बागमती प्रदेश सरकारको सहयोग प्राप्त नभएपछि चरिकोट अस्पताल बन्द हुने अवस्थामा

2 weeks ago/Saturday, April 3rd, 2021

करुणा बस्नेत ।

दोलखा, २१ चैत ।

दोलखाको सदरमुकामस्थित चरिकोट अस्पताललाई बागमती प्रदेश सरकारले सहयोग नगरेपछि बन्द हुने अवस्थामा पुगेको छ ।

बागमती प्रदेश सरकारले चरिकोट अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्ने निर्णय गरेपनि अहिले आफ्नो जिम्मेवारी पुरा नगर्दा अस्पतालबाट प्रवाह हुने सेवा बन्द हुने जोखिम बढेको हो । दोलखाको प्रस्तावित चरिकोट अस्पताल व्यवस्थापनको जिम्मा लिएको न्याय हेल्थ नेपालले गत कात्तिक १६ गतेदेखि चरिकोट अस्पतालबाट हात झिकेपछि भीमेश्वर नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको अस्पताल अहिले बन्द हुने स्थिति सिर्जना भएकोे छ । प्रदेश सरकारले चरिकोट अस्पताललाई आफु मातहत सञ्चालन गर्ने घोषणा गरेपनि हालसम्म कुनै सहयोग प्राप्त नहुँदा नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै अस्पताल व्यवस्थापनमा चुनौती देखिएको हो ।

करिब एक महिना अघि चरिकोट अस्पताललाई प्रदेश सरकार माहतहत सञ्चालनमा ल्याउने निर्णय भएपनि अहिलेसम्म कुनै सहयोग प्राप्त नहुँदा नगरपालिकालाई अस्पतालबाट निशुल्क सेवा दिन समस्या पर्न थालेकोे छ । अस्पताल व्यवस्थापनका लागि मासिक रुपमा २५ लाख बजेट व्यवस्थापन गर्नुपर्ने हुँदा नगरपालिकालाई बजेट जुटाउन समस्या हुन थालेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

 प्रदेश सरकारले चरिकोट अस्पताललाई आफु मातहत सञ्चालन गर्ने घोषणा गरेपनि हालसम्म कुनै सहयोग प्राप्त नहुँदा नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै अस्पताल व्यवस्थापनमा चुनौती देखिएको हो । अस्पताल व्यवस्थापनका लागि मासिक रुपमा २५ लाख बजेट व्यवस्थापन गर्नुपर्ने हुँदा नगरपालिकालाई बजेट जुटाउन समस्या हुन थालेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख एवम् चरिकोट अस्पताल सञ्चालक समितिका अध्यक्ष भरत केसीले पनि हालसम्म प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त नभएको र पालिकाको आन्तरिक स्रोतबाट अस्पताल सञ्चालन गर्न कठिन भएको बताउनुभयो । अबको एक महिना पछि पनि बागमती प्रदेश सरकारबाट सहयोग नभएमा अस्पताल बन्द हुने उहाँको भनाई छ । न्याय हेल्थ नेपालले हात झिकेपछि सेवाको गुणस्तर समेत घट्दै गएको चरिकोट अस्पताल बजेटको अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । पछिल्लो समय अस्पतालबाट दैनिक रुपमा प्रवाह हुने सेवाका साथै जटिल प्रकृतिका शल्यक्रिया सेवा समेत प्रभावकारी हुन नसकिरहेका बेला नगरपालिकाकै स्रोतले अस्पताल सञ्चालन गर्न नसकिने स्थिति पैदा भएको छ ।

यता बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तमराज सेढाईले भने स्थानीय तहको सहमतिमा अस्पताल प्रदेश मातहत राख्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा दरबन्दी मिलानको काम भइरहेकाले केही ढिलाइ भएको बताउनुभयो । उहाँले हाल कर्मचारी संमायोजनको काम भएको र अस्पतालका लागि स्रोत, साधनको व्यवस्थापन गर्ने काम प्रक्रियामा रहेकाले तत्काल प्रदेश मातहत सञ्चालनमा ल्याउन केही समय लाग्ने उल्लेख गर्नुभयो । प्रवक्ता सेढाईका अनुसार दुई सातामा सो काम सम्पन्न गरेर विधिवत रुपमा चरिकोट अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्ने गरी तयारी अगाडि बढाईएको छ ।

पछिल्लो समय अस्पतालबाट दैनिक रुपमा प्रवाह हुने सेवाका साथै जटिल प्रकृतिका शल्यक्रिया सेवा समेत प्रभावकारी हुन नसकिरहेका बेला नगरपालिकाकै स्रोतले अस्पताल सञ्चालन गर्न नसकिने स्थिति पैदा भएको छ ।यता बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तमराज सेढाईले भने स्थानीय तहको सहमतिमा अस्पताल प्रदेश मातहत राख्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा दरबन्दी मिलानको काम भइरहेकाले केही ढिलाइ भएको बताउनुभयो । 

प्रदेश मातहत गएपछि चरिकोट अस्पतालमा ५९ जनाको दरबन्दी राखिनेछ भने सबै सेवा निशुल्क हुनेगरी सञ्चालन गरिनेछ । प्रदेश स्तरबाट सञ्चालन गर्न लागिएको अस्पतालबाट विशेषज्ञ सेवा दिने उदेश्यसहित सो काम प्रक्रियामा रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता सेढाईले बताउनुभयो । उहाँले चरिकोट अस्पताललाई व्यवस्थित ढंगले प्रदेश मातहत सञ्चालन गर्ने विषयमा संघीय सरकारसँग पनि छलफल भैरहेको जानकारी दिनुभयो ।

यसैबीच, चरिकोट अस्पतालमा (प्रयोगशाला) ल्याव स्थापनाको काम यहि चैत अन्तिमबाट सुरु हुने भएको छ । भीमेश्वर नगरपालिकाले दोलखाबाट प्रत्यक्ष निर्वाचित तीन जना सांसदहरुको ५०/५० लाखका दरले १ करोड ५० लाख रुपैँया सहयोगमा चरिकोट अस्पतालमा पिसिआर मेसिन सहितको प्रयोगशाला स्थापना प्रक्रिया यही चैत अन्तिमबाट सुरु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो ।

२१ चैत, २०७७ । १०ः२५ बजे प्रकाशित ।

 

VIEWS: 3465 पटक हेरीएको
error: Content is protected !!