बिद्युत प्राधिकरण दोलखाले ४ करोड ८६ लाख बिद्युत महशुल उठाउन बाँकी

2 months ago/Wednesday, July 28th, 2021

दुर्गा बस्नेत ।

दोलखा, १३ साउन ।

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले तदारुकताका साथ बिद्युत महशुल उठाउन नसक्दा बर्षेनी बक्यौता महशुल बढ्दै गएको छ ।

तीन आर्थिक वर्षको तथ्यांक हेर्दा प्राधिकरण दोलखा बितरण केन्द्रमा उठ्न बाँकी बक्यौता रकम वर्षेनी बढ्दै गएको देखिएको हो । आर्थिक बर्ष २०७५/७६ मा २ करोड ६५ लाख ५७हजार ३ सय २६ रुपैयाँ बिद्युत महशुल बक्यौता रहेकोमा २०७६/७७ मा ४ करोड २ लाख ४७ हजार ७ सय २३ रुपैयाँ बक्यौता उठ्न बाँकी थियो । बक्यौता रकम बढेर गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा ४ करोड ८६ लाख पुगेको छ । प्राधिकरणले गत आर्थिक वर्षको मात्रै १ करोड २६ लाख ५० हजार ५ सय ५२ रुपैँया ४५ पैसा बक्यौता उठाउन सकेको छैन । गत आर्थिक वर्ष ४ सय ४८ जना उपभोक्ताबाट ७४ लाख ६९ हजार १ सय ३२ रुपैँया असुली भएपनि अन्य बक्यौता उठाउन नसकिएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर एवम् सुचना अधिकारी राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले तदारुकताका साथ बिद्युत महशुल उठाउन नसक्दा बर्षेनी बक्यौता महशुल बढ्दै गएको छ । बक्यौता रकम बढेर गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा ४ करोड ८६ लाख पुगेको छ । प्राधिकरणले गत आर्थिक वर्षको मात्रै १ करोड २६ लाख ५० हजार ५ सय ५२ रुपैँया ४५ पैसा बक्यौता उठाउन सकेको छैन ।

उहाँका अनुसार गत आर्थिक वर्ष वैतैश्वर गाउँपालिकाका उपभोक्ताबाट घरवत्ति वापतको सवैभन्दा बढी बक्यौता असुली हुन बाँकी छ । कोरोनाको महामारी, भूकम्पपछि कतिपय मानिसहरु गाउँ छाडेर बसाइसराइ गरेको लगायत विभिन्न समस्याका कारण वर्षेनि बक्यौता रकम बढ्दै गएको सुचना अधिकारी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका क्षेत्रका वासिन्दाहरुले पछिल्ला वर्षहरुमा विद्युत् महशुल तिरेपनि द्धन्द्धकाल अवधिको तीर्नुपर्ने रकम भने प्राधिकरणलाई अझै बुझाएका छैनन् ।

यसैगरी, स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुबाट पनि धेरै विद्युत महशुल उठाउन बाँकी रहेको छ ।प्राधिकरणले विद्युत महशुल उठाउन पटक–पटक ताकेता गर्दा पनिअझै उठ्न नसकेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुखदिपिन ढकालले जानकारी दिनुभयो । विद्युत महशुल नतिरेको ४० दिनभन्दा बढी भएमा २५ प्रतिशत जरिवाना लाग्ने र ६० दिनसम्ममा महशुल नबुझाएमा लाइन काटिने तथा लाईन काटिएको ६ महिनाभित्र पनि विद्युत् महशुलन तिरेमा मिटर झिकेर उपभोक्तालाई कालोसूचीमा राख्ने कानुनी व्यवस्था रहेको छ । तर, लामो समयसम्म विद्युत महशुल नबुझाउने कार्यालयहरुमा पनि अझै विद्युत सेवा भने निरन्तर रहिरहेको छ ।

१३ साउन, २०७८ । ९ः२० बजे प्रकाशित ।

VIEWS: 1435 पटक हेरीएको
error: Content is protected !!