भारत सरकारको अनुदानमा हेटौंडामा अत्याधुनिक पोलिटेक्निक परियोजना सुरु

1 week ago/Tuesday, November 5th, 2019

ईदोलखा संवाददाता ।

हेटौंडा, १९ कार्तिक ।

भारत सरकारको आर्थिक सहयोगमा प्रदेश नम्बर ३ सरकारको अस्थायी राजधानी हेटौंडामा अत्याधुनिक पोलिटेक्निटक परियोजना सुरु भएको छ ।

व्यवसायीक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको नेपाल–भारत पोलिटेक्निक परियोजना भारत र नेपालको विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको ६१ करोड ६४ लाख लागत अनुदान सहयोगमा निर्माण हुने भएको हो । परियोजनाको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज औपचारिक रुपमा शुभारम्भ गर्नुभयो । कूल १९ हजार २ सय बर्गमिटर क्षेत्रफलमा निर्माण हुने पोलिटेक्निक परियोजना अन्तर्गत प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला तथा बहुउद्धेस्यीय हल, छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवन बन्ने छन् ।

भारत सरकारको अनुदान सहयोगमा अत्याधुनिक पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिक शिक्षा तथा छोटो र लामो अवधिको प्राविधिक तालिम सँचालन हुनेछ । परियोजनाको शिलान्यास गर्दैै मुख्यमन्त्री पौडेलले नेपाल–भारत पोलिटेक्निक परियोजना प्रविधि र सिप विकासमा कोसेढुँगा हुने बताउनभुयो । कार्यक्रममा बोल्दै नेपालका लागि कार्यवाहक भारतिय राजदुत डा. अजय कुमारले पोलिटेक्निक परियोजना भारत र नेपालवीच रहेको मैत्री सम्वन्धको अर्को प्रमाण भएको भन्दै व्यवसायीक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिवद्धता रहेको बताउनुभयो ।

हेटौंडामा पोलिटेक्निक परियोजना अन्तर्गत आवस्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिक शिक्षा सँचालन गरिने छ । जसवाट प्रदेश नम्बर ३ सरकार अन्तर्गतका १३ जिल्लाका छात्रछात्राहरु प्रतक्ष्य लाभान्वित हुने छन् ।

१९ कार्तिक २०७६ । ५ः०० बजे प्रकाशित

VIEWS: 705 पटक हेरीएको
error: Content is protected !!