बैतेश्वरको क्षेत्रपामा रेबिजको प्रकोप,धमाधम पशु मर्न थाले

2 weeks ago/Thursday, June 3rd, 2021

दोलखा, २० जेठ ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपास्थित छिपिगाउँमा बहुला कुकुरको टोकाईबाट धमाधम पशु तथा चौपाया मर्न थालेका छन् ।

छिपिगाउँमा जेठको पहिलो साता बहुला कुकुरले ११ वटा पशु चौपायालाई टोकेकोमा ६ वटा मरेका छन् भने ५ वटा बिरामी परेका छन् । बहुला कुकुरको टोकाईबाट स्थानीय खड्गबहादुर श्रेष्ठको एउटा ब्याउने भैँसी र राँगो मरेको छ भने मान बहादुर श्रेष्ठको ब्याउने भैसी, हरिबहादुर खड्काको राँगो, शिब बहादुर खड्काको भैसी, नरबहादुर श्रेष्ठको गोरु मरेको छ । बहुला कुकरको टोकाईवाट अमृत बहादुर श्रेष्ठको र बुद्धिनारायण श्रेष्ठको भैसी र यमबहादुर श्रेष्ठको एउटा ब्याउने भैसी र शर्मिला श्रेष्ठको बाख्रा बिरामी परेका छन् ।

बेवारिसे बहुला कुकुरले टोकेसँगै पशुहरु बहुलाउने, ¥याल निकाल्ने, केही नखाने लगायतका लक्षणहरु देखिएको स्थानीय सादुराम श्रेष्ठले जानकारी दिनुभयो । बहुला कुुकुरले एकैदिन धेरै गाईबस्तुलाई टोकेर बिरामी परेपछि स्थानीयले वडापालिकालाई खवर गरेका थिए । वडापालिकाले दुई वटा चौपायालाई रेबिज बिरुद्धको खोप लगाए पनि ती पशुहरु मरेकोे बैतेश्वर ८ का वडाअध्यक्ष रमेश अधिकारीले जानकारी दिनुभयो । पशु बौलाएर नियन्त्रणमा राख्न नसकिएपछि स्थानीयले मैनापोखरी प्रहरीलाई भैँसि मार्न समेत खवर गरेका थिए । यद्यपि केही दिनमै त्यो भैँसि मरेको थियो ।

हुला कुकुरको टोकाईबाट स्थानीय खड्गबहादुर श्रेष्ठको एउटा ब्याउने भैँसी र राँगो मरेको छ भने मान बहादुर श्रेष्ठको ब्याउने भैसी, हरिबहादुर खड्काको राँगो, शिब बहादुर खड्काको भैसी, नरबहादुर श्रेष्ठको गोरु मरेको छ । बहुला कुकरको टोकाईवाट अमृत बहादुर श्रेष्ठको र बुद्धिनारायण श्रेष्ठको भैसी र यमबहादुर श्रेष्ठको एउटा ब्याउने भैसी र शर्मिला श्रेष्ठको बाख्रा बिरामी परेका छन् ।

बैतेश्वर गाउँपालिकाका पशु विकास अधिकृत टेकबहादुर जिरेलले वडापालिकाबाट जानकारी आउने बित्तिकै प्राबिधिक टोली सो स्थानमा खटाएको जानकारी दिनुभयो । प्राबिधिक टोलीले संक्रमित पशुको ¥यालबाट रेविज सर्न सक्ने भएकाले संक्रमित पशुलाई छुट्टै बाँध्ने, मरेको पशुलाई राम्ररी गाड्ने, संक्रमित पशुलाई अरुको संसर्गमा आउन नदिने लगायतका सावधानी अपनाउन आग्रह गरेको उहाँले बताउनुभयो । यो बिषयमा पशु सेवा बिभाग, काठमाण्डौमा समेत जानकारी गराईसकिएको उहाँले बताउनुभयो ।

बहुला कुकुरलाई स्थानीयले मारेपनि त्यसको टोकाईवाट धमाधम पशु मर्ने तथा बिरामी हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । उनीहरुले मरेका पशुको क्षेतिपूर्तिको व्यवस्था गर्न तथा पशुहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् । पशु र मानिसमा समेत रेविज फैलिन सक्ने भन्दै तत्काल पशु स्वास्थ्यकर्मी सहितको टोली गाउँमा खटाईदिन उनीहरुको माग छ ।

२० जेठ, २०७८ । ७ः३० बजे प्रकाशित ।

VIEWS: 3300 पटक हेरीएको
error: Content is protected !!