बाढी पहिरोले खारेको टुनिटारलाई यसरी बनायो खण्डहर (फोटो फिचर)

1 year ago/Friday, August 7th, 2020

ईदोलखा संवाददाता ।

खारे (दोलखा), २३ साउन ।

भारी बर्षासँगै तामाकोशी नदीमा पानीको वहाव उच्च भएपछि जल तथा मौसम विभागले नदी तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन विहिवार राति ९ बजे एसएमएस पठायो ।

खासगरी तामाकोशी नदीको गोंगर, जगत र सिंगटीमा जलमापनका लागि राखिएको उपकरणमा पानीको वहावको लेवल पार गरेपछि साईरन बज्यो र विभागले सवैलाई सचेत रहन भन्यो ।  विभागको एसएमएसपछि गोंगर, जगत, सिंगटी, नागदह हुँदै तामाकोशी बजार र मन्थलीसम्मका नागरिक रातभर जाग्राम बसे । सिंगटी र तामाकोशी बजार किनारका करिव तिन दर्जन परिवारलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सार्न लगायो । विहिवार राति दोलखाको उत्तरी क्षेत्र खासगरी गौरीशंकर गाउँपालिकाको सुरी, खारे, मार्वु, चंखु, गौरीशंकर र लामावगर क्षेत्रमा भारी बर्षा भएको थियो । मौसम विभागको सर्तकता अपाउने सम्वन्धि सूचना सँगसँगै दोलखा जिल्लावासी सचेत रहँदारहँदै गौरीशंकर गाउँपालिका ८ खारेको टुनिटारमा बस्ति माथिवाट पहिरो र बाढी आयो । राति करिव साँढे ९ बजे आएको बाढी पहिरोले एक मजदुरको ज्यानै लियो भने अर्का मजदुर घाईते भए । पहिरोमा फसेका तिन जनालाई स्थानीयले जिवितै उद्धार गरे । पाँच घरपरिवार पूर्णरुपमा बिस्थापित बन्न पुगे भने आधा दर्जन बढी घरपरिवार उच्च जोखिममा रहेका छन् ।

हेर्नुहोस् सहकर्मी बलराम खड्का घटनास्थल अर्थात खारेको टुनिटार पुगेर बाढी र पहिरोले गरेको क्षेतिलाई क्यामेरामा कैद गरेका दृश्यहरुः

 

 

२३ साउन, २०७७ । १०ः४५ बजे प्रकाशित ।

VIEWS: 4650 पटक हेरीएको
error: Content is protected !!