जिरी (दोलखा), १८ पौष ।
दोलखाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर अस्पतालले निशुल्क सञ्चालन गरेको स्वास्थ्य शिविरबाट डेढ सय भन्दा बढी हाडजोर्नी तथा नसाका बिरामीले सेवा लिएका छन् ।
वैतेश्वर अस्पतालको आयोजनामा हिजो र आज २ दिन सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट १ सय ७८ जना हाडजोर्नी तथा नसाका बिरामीले उपचार सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट जिरी नगरपालिका, गौरीशंकर र वैतेश्वर गाउँपालिकाका १ सय ७८ जना हाडजोर्नी तथा नसाका बिरामीले निशुल्क सेवा लिएको वैतेश्वर अस्पतालका व्यवस्थापन समितिका संयोजक देवराज खत्रीले जानकारी दिनुभयो । बिरामीहरुले वीर अस्पताल काठमाडौँका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सरोज राईबाट सेवा लिएको अस्पतालले जनाएको छ ।

बैतेश्वर अस्पतालले अस्पतालको गत साउन ३ गते बसेको सञ्चालक तथा व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिहबार र हिजोगरी २ दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
१८ पौष, २०७७ । ८ः४५ बजे प्रकाशित ।
VIEWS: 1620 पटक हेरीएको