भारतवाट आएका दोलखाका १४ जना झापाको क्वारेन्टाईनमा, उद्धार गरिदिन स्थानीय सरकारलाई आग्रह

3 days ago/Friday, May 22nd, 2020

करुणा बस्नेत ।

दोलखा, ९ जेठ ।

भारतको दार्जलिङ जिल्लाको खर्साङबाट आएका दोलखाका १४ जना मानिसलाई झापाको क्वारेन्टाईनमा राखिएको छ ।

कोरोना भाईरसको संक्रमणका कारण लकडाउन भएपछि भारतबाट नेपाल फर्किएका दोलखाका विभिन्न स्थानका १४ जनालाई झापाको क्वारेन्टाईनमा राखिएको हो । कोरोनाको संक्रमण फैलिरहेका बेला भारतबाट मंगलबार नेपाल आइपुगेका दोलखाको विगु गाउँपालिका र गौरीशंकर गाउँपालिकाका ६/६ जना र जिरी नगरपालिकाका २ जना पुरुषलाई झापाको मेची बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैलाई एउटै क्वारेन्टाईनमा राखिएको हो । लकडाउन भएपछि खान, बस्न लगायतका समस्या भएसँगै उनीहरु मंगलबार भारतवाट ८ घण्टा हिँडेर नेपाल आएका हुन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै भारत सरकारले विगत २ महिनादेखि जारी राखेकोे लकडाउनका कारण विभिन्न समस्या झेल्नुपरेपछि नेपाल फर्किएको दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचाँगुका हेमन्त दाहालले जानकारी दिनुभयो । उनीहरु काँकडभित्ता नाका हुँदै नेपाल आएपछि झापाको स्थानीय प्रशासनले क्वारेन्टाईनमा राखेको हो ।

भारतबाट आएकाहरु १४ जना एउटै कम्पनिमा लेबरको काम गर्दै आएका थिए । उनीहरुमध्ये ५/६ जना रोजगारीका सिलसिलामा लकडाउन हुनुभन्दा केही साता अघि मात्रै भारतमा पुगेका थिए भने केही लामो समयदेखि काम गर्दै आएका थिए । तर, कोरोना माहामारीका कारण समस्या उत्पन्न भएसँगै उनीहरु नेपाल फर्किएका हुन् । दुई महिनासम्म होम क्वारेन्टाइनमा बस्दा समस्या भएपछि स्वदेश फर्किनका लागि भारत सरकार समक्ष पहल गर्दा कुनै सुनुवाई नभएका कारण हिडेरै नेपाल आईपुगेको उनीहरुको गुनासो छ । काँकडभित्ता नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा एसएसवीले ५/५ जना गरी आधा घण्टाभित्र १४ जनालाई प्रवेश गराएको थियो । उनीहरु आएपछि झापा प्रहरी र स्थानीय प्रशासनले सुरुमा चन्द्रगढि भन्ने स्थानमा क्वारेन्टाइनमा राख्न भन्दै लगेपनि सो स्थानमा धेरै मानिस भएपछि मेची बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको हो ।

भारतको दार्जलिङ जिल्लाको खर्साङबाट आएका दोलखाका १४ जना मानिसलाई झापाको क्वारेन्टाईनमा राखिएको छ । कोरोनाको संक्रमण फैलिरहेका बेला भारतबाट मंगलबार नेपाल आइपुगेका दोलखाको विगु गाउँपालिका र गौरीशंकर गाउँपालिकाका ६/६ जना र जिरी नगरपालिकाका २ जना पुरुषलाई झापाको मेची बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैलाई एउटै क्वारेन्टाईनमा राखिएको हो ।

हाल सोही क्वारेन्टाईनमा बसेका उनीहरुलाई सेनाले खाना खुवाउने व्यवस्था गरेको छ । यद्धपि खानाको समस्या नभएपनि कोरोना संक्रमित मुलुकबाट आएका मानिसहरुलाई पनि आसपासको क्वारेन्टाईनमा राखिएको हुँदा आफुहरुमा संक्रमणको खतरा रहेको उनीहरुको गुनासो छ । मापदण्ड विपरितका क्वारेन्टाईनबाट धेरै कोरोना संक्रमित फैलिरहेको अवस्थामा झापाको क्वारेन्टाइन पनि असुरक्षित हुने भन्दै आफुहरुलाई त्रास उत्पन्न भएको उनीहरुले बताएका छन् ।

भारतको खर्साङ क्षेत्रबाट आएका उनीहरुले आफु आएको क्षेत्रमा कोरोना संक्रमितहरु नभेटिएको दावी गर्दै क्वारेन्टाइनमा बस्दा अन्य स्थानबाट आएकाहरुबाट संक्रमणको त्रास बढेको भन्दै दोलखा ल्याउन स्थानीय सरकार र स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । झापाको स्थानीय प्रशासनले पनि जिल्लाले आफ्ना नागरिक लैजान चाहेमा लैजान सक्ने व्यवस्था भएको बताएको भन्दै उनीहरुले आफ्नै जिल्लामा आएर क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । उनीहरुका अनुसार भारतको खर्साङमा बस्दै आएका दोलखाका करिब ८०/९० जना मानिसहरु लकडाउनका कारण समस्यामा परेका छन् ।

९ जेठ, २०७७ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 7115 पटक हेरीएको
error: Content is protected !!