बैतेश्वरमा ३११ अपाङ्गता व्यक्ति, १२४ जनाले भत्ता पाउने

3 months ago/Monday, September 2nd, 2019

सिर्जना गोले ।

दोलखा, १६ भदौ ।

दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

बैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका ३ सय ११ जना अपांङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । जसअनुसार बैतेश्वर गाउँपालिकाले ३९ जना पूर्ण अपाङ्गता भएकालाई ‘क’ वर्गको रातो कार्ड, अति अशक्त ८५ जनालाई ‘ख’ वर्गको निलो कार्ड, मध्यम अपाङ्गता भएका १ सय ६ जनालाई ‘ग’ वर्गको पहेँलो कार्ड र सामान्य अपाङ्गता भएका ८१ जनालाई ‘घ’ वर्गको सेतो कार्ड वितरण गरेको हो । बैतेश्वरले हिजो ५५ जना अपांङ्गता भएका व्यक्तिहरुलाई वितरण गर्दै परिचय पत्र वितरणको काम सम्पन्न गरेको हो ।

‘क’ वर्गको रातो परिचयपत्र पाउनेले गाउँपालिकाबाट मासिक ३ हजार र ‘ख’ वर्गको परिचयपत्र पाउनेले मासिक १६ सय भत्ता पाउनेछन् । अन्य अपांगता भएकाहरुले भने अपांगता भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिने विभिन्न कार्यक्रममा सेवा सुविधा पाउनेछन् ।

यसअघि वडा–वडामा सञ्चालन गरिएको शिविरबाट छुटेकाहरुलाई हिजो पुनः शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । हिजो ‘क’ वर्गको रातो कार्ड ९ जनालाई, ‘ख’ वर्गको निलो कार्ड १५ जनालाई, ‘ग’ वर्गको पहेँलो कार्ड १६ जनालाई र ‘घ’ वर्गको सेतो कार्ड १५ जनालाई वितरण गरिएको छ । चिकित्सकको टोलीले अपाङ्गता परिक्षण गरेपछि मात्रै वर्ग छुट्याई परिचय पत्र वितरण गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । ‘क’ वर्गको रातो परिचयपत्र पाउनेले गाउँपालिकाबाट मासिक ३ हजार र ‘ख’ वर्गको परिचयपत्र पाउनेले मासिक १६ सय भत्ता पाउनेछन् । अन्य अपांगता भएकाहरुले भने अपांगता भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिने विभिन्न कार्यक्रममा सेवा सुविधा पाउनेछन् ।

पूर्णरुपमा अशक्त तथा अपाङ्गता भई अरु व्यक्तिको साहरा विना दैनिक क्रियाकलाप गर्न नसक्ने व्यक्तिहरुलाई ‘क’ बर्गको तथा शारीरिक र मानसिक रुपमा अशक्त भई कामकाज गर्न नसक्ने (पूर्ण दृष्टिविहिन, दुवै हात वा खुट्टा नभएका, शरीरका अंगहरुमा पूर्ण क्षेति पुगेका) व्यक्तिहरुलाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिने व्यवस्था छ ।

१६ भदौ २०७६ । ११ः२० बजे प्रकाशित ।

VIEWS: 1615 पटक हेरीएको
error: Content is protected !!