भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा सव इन्जिनियरको मृत्यु

7 months ago/Saturday, January 11th, 2020

दोलखा, २६ पुस ।

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी नगरपालिकामा कार्यरत सव इन्जिनियरको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर १ मा कार्यरत सव इन्जिनियर ३० वर्षिय मदन थामीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । हिजो दिउँसो फिल्डमा गएका थामी काम सकेर साँझ ससुराली फर्कने क्रममा दुर्घटनामा परेको दोलखाका प्रहरी नायव निरिक्षक सई यज्ञ शाहले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिका वडा नम्बर १ क्षमावतिबाट कुर्थलीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३ को ०२–००३ प ७१३३ नम्बरको मोटरसाइकलमा सवार थामी कति बजे दुर्घटनामा परेका हुन् भन्ने एकिन जानकारी प्रहरीसँग पनि छैन ।

आज विहान १ बजे प्रहरीलाई खवर आएपछि प्रहरी घटनास्थलमा पुग्दा थामीको मृत्यु भइसकेको थियो । थामीको घर र सुसुराली सँगै भएकाले घर नगई थामी सुसुराली जान भनी हिँडेको पाइएको छ । मृतक थामीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।

२६ पुस, २०७६ । ७ः०० बजे प्रकाशित ।

VIEWS: 12540 पटक हेरीएको
error: Content is protected !!