भीमेश्वर र कालिञ्चोकमा कोरोना संक्रमितको सम्पर्कमा गएका ४२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

3 weeks ago/Wednesday, August 26th, 2020

जिरी (दोलखा) १० भदौ ।

दोलखाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाका गरी ४२ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार भीमेश्वर नगरपालिकाबाट २५ र कालिञ्चोक गाउँपालिकाबाट १७ जनाको पिसिआर परिक्षणका लागि धुलिखेल पठाइएकोमा आज उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । भीमेश्वरमा केही दिन अघि फेला परेका संक्रमितको सम्पर्कमा रहेका र कालिञ्चोमा पनि कोरोना संक्रमितको सम्पर्कमा रहेका तथा ट्राभल हिस्ट्रीको आधारमा स्वाव संकलन गरी पठाइएका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । यसैगरी, बैतेश्वर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी लगायत गरी २० जनाको स्वाव परिक्षणका लागि पठाइएकोमा पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो ।

हिजो पनि जिल्लाबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका १ सय ८७ जनाको पिसिआर परिक्षणको लागि पठाइएको छ । उनीहरुको भने रिपोर्ट आउन बाँकी रहेको छ । हिजो गौरीशंकर गाउँपालिकाबाट १ सय ३, कालिञ्चोक गाउँपालिकाबाट ६० र भीमेश्वर नगरपालिकाबाट २४ जनाको स्वाव परिक्षणको लागि पठाइएको छ ।

१० भदौ, २०७७ । ४ः०८ बजे प्रकाशित ।

VIEWS: 1410 पटक हेरीएको
error: Content is protected !!