बैतेस्वर र जिरीका सहकारी सँस्थाले ल्याए व्याज र हर्जनामा छुटको कार्यक्रम

5 days ago/Wednesday, May 20th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), ७ जेठ ।

देश बन्दाबन्दीमा रहेपछि दोलखा सदरमुकाम चरिकोटका सहकारीहरुले धमाधम शेयर सदस्यहरुलाई ऋणको ब्याज र हर्जनामा छुट दिँदै आइरहेको बेला मैनापोखरी र जिरी क्षेत्रका सहकारीहरुले पनि छुट दिन थालेका छन् ।

विश्वभर कोरोनाको महामारी फैलिएसँगै लामो समयदेखि देश बन्दाबन्दीमा रहेको बेला पछिल्लो समय जिल्लाको बैतेश्वर गाउँपालिका ५ काब्रेस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था, जनमुखी र जिरी नगरपालिकास्थित आकासद्धिप बचत तथा ऋण सहकारी संस्थाले ऋणी सेयर सदस्यहरुलाई ब्याज र हर्जनामा छुट दिने निर्णय गरेको हो । देश बन्दाबन्दीमा रहेको बेला संस्थामा आवद्ध शेयर सदस्यहरुलाई पर्न गएको आर्थिक संकटको बेला सहुलियत प्रदान गर्ने उद्धेश्यले व्याज र हर्जनामा छुटको कार्यक्रम ल्याएको संस्थाहरुले जनाएका छन् । जसअनुसार जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ऋणी शेयर सदस्यहरुको ब्याजमा सबैभन्दा बढी छुट दिने भएको छ ।
जनसचेतनको सञ्चालक समितिको बैठकले संस्थाका ऋणी सदस्य तथा बचतकर्ताहरुलाई व्याज र हर्जना छुटको व्यवस्था गरेको हो । संस्थाले गत माघ महिनासम्म नियमित बचत गर्ने बचतकर्ताहरुलाई चैत १० गतेसम्म खातामा रहेको रकमको चैत ११ गतेदेखि आगामी असार मसान्तसम्मको १ प्रतिशतका दरले हुन आउने रकम ब्याज स्वरुप थप गर्ने निर्णय गरेको छ ।

जनसचेतनले ऋणतर्फ पनि जेठ ५ गतेभित्र ब्याज बुझाउनेलाई १६ प्रतिशत, जेठ ३२ गतेसम्म बुझाउनेलाई १४ प्रतिशत र असार १५ सम्म बुझाउनेलाई १० प्रतिशत तथा असार २५ गतेसम्म बुझाउनेलाई ७ प्रतिशत छुटको व्यवस्था गरेको छ । हर्जनामा पनि जेठ ५ गतेभित्र र जेठ ३२ गतेभित्र बुझाउनेलाई सत प्रतिशत, असार १० गतेसम्म बुझाउनेलाई ७० प्रतिशत र असार २० गतेसम्म बुझाउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । जनसचेतनले नियमित रुपमा ऋणको सावाँ, ब्याज बुझाउने सदस्यहरुलाई ब्याजमा १६ प्रतिशतले हुने रकम र हर्जना बुझाउनेलाई सत प्रतिशत हर्जना रकम सम्बन्धित सदस्यहरुको खातामा जम्मा गरिदिने समेत जनाएको छ ।

विश्वभर कोरोनाको महामारी फैलिएसँगै लामो समयदेखि देश बन्दाबन्दीमा रहेको बेला पछिल्लो समय जिल्लाको बैतेश्वर गाउँपालिका ५ काब्रेस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था, जनमुखी र जिरी नगरपालिकास्थित आकासद्धिप बचत तथा ऋण सहकारी संस्थाले ऋणी सेयर सदस्यहरुलाई ब्याज र हर्जनामा छुट दिने निर्णय गरेको हो । देश बन्दाबन्दीमा रहेको बेला संस्थामा आवद्ध शेयर सदस्यहरुलाई पर्न गएको आर्थिक संकटको बेला सहुलियत प्रदान गर्ने उद्धेश्यले व्याज र हर्जनामा छुटको कार्यक्रम ल्याएको संस्थाहरुले जनाएका छन् । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ऋणी शेयर सदस्यहरुको ब्याजमा सबैभन्दा बढी छुट दिने भएको छ ।

यस्तै, मैनापोखरीमै रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले पनि ऋणी सेयर सदस्यहरुका लागि ब्याज र हर्जना छुट गर्ने निर्णय गरेको छ । जेठ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले छुटको कार्यक्रम ल्याउने निर्णय गरेको हो । जनमुखीले चैत ११ गतेसम्म मासिक, त्रैमासिक किस्ता बुझाउनुपर्ने ऋणको ब्याजमा २०७७ साल जेठ ३२ गतेसम्म १३ प्रतिशत, असार १५ गतेसम्म १० प्रतिशत र असार ३१ सम्म ५ प्रतिशत छुट गर्ने व्यवस्था गरेको छ । साथै २०७६ साल चैत महिना अघिनै किस्ता बुझाउन छुटी हर्जना लागिरहेका ऋणी सदस्यलाई जेठ महिनाभित्र ऋणको किस्ता तथा बुझाउनुपर्ने हर्जनाको ७५ प्रतिशत छुट हुने समेत संस्थाले जनाएको छ । संस्थाका अनुसार चैत ११ गतेदेखि जेठ ३ गतेसम्म ऋणको ब्याज तथा हर्जना बुझाएका ऋणी सदस्यहरुले पाउने छुट सुविधा रकम सोही सदस्यहरुको ऐच्छिक बचत खातामा जम्मा गरेको छ ।

यसैगरी, बैतेश्वर ५ स्थित एकता कृषक विउ उत्पादक सहकारी संस्थाले पनि ऋणमा हर्जना छुटको कार्यक्रम ल्याएको छ । संस्थाको सञ्चालक समितिको बैठकले ऋण कारोबार गरी ऋणमा हर्जना लागेका सदस्यहरुलाई जेठ मसान्तभित्र ऋणको सावाँ तथा ब्याज बुझाएमा थप ब्याज हर्जना मिनाहा (छुट) गर्ने निर्णय गरेको छ । साथै संस्थाले चालु आर्थिक वर्षदेखि खाद्यान्न तथा कृषि उपज सदस्य तथा गैर सदस्यहरुबाट खरिद तथा विक्री गर्ने योजना बनाएको समेत जनाएको छ ।

जिरी ६ स्थित हाटडाँडामा रहेको आकासद्धिप साकोसले पनि सदस्यहरुको व्याजमा विशेष छुटको कार्यक्रम ल्याएको छ । आकासद्धिपको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले ऋणी शेयर सदस्यहरुले लकडाउन सुरु भएको चैत महिनादेखि असार महिनासम्मको सम्पूर्ण व्याज बुझाएमा ब्याजमा लाग्ने हर्जनामा पुरै छुट तथा कुल ब्याजको १० प्रतिशत व्याज छुट गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । साथै संस्थाले असार मसान्तसम्म पनि ऋणी शेयर सदस्यले ब्याज नबुझाएमा कुनै छुट नहुने जनाएको छ ।

७ जेठ, २०७७ । ९ः०५ बजे प्रकाशित ।

VIEWS: 2375 पटक हेरीएको
error: Content is protected !!