भारतवाट नेपाल फर्किएका दोलखालीलाई उद्धार गरेर गाउँ ल्याउने तयारी हुँदैछः प्रजिअ शर्मा

2 days ago/Saturday, May 23rd, 2020

ईदोलखा संवाददाता ।

दोलखा, १० जेठ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले भारतबाट नेपाल प्रवेश गरी अलपत्र परेका दोलखाली नागरिकलाई तत्काल उद्धार गरी जिल्ला ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

भारतबाट झापा र इलामसम्म आईपुगेका दोलखाली नागरिकको उद्धारका विषयमा जिल्लामा छलफल भइरहेको उहाँले बताउनुभयो । हाम्रो रेडियो र ईदोलखासँग ईदोलखासँग कुराकानी गर्दै प्रजिअ शर्माले भारतमा क्वारेन्टाइनमा बसेर वा नबसी नेपालको सिमावर्ती जिल्लामा आएका दोलखाली नागरिकको उद्धारका विषयमा सम्बन्धित स्थानीय तह लगायत सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो । सिमावर्ती जिल्लामा आईसकेका दोलखाका नागरिकलाई आरडिटि विधिबाट कोरोना परिक्षण गरेर मात्रै जिल्ला ल्याउने तयारी गरेकाले केही ढिलाई भएको उहाँको भनाई छ । उनीहरुको उद्धारका लागि झापाका प्रमुख जिल्ला अधिकारी र इलामका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको भन्दै उहाँले जतिसक्दो चाँडो दोलखाबासी नागरिकको उद्धार गर्ने बताउनुभयो ।

भारतमा क्वारेन्टाइनमा बसेर वा नबसी नेपालको सिमावर्ती जिल्लामा आएका दोलखाली नागरिकको उद्धारका विषयमा सम्बन्धित स्थानीय तह लगायत सरोकारवाला निकायसँग छलफल भइरहेको छ । भारतबाट ठूलो संख्यामा दोलखालीहरु विभिन्न पालिकाहरुमा आउने भएकाले तयारी अवस्थामा रहन प्रत्येक स्थानीय तह र वडालाई पनि भनिएको छ ।

सिमा क्षेत्रमा अलपत्र परेकाहरुको उद्धारमा लाग्ने खर्चको व्यवस्थापन कसरी गर्ने, प्रक्रियामा त्यसरी मानिसहरु जिल्ला ल्याउन मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भईरहेको प्रजिअ शर्माले बताउनुभयो । यद्धपी सिमामा आएका नागरिकले गाडी भाडा तिर्न सक्ने अवस्था भएमा सम्बन्धित जिल्लाको ट्राफिक प्रहरीलाई भनेर जिल्लासम्म ल्याउनका लागि पनि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सिमा क्षेत्रमा आएका जिल्लावासी नागरिकको विषयमा सम्बन्धित स्थानीय तहलाई जानकारी गराईसकिएको भन्दै प्रजिअ शर्माले सम्बन्धित स्थानीय तहले पनि सोही अनुसार तयारी गरीरहेको बताउनुभयो ।

उहाँका अनुसार केन्द्र र प्रदेश सरकारबाट कोरोना परिक्षण किट आउन ढिलाई हुन सक्ने भएकाले स्थानीय प्रशासनले सम्बन्धित स्थानीय तहलाई पनि आरडिटि किट खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । भारतबाट ठूलो संख्यामा दोलखालीहरु विभिन्न पालिकाहरुमा आउने भएकाले तयारी अवस्थामा रहन प्रत्येक स्थानीय तह र वडालाई पनि भनिएको छ । जिल्लामा एकैपटक धेरै मानिसहरु भारतबाट फर्किएमा पालिकाले निर्माण गरेको क्वारेन्टाइनले मात्रै नधान्ने भएकाले वडास्तरमा पनि ति मानिसहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले प्रत्येक गाउँपालिका/नगरपालिकाको कार्यपालिका बैठक बसेर गम्भिर रुपमा छलफल गर्न आग्रह गरीएको प्रजिअ शर्माले बताउनुभयो ।

यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि पालिकास्तरमा रहेको क्विक रेसपोन्स टिमलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । सिमावर्ती क्षेत्रमा आईसकेका जिल्लावासीलाई धेरै दुख दिन नहुने भन्दै प्रजिअ शर्माले जतिसक्दो चाँडो उनीहरुको उद्धार गर्ने जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार अन्तराष्ट्रिय उडान अहिले रोकिएकाले तेस्रो मुलुकबाट जिल्लावासीको उद्धार गर्ने विषयमा कुनै छलफल भएको छैन ।

१० जेठ, २०७७ । १२ः१५ बजे प्रकाशित ।

VIEWS: 1965 पटक हेरीएको
error: Content is protected !!