आइतबार आयोजित एक चलचित्रको पत्रकार सम्मेलनमा मोडल एलिसा राई सुन्दर बनेर पुगिन् । उनले लगाएको पहिरनदेखि उनको स्टाइल तारिफ योग्य नै थियो । तर, सो कार्यक्रममा पुगेर पुरा अवधी बसेपनि आयोजकले उनको नाम समेत लिन आवश्यक ठानेन ।
एलिसा सो कार्यक्रममा पुग्नु पर्ने कारण पनि त्यती खुलेन । तर, उनलाई एउटा फाइदा भने भयो । मिडियामा उनको तस्बिर राम्रैसँग कैद भयो । तर, एलिसालाई कार्यक्रममा बोलाएर पनि उनको नाम समेत लिन आयोजकले किन आवश्यक ठानेन, त्यो आयोजकले नै जान्ने कुरा हो ।
VIEWS: 7235 पटक हेरीएको