बैतेश्वर गाउँपालिकामा २५ जनाको आरडीटी परिक्षणको रिपोर्ट ‘नेगेटिभ’

1 month ago/Monday, April 20th, 2020

बैतेश्वर (दोलखा), ८ बैशाख ।

दोलखाको बैतेश्वर गाउँपालिकामा विदेशबाट आएका २५ जनाको ¥यापिड डाइगोनोस्टिक (आरडीटी) परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

गाउँपालिकामा चैत महिनाभित्र विदेशबाट आएका एक महिला र २४ जना पुरुषको आज आरडिटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत यता भारत, बंगलादेश, अस्ट्रेलिया र दक्षिण कोरियाबाट फर्केका २५ जनाको आरडीटी परिक्षण गरिएको बैतेश्वर गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट रुपेश चापागाईले जानकारी दिनुभयो । गाउँपालिकामा विदेशबाट आएका ३४ जनाको तथ्यांक रहेपनि चैत महिना अघि गाउँपालिका भित्रेका नागरिकहरुको भने परिक्षण गरिएको छैन । बैतेश्वरमा पनि आरडीटी परिक्षण जिरी नगरपालिकास्थित जिरी अस्पतालको टोलीले गरेका छन् । आरडीटी परिक्षणका लागि जिरी अस्पतालका डा. राकेश श्रेष्ठ, जिरी नगरपालिकाका स्वास्थ्य संयोजक गौतम कुमार शाह, ल्याब टेक्निसियन बिरेन्द्र कुमार यादव, ल्याब असिस्टेन्ट सन्तु जिरेल लगाउतका टोली खटिएका थिए ।

यसअघि हिजो जिरी नगरपालिकामा विदेशबाट आएकाहरु १९ जनाको परिक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नगरपालिकाभित्र २४ जनाको परिक्षण गर्नुपर्ने भएपनि हिजो १९ जना मात्रै अस्पताल आएका थिए । जिरी र बैतेश्वरका छुट्न गएका नागरिकहरुको भोली जिरी अस्पतालमा परिक्षण हुनेछ ।

बैशाख ८, २०७७ । २ः०५ बजे प्रकाशित ।

VIEWS: 1865 पटक हेरीएको
error: Content is protected !!