बैतेस्वर गाउँपालिकाद्धारा लकडाउनको मौका छोपेर बिद्यालय तहको घटुवा र दरवन्दि मिलान

6 days ago/Tuesday, May 19th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), ६ जेठ ।

दोलखाको बैतेश्वर गाउँपालिकाले लकडाउनकै अवधिमा गाउँपालिकाभित्रका ६ वटा आधारभूत तथा प्राथमिक विद्यालयको तह घटुवा गर्नुको साथै शिक्षकहरुको दरबन्दी कटौती गरेको छ ।

बैतेश्वर गाउँपालिकाले पालिकाभित्रका आधारभूत तह र प्राविका गरी ५ वटा विद्यालयको तह घटुवा र ६ वटा विद्यालयको शिक्षकहरुको दरबन्दी कटौती गरेको हो । जसअनुसार गाउँपालिकाको वडा नम्बर १ स्थित सेतीदेवी प्राविमा १ देखि ५ सम्म कक्षा सञ्चालन हुँदै आएकोमा घटाएर ३ सम्म र वडा नम्बर १ कै हिमालय आधारभूत विद्यालयमा १ देखि कक्षा ८ सम्म पठनपाठन हुँदै आएकोमा अहिले ५ कक्षासम्म मात्रै कायम गरिएको छ । यस्तै, वडा नम्बर ४ स्थित बालविद्याश्रम विद्यालयमा यसअघि १ देखि ५ कक्षासम्म पठनपाठन हुँदै आएकोमा अहिले १ देखि ३ सम्म, वडा नम्बर ५ स्थित नेत्रज्योति आधारभूत विद्यालयमा १ देखि ८ सम्म कक्षा सञ्चालन हुँदै आएकोमा कटौती गरेर १ देखि ५ सम्म र वडा नम्बर ८ मा रहेको सेतीदेवी प्राविमा १ देखि ३ सम्म कक्षा सञ्चालन हुँदै आएकोमा कटौती गरी बाल कक्षा मात्रै कायम गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक जनक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती विद्यालयहरुबाट ७ जना शिक्षकको दरबन्दी कटौती गरिएको छ ।

५ वटा विद्यालयको तह घटाईए पनि ७ जना शिक्षकको दरबन्दी कटौती गरिएको हो । जसअनुसार नेत्रज्योतिबाट २ जना र अन्य घटुवा गरिएको विद्यालयबाट १/१ जना शिक्षकको दरबन्दी कटौती गरिएको छ भने विद्यालयको तह घटुवा नभएको बैतेश्वर ३ स्थित यार्सा प्राविको पनि एक जना शिक्षकको दरबन्दी कटौती गरिएको छ । पालिकाभित्रको विद्यालयहरुको तह घटुवा र शिक्षकको दरबन्दी कटौतीको लागि गाउँपालिका शिक्षा समितिद्धारा दरबन्दी मिलान सुझाव तथा सिफारिस कार्यदल गठन गरिएको थियो ।

नेत्रज्योतिबाट २ जना र अन्य घटुवा गरिएको विद्यालयबाट १/१ जना शिक्षकको दरबन्दी कटौती गरिएको छ भने विद्यालयको तह घटुवा नभएको बैतेश्वर ३ स्थित यार्सा प्राविको पनि एक जना शिक्षकको दरबन्दी कटौती गरिएको छ । पालिकाभित्रको विद्यालयहरुको तह घटुवा र शिक्षकको दरबन्दी कटौतीको लागि गाउँपालिका शिक्षा समितिद्धारा दरबन्दी मिलान सुझाव तथा सिफारिस कार्यदल गठन गरिएको थियो ।कार्यदलको सिफारिस र विद्यार्थी संख्याको आधारमा छलफल गरी सो विद्यालयहरुको घटुवा र शिक्षकको दरबन्दी कटौती गरी अन्य विद्यालयमा मिलान गरिएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।

कार्यदलको सिफारिस र विद्यार्थी संख्याको आधारमा छलफल गरी सो विद्यालयहरुको घटुवा र शिक्षकको दरबन्दी कटौती गरी अन्य विद्यालयमा मिलान गरिएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । एउटा कक्षामा ५ जनाभन्दा पनि कम बिद्यार्थी भएको बिद्यालयको कक्षा र शिक्षक दरवन्दि कटौती गरिएको उहाँले बताउनुभयो । हालको विद्यालयबाट दरबन्दी कटौती गरिएको शिक्षकहरुलाई गाउँपालिकाभित्रकै विभिन्न मावि र आधारभूत विद्यालयहरुमा मिलान गरिएको छ ।

८ वटै वडाका वडाध्यक्ष र कार्यदलका सदस्यहरुसँग छलफल गरी कोही पनि विद्यार्थीलाई मार्का नपर्नेगरी शुक्रबार निर्णय भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । तर, कठिन भौगोलिक अवस्था, दलिता, आदिवासी जनजाति र अल्पसँख्यक अध्ययन गर्ने बिद्यालयको समेत कक्षा र शिक्षक दरवन्दि कटौती गरिएको भन्दै बिरोध पनि भईरहेको छ । राजनीतिक प्रतिशोधका आधारमा बिद्यालय तहको घटुवा र शिक्षकको दरवन्दि मिलान गरिएको भन्दै बिरोध भईरहेको हो । दुई वटा ठाडो खोलाले काटेको, शेर्पा, तामाङ लगायतका जनजाति र दलित समुदायका वालवालिका समेतले अध्ययन गर्ने यार्सा प्राविको शिक्षक दरवन्दि कटौती भएकोमा सामाजिक सञ्जालमा बिरोध भईरहेको छ ।

कठिन भौगोलिक अवस्थामा रहेको बिद्यालयको दरवन्दि कटौती हुँदा माथिल्लो तह (कक्षा ४ र ५) को कक्षा सँचालन गर्न कठिन हुने र बिद्यार्थीहरु जोखिम मोलेर हनुमन्तेस्वर मावि वा कालिढुँगा माविमा अध्ययन गर्न जानु पर्ने बाध्यता भएको भन्दै स्थानीयले बिरोध गरेका हुन् । कार्यदलमा मावि तहका शिक्षक मात्रै राखेर मापदण्ड तयार गरी निर्णय गरिएको र सो निर्णयले छरिएर रहेको भुगोलका प्राथमिक बिद्यालयहरुलाई समाप्त पार्ने षड्यन्त्र भएको आरोप समेत लागेको छ ।

आवरण तस्बिरः कठिन भौगोलिक अवस्थामा रहेको यार्सा प्राथमिक विद्यालयका साना विद्यार्थीहरु

६ जेठ, २०७७ । २ः२५ बजे प्रकाशित ।

VIEWS: 3855 पटक हेरीएको
error: Content is protected !!