बैतेश्वर गाउँपालिकाको बन्यो आफ्नै भवन, अब पाँडुडाँडाबाट सेवा दिइने

1 month ago/Thursday, January 23rd, 2020

प्रमिला नेपाली ।

बैतेश्वर (दोलखा), ९  माघ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको साँढे दुई वर्ष पछि दोलखाको बैतेश्वर गाउँपालिकाले आफ्नै भवनबाट जनतालाई सेवा दिने भएको छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि बैतेश्वरमा निर्वाचित भएर आएका जनप्रतिनिधि र कर्मचारीहरुले भाडाको घरबाट जनतालाई सेवा दिँदै आएकोमा अब आफ्नै भवनबाट कार्य सम्पादन गर्ने भएका हुन् । यसअघि बैतेश्वरले मासिक ६० हजार घर भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो । बैतेश्वर गाउँपालिकाले आन्तरिक स्रोतबाटै १ करोड ६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । वडा नम्बर ६ स्थित पाँडुडाँडामा ठेक्का प्रक्रियामार्फत गत वर्षदेखि निर्माण सुरु भएको गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य केही समय अघि मात्रै सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यका अनुसार बैतेश्वरले पाँडु डाँडामा स्थानीय बासीले दान गरेको जग्गामा ८ कोठाको गाउँपालिकाको कार्यालय भवन बनाएको हो । प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएसँगै यही माघ १५ गते उद्घाटन गरी तत्कालै नयाँ भवनबाट जनतालाई सेवा दिने तयारी गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । सो भवन प्रदेशसभाका सांसद विशाल खड्काले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष लामाका अनुसार अब कार्यपालिकामा क्वाटर लगायतका विभिन्न संरचनाहरु पनि बन्नेछन् ।

 गाउँपालिकाको केन्द्रमा रितबहादुर स्मृति शैक्षिक प्रतिष्ठान र चिस्यान केन्द्र निर्माण गरिएको छ ।  गाउँपालिकाको भवन र अन्य संरचना रहेको क्षेत्रमै सहिद ऋतबहादुर खड्काको सालिक सहिदको पार्क पनि निर्माण गरिएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ५ लाखको लागतमा ऋतबहादुर सहिद स्मृति पार्क बनाइएको हो ।

यसैगरी, गाउँपालिकाको केन्द्रमा रितबहादुर स्मृति शैक्षिक प्रष्ठिान र चिस्यान केन्द्रको पनि निर्माण गरिएको छ । प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकाबाट १ करोड रकम आएकोमा ७५ लाखको लागतमा निर्माण सम्पन्न भएको उपाध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिकाको भवन र अन्य संरचना रहेको क्षेत्रमै सहिद ऋतबहादुर खड्काको सालिक सहिदको पार्क पनि निर्माण गरिएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ५ लाखको लागतमा ऋतबहादुर सहिद स्मृति पार्क बनाइएको हो । गाउँपालिकाको केन्द्र परिसरमा चिस्यान केन्द्र बनिरहेको छ । गाउँपालिकाले छुट्याएको ४० लाखको बजेटबाट चिस्यान केन्द्रको संरचनाहरु निर्माण भइरहेको र आगामी वर्ष मात्रै सम्पन्न हुने बैतेश्वर गाउँपालिको जनाएको छ ।

यसैबीच, बैतेश्वर गाउँपालिकामा ७ वटा वडा रहेकोमा २ वटा वडाकार्यालयले नयाँ भवन निर्माण गरी जनतालाई सेवा दिन सुरु गरेका छन् । गाउँपालिकाको वडा नम्बर ३ मिर्गे र वडा नम्बर ५ काब्रेले नयाँ भवनबाट सेवा दिइरहेको हो । यस्तै, २ नम्बर वडाकार्यालय भवनको निमार्ण कार्य सम्पन्न भइसकेको र उद्घाटनको तयारीमा रहेको बैतेश्वर गाउँपालिकाले जनाएको छ । वडा नम्बर १, ६ र ८ को कार्यालयको निमार्र्ण भइरहेको अध्यक्ष लामाले बताउनुभयो । निर्माणाधिन वडा कार्यालयहरुको भवन चैत मसान्तसम्म सम्पन्न गरि सक्ने बताइएको छ ।

यसैगरी वडा नम्बर ४ ले पुरानो भवनबाट जनलाई सेवा दिँदै आइरहेको छ भने भाडाको घरबाट सेवा दिँदै आएको ७ नम्बर वडाकार्यालयको भवन राष्ट्रिय पुननिर्माण प्राधिकरणले बनाइदिने भएको छ ।

९ माघ, २०७६ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 3490 पटक हेरीएको
error: Content is protected !!