भीमेस्वर मन्दिरमा अनिश्चित कालकालागि पूजा बन्द, सहकारीको कारोवार पनि स्थगित

2 weeks ago/Monday, March 23rd, 2020

दोलखा, १० चैत्र ।

नेपालमा दोस्रो पटक कोरोना भाइरसको संक्रमित फेला परेपछि धमाधम दोलखाको मठमन्दीमा गरिने पुजाआजा र सहकारी सँस्थाहरुको आर्थिक कारोवार बन्द भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दोलखा स्थित प्रसिद्ध भीमेमस्वर मन्दिरमा हुने नियमित पूजा तथा मेलाहरु स्थगित भएका छन् । भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले मन्दिरमा हुने दैनिक पूजा बन्द गरेको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सतर्कता अपनाउँदै भोलिदेखि लागु हुनेगरी अर्काे सुचना नआएसम्मका लागि मन्दिर भित्र दर्शनार्थीलाई जान निषेध गरिएको समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । समितिले चैते दशै पर्वको पुजाहरु, रुद्री पूजा, लाखबत्ती बाल्ने पूजा, बली पूजा लगायत सबै पूजाहरु बन्द गरिएको जनाकारी गराएको छ ।

जिल्लाका सहकारी सँस्थाहरुले समेत कारोबार बन्द गर्न थालेका छन् । बैतेस्वर गाउँपालिकास्थित जनसचेत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दैनिक बचत सँकलन र सँस्थाको मुख्य काउन्टरमा सँचालनमा ल्याएको विहानी र सन्ध्याकालिन काउन्टरको सेवा आजदेखि बन्द गरेको छ । दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले पनि अत्यावश्यक कारोबार बाहेक संस्थाबाट प्रवाह हुने गतिविधिहरु स्थगित गरेको छ । 

यसैगरी, जिल्लाका सहकारी सँस्थाहरुले समेत कारोबार बन्द गर्न थालेका छन् । बैतेस्वर गाउँपालिकास्थित जनसचेत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दैनिक बचत सँकलन र सँस्थाको मुख्य काउन्टरमा सँचालनमा ल्याएको विहानी र सन्ध्याकालिन काउन्टरको सेवा आजदेखि बन्द गरेको छ । सँस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालका अनुसार जनसचेतनमा आजदेखि चैत्र २१ गतेसम्मका लागि विहानी तथा सन्ध्याकालिन काउन्टर र अर्को निर्णय नभएसम्मका लागि दैनिक बचत सँकलन बन्द गरिएको हो । जनसचेतनले बचत जमानतको ऋण वाहेकका अन्य सवै प्रकारका ऋण लगानी पनि अर्को निर्णय नभए सम्मका लागि बन्द गरेको छ ।

यस्तै, दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले पनि अत्यावश्यक कारोबार बाहेक संस्थाबाट प्रवाह हुने गतिविधिहरु स्थगित गरेको छ । कोरोना भाइरसको सँक्रमण हुन नदिन सचेतना अपाउने भन्दै हाम्रो जनकल्याणले आजबाट चैत्र २१ गतेसम्म अत्यावश्यक कारोबार बाहेक अन्य कारोवार नगर्ने भएको हो । सो सँस्थाले दैनिक बचत संकलन पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

१० चैत्र, २०७६ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 2220 पटक हेरीएको
error: Content is protected !!