बिगुमा स्थानीय सरकारको आफ्नै कलेज, ४७ बिद्यार्थी सव इन्जिनियर अध्ययन गर्दै

2 weeks ago/Sunday, February 21st, 2021

सिर्जना खड्का ।

दोलखा, ९ फागुन ।

स्थानीय सरकारले सञ्चालन गरेको दोलखाको पहिलो कलेज बिगु पोलिटेक्निक इन्स्टिच्युटमा ४७ जना बिद्यार्थी अध्ययनरत छन् ।

बिगु गाउँपालिकाले चालु बर्षबाट सञ्चालन गरेको बिगु पोलिटेक्निक इन्स्टिच्युटमा डिप्लोमा ईन शिभिल ईन्जियिरिङ संकायमा पहिलो बर्षमै ४७ जना बिद्यार्थी अध्ययनरत छन् । स्थानीय सरकारले लगानी गरेको जिल्लाको पहिलो प्राबिधिक क्याम्पसमा ४८ जनाको कोटा रहेकोमा ४७ जना भर्ना भएर अध्ययन गरिरहेका हुन् । सिटिईभिटिबाट मान्यता प्राप्त प्राबिधिक क्याम्पसमा पहिलो बर्षमै उत्साहजनक बिद्यार्थी भएको र त्यसले उत्साह थपिएको गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले बताउनुभयो ।

बिगु गाउँपालिकाको अस्थायी कार्यालय भवनमै बिद्यार्थीहरुलाई अध्ययन गर्ने व्यवस्था मिलाईएको छ भने पुरानो कृषि भवनमा प्रशासनिक शाखा सञ्चालन गरिएको छ । क्याम्पस सञ्चालनका लागि बिगु गाउँपालिकाले चालु बर्ष ४५ लाख बजेट बिनियोजन गरेको छ । हाल बिद्यार्थीहरुको शुल्कबाट बिद्यालय सञ्चालन भैरहेको र नपुग रकम गाउँपालिकाले विनियोजन गरेको रकमबाट खर्च गरिने गाउँपालिकाका उपाध्यक्ष ओलीले बताउनुभयो । प्राबिधिक क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक खर्च समेत चालु बर्ष बिनियोजित रकमबाटै गरिनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत चालु बर्ष ३० लाख बजेट विनियोजन भएकाले सो रकमबाट क्याम्पसको छात्रावास निर्माण गर्ने र निकट भबिष्यमै दुई वटा चार तले भवन बनाउने गाउँपालिकाको योजना छ ।

स्थानीय सरकारले सञ्चालन गरेको दोलखाको पहिलो कलेज बिगु पोलिटेक्निक इन्स्टिच्युटमा ४७ जना बिद्यार्थी अध्ययनरत छन् । सिटिईभिटिबाट मान्यता प्राप्त प्राबिधिक क्याम्पसमा पहिलो बर्षमै उत्साहजनक बिद्यार्थी भएको र त्यसले उत्साह थपिएको गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले बताउनुभयो । क्याम्पस सञ्चालनका लागि बिगु गाउँपालिकाले चालु बर्ष ४५ लाख बजेट बिनियोजन गरेको छ । प्राबिधिक क्याम्पसमा तीन बर्षमा डेढ लाख शुल्क र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि गाउँपाालिकाले छात्रबृत्तिको समेत व्यवस्था गरेको छ ।

बिगु पोलिटेक्निक इन्स्टिच्युटमा ११ जना कर्मचारी रहेकोमा ४ जना पूर्णकालीन शिक्षक, ३ जना अल्पकालीन शिक्षक र ४ जना लेखा, प्रशासन लगायतका पूर्णकालीन कर्मचारी कार्यरत छन् । प्राबिधिक क्याम्पसमा २८ जना छात्र र १९ छात्रा अध्ययनरत छन् । अध्ययन गर्ने बिद्यार्थीमा दोलखाका ४३ र अन्य जिल्लाका चार जना रहेका छन् । जसअनुसार बिगु गाउँपालिकाका ३७ जना, गौरीशंकरका ४, कालिन्चोकका २ तथा सर्लाहीका ३ र रौतहटका १ जना बिद्यार्थी अध्ययनरत रहेको बिगु पोलिटेक्निक ईन्टिच्युटकी प्रिन्सिपल माया शेर्पाले जानकारी दिनुभयो ।

प्राबिधिक क्याम्पसमा तीन बर्षमा डेढ लाख शुल्क र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि गाउँपाालिकाले छात्रबृत्तिको समेत व्यवस्था गरेको छ ।

९ फागुन, २०७७ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 3770 पटक हेरीएको
error: Content is protected !!