भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई घाईते, एकको अवस्था गम्भिर

6 days ago/Tuesday, July 28th, 2020

दोलखा, १३ साउन ।

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षिय इन्द्र बहादुर बस्नेत र सोही मोटरसाइकलमा सवार भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पा क्षमावतीका २७ वर्षिय बृहस्पती थामी घाईते भएका हुन् । घाईते मध्य सुस्पा क्षमावतीका थामीको अवस्था गम्भिर रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अन्ुसार गम्भिर घाईते भएका थामीलाई सामुदायिक अस्पताल चरिकोटमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरीरहेको छ । उनको निधारमा गम्भिर चोट देखिएको छ ।

दुर्घटनामा परी घाईते भएका बस्नेतको भने सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ । आज दिउँसो भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित क्षमावतीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा ८६ प ४१३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश नम्बर ३३०२–०११ प ९२४० नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका वडा नम्बर २ को त्रिशुलडाँडा स्थित सिंगटी चरिकोट सडकखण्डमा आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

१३ साउन, २०७७ । ५ः४० बजे प्रकाशित ।

VIEWS: 2670 पटक हेरीएको
error: Content is protected !!