बैतेश्वरको यार्सामा ‘खड्ग–लक्ष्मी’ स्मृति फुटबल प्रतियोगिता सुरु

1 year ago/Monday, October 19th, 2020

जिरी (दोलखा), ३ कात्तिक ।

दोलखाको वैतेश्वर गाउँपालिकामा आजदेखि प्रथम ‘खड्ग–लक्ष्मी’ स्मृती कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

वैतेश्वर गाउँपालिका ३ स्थित मिर्गे यार्साको खेल मैदानमा आजबाट प्रथम ‘खड्ग–लक्ष्मी’ स्मृती कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगीताको सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष एवम् पत्रकार लक्ष्मण खड्काले एक समारोहको बीच उदघाटन गर्नुभयो । उदघाटन मन्तव्य व्यक्त गर्दै पत्रकार खड्काले बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका युवाहरुको खेलकुद विकासको लागि खड्ग–लक्ष्मी स्मृति फुटबल प्रतियोगिताको पुरस्कारको आफूले प्रायोजन गरेको बताउनुभयो ।

आयोजक यार्सा विकास क्वलवका अध्यक्ष ल्हदोर्जे शेर्पाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक तेञ्जिङ शेर्पा, जनसचेतन साकोसका व्यवस्थापक सुन्दर दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दोलखाको बैतेश्वर गाउँपालिका ३ यार्साका स्वर्गीय समाजसेवी खड्ग बहादुर खड्का र उनकी स्वर्गीय श्रीमती लक्ष्मी खड्काको स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । सो फुटबल प्रतियोगिता दशैं तिहारको अवसरमा हरेक वर्ष आयोजना गरिनेछ । स्वर्गीय खड्गबहादुर र लक्ष्मी पत्रकार खड्काको हजुरबुबा र हजुरआमा हुन् ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै पत्रकार लक्ष्मण खड्काले बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका युवाहरुको खेलकुद विकासको लागि ‘खड्ग–लक्ष्मी’ स्मृति फुटबल प्रतियोगिताको पुरस्कारको आफूले प्रायोजन गरेको बताउनुभयो । प्रथम पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम, द्धिपीय र तृतीय पुरस्कार क्रमश नगद १५ हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । आजदेखि सुरु भएको प्रतियोगिता ७ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।

प्रथम पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम, द्धिपीय र तृतीय पुरस्कार क्रमश नगद १५ हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाका १२ वटा टिमको सहभागिता छ । आज भएको लिग चरणको ३ खेलमा आयोजक यार्सा विकास क्लव र केवि क्लव खावा विजयी भएको छ । आयोजक यार्सा विकास क्लव र काब्रेस्थित सिद्धाको थान टिमबीच भएको उद्घाटन खेलमा आयोजक यार्सा विकास क्लवले सिद्धाको थानलाई ५–० गोलले हराएको छ भने केबि क्लव खावाले मार्वल थटीथ्री क्लव मैनापोखरीलाई ७–१ गोलअन्तरले पराजित गरेको छ ।

यस्तै, आजै भएको सिर्जनशिल युथ क्लव र हिले निगाले क्लवबीच भएको खेल भने बराबरीमा रोकिएको छ । आजदेखि सुरु भएको प्रतियोगिता ७ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।

 

३ कात्तिक, २०७७ । ८ः५० बजे प्रकाशित ।

VIEWS: 6090 पटक हेरीएको
error: Content is protected !!