बालिका बलत्कारको आरोपमा एक पुरुष पुर्पक्षका लागि थुनामा

2 months ago/Monday, June 10th, 2019

दोलखा, २७ जेठ ।

बालिका बलत्कारको आरोपमा पक्राउ परेका दोलखाको भीमेश्वर नगरपालिका ७ का एक पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।

दोलखा जिल्ला अदालतले भीमेश्वर नगरपालिका वडा नम्वर ७ का ४३ वर्षीय राम बहादुर तामाङलाई बालिका बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायधिश कमलराज विष्टको ईजलाशमा भएको थुनछेकको बहसपछि तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको हो । तामाङलाई ‘मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४’ को दफा ६७ को उपदफा १ ‘ख’ र ८० नम्वर बमोजिम थुनामा राख्न आदेश दिईएको दोलखा जिल्ला अदालतका सुचना अधिकारी युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो मुद्धामा निरन्तर सुनुवाइको आदेश समेत भएको छ ।

तामाङलाई बैशाख २८ गते राति पुजामा जान लागेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा प्रहरीले बैशाख ३१ गते पक्राउ गरेको थियो । तामाङविरुद्ध जवरजस्ती करणी मुद्धामा आवश्यक अनुसन्धान पुरा गरि शुक्रबार अदालत पेश गरिएकोमा अदालतले आईतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

२७ जेठ, २०७६ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 1435 पटक हेरीएको
error: Content is protected !!