकार मातहतका १ सय १९ स्थानीय तहका थप सामुदायिक बिद्यालयमा आगामी आर्थिक बर्षवाट एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यक्रम लागु गर्नका लागि मन्त्रालयले जेठ २ गते प्रस्ताव–पत्र पेश गर्न सूचना जारी गरेको छ । जसअनुसार प्रदेश अन्तर्गतका १ सय १९ स्थानीय तहले एउटा स्थानीय तहवाट तिन वटा नमूना माध्यामिक बिद्यालयको नाम एक साताभित्र शिफारिस गर्न सक्ने छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्न इच्छुक विद्यालयका लागि कुल विद्यार्थी संख्या, छात्राको प्रतिशत, लोपोन्मुख, अति सिमान्तकृत तथा दलित समुदायको विद्यार्थी प्रतिशत, भौतिक अवस्था, विद्यालयको विगत तीन वर्षको कक्षा १० का विद्यार्थीहरुको औसत नतिजा लगायतका मापदण्ड तोकिएको छ । यसअघि कार्यक्रम लागू भएका बिद्यालयले भने आवेदन गर्न पाउने छैनन् ।

एक बिद्यालय एक नर्स कार्यक्रम लोकप्रिय हुँदै गएपछि बागमित प्रदेश सरकारले दोलखा सहित १३ जिल्लाका थप बिद्यालयमा यो कार्यक्रम लागु गर्ने भएको छ । जसअनुसार प्रदेश अन्तर्गतका १ सय १९ स्थानीय तहले एउटा स्थानीय तहवाट तिन वटा नमूना माध्यामिक बिद्यालयको नाम एक साताभित्र शिफारिस गर्न सक्ने छन् ।

सुरुमा प्रदेशका १८ वटा स्थानीय तहका २० वटा माविमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको बागमती प्रदेश सरकारले सो कार्यक्रम प्रभावकारी भएको भन्दै चालु वर्ष प्रदेशका ९९ वटा माविमा कार्यक्रम लागु गरेको थियो । हाल बागमती प्रदेश सरकारका १ सय १९ स्थानीय तहमा कम्तीमा एउटा माध्यामिक विद्यालयमा एक नर्स कार्यक्रम सञ्चालन भइरहेको प्रदेश सरकारले जनाएको छ । आगामी आर्थिक बर्ष प्रदेशका कम्तिमा १ सय माविमा यो कार्यक्रम सँचालन हुन सक्ने मन्त्रालयले श्रोतले जनाएको छ ।

बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार एक बिद्यालय एक नर्स कार्यक्रम मन्त्रालयकै प्राथमिकतामा परेको कार्यक्रम हो । यो कार्यक्रम प्रदेशका सवै स्थानीय सरकार मातहतका माध्यामिक बिद्यालयमा सञ्चालन गर्ने योजना रहेको छ । दोलखाका दुई विद्यालयमा पनि एक विद्यालय एक नर्स कार्यक्रम लागु भईसकेको छ । वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर माध्यामिक विद्यालय र सदरमुकाम चरिकोटस्थित पशुपतिकन्या मावि तथा जिरी स्थित जिरी माविमा एक विद्यालय एक नर्स कार्यक्रम लागु भएको छ ।

६ जेठ, २०७७ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 1650 पटक हेरीएको
error: Content is protected !!