भूकम्पको विनाशका वीच रेडियो पत्रकारिता

1 year ago/Wednesday, April 25th, 2018

सिर्जना थापा (खड्का) ।

बिनाशकारी भूकम्प गएको आज तिन बर्ष पूरा भएको छ । एकपटक हाम्रो जीवनलाई तहसनहस पारेको त्यो दिन (२०७२ साल बैशाख १२, १३ र २९) गतेको पल सबै नेपालीको लागि कालो दिनको रुपमा उदय भयो । कसैले आफन्त गुमाउनु प¥यो, कोही घाईते भई अङ्गभङ्ग भएर रहनु प¥यो । अझै पनि हाम्रो पीडामा मल्हम लाग्न सकेको छैन । आज पनि टहराको छानामुनि दिनरात कटाईरहनु पर्ने बाध्यता छ । गोली लागेको घाउ पनि निको भैसक्ने अवस्थामा भूकम्पले दिएको घाउ भने अझै निको हुन सकेन ।

बैशाख १२ गतेको बिनाशकारी भूकम्प जाँदा मेरा सहकर्मी साथीहरु दिउँसो १२ बजेको समाचार बुलेटिन तयार पार्दै थिए । भूकम्पको धक्काले सबैजना आत्तिएर रेडियोबाट बाहिर निस्किए । बाहिर निस्किदा ठूलठूला भवनहरु भत्किएर जताततै धुलाम्मे थियो । मानिसको चिच्याहट र कोलाहल बाहेक केहि सुनिन्थ्यो । जमिन निरन्तर हल्लिएका कारण खुल्ला चौरमा बसेर टुलुटुलु हेरिरहनु बाहेक हामीसँग अरु बिकल्प थिएन । रेडियोको परिवार त खुल्ला चौरमा निस्किएर ज्यान जोगाउन सफल भयौंं । परिवारका सदस्य र आफन्तजनको खवर पाउन नसक्दा मनमा ठूलो पीडा थियो । त्यो पल यति अत्यासलाग्दो थियो कि, रेडियो भवन भित्र गएर काम गर्न कसैले हिम्मत गर्न सकेनौँ । रेडियोको भवन भिरालो ठाउँमा भएका कारण हामीले त्यो हिम्मत गर्नु पनि मुर्खता हुने थियो ।

भूकम्प जाँदा मेरा सहकर्मी साथीहरु दिउँसो १२ बजेको समाचार बुलेटिन तयार पार्दै थिए । भूकम्पको धक्काले सबैजना आत्तिएर रेडियोबाट बाहिर निस्किए । बाहिर निस्किदा ठूलठूला भवनहरु भत्किएर जताततै धुलाम्मे थियो । मानिसको चिच्याहट र कोलाहल बाहेक केहि सुनिन्थ्यो । जमिन निरन्तर हल्लिएका कारण खुल्ला चौरमा बसेर टुलुटुलु हेरिरहनु बाहेक हामीसँग अरु बिकल्प थिएन ।

पराकम्पनहरु जाने क्रम जारी नै थियो । जताजतै घाईते भएको, आफन्त गुमाएको घरवार विहिन हुनुपरेको बाहेक केही कुरा सुनिदैनथ्यो । तर सदरमुकामको मात्रै, त्यो पनि हल्लाको कुरा मात्रै । टेलिफोन सम्पर्क विच्छेद भएकाले सदरमुकाम बाहिरको कुरा थाहा पाउन त असम्भव जस्तै थियो । रेडियो, टेलिभिजन पनि बन्द भएकाले सबै जना आफ्नै आसपासमै घुमिरहेका थियौँ । वाहिरको कुरा थाहा पाउन मुस्किल थियो । साँच्चै सुचना र प्रबिधिले विश्वलाई कति नजिक ल्याईदिएको रहेछ, त्यो दिन महसुस भएको थियो । दुबै आँखा देखेपनि आँखा बन्द भएझैँ लागिरहेको थियो ।

दोलखा सदरमुकाम चरिकोटकै घटना अर्थात् मेरो मामाको छोरा, मेरो भाई गुमाएको कुरा पनि मैले बेलुकी मात्रै थाहा पाएको थिए । सुचना र सञ्चारको अझ बढी महत्व हामी सबैले भुकम्पको बेला नै बुझेका थियौँ होला सायद । बैशाख १३ गते पनि भूकम्प गएका कारण हामीले त्यो दिन पनि रेडियो चलाउन सकेनाँै । दोलखा र आसपासका सवै सँचार माध्यम बन्द हुँदा ठूलो अन्यौलता र सूचना विहिनताको अवस्था थियो । बैशाख १४ गते बिहान हाम्रो रेडियो अगाडिको होटलमा रेडियो नेपालको समाचार सुन्नका लागि मान्छेको भिँड देख्दा पहिलोपटक मैले रेडियोको महत्वलाई बुझेको थिएँ । टेलिभिजनबाट समाचार हेर्न सम्भव थिएन । घरमा बस्न सबै डराउने । सबैजना बाहिर चौरमा, त्रिपालमा ।
हाम्रो स्टेशन मेनेजर र निर्देशकज्युले निकै हिम्मत दिनुभयो हामी रेडियोकर्मिहरुलाई । सञ्चारकर्मीले कहिलेकाहीँ आफु र आफ्नो वारेमा भन्दा पनि सबैको वारेमा सोच्नुपर्दो रहेछ । त्यहि कारण हामीले बैशाख १५ गतेबाट रेडियो चलाउने निर्णय ग¥र्यौ ।

दोलखा र आसपासका सवै सँचार माध्यम बन्द हुँदा ठूलो अन्यौलता र सूचना विहिनताको अवस्था थियो । भूकम्पका पराकम्पहरु आउने क्रम जारी थियो । रेडियोको स्टुडियोमा रहँदा भूकम्प आईहालेमा बााहिर निस्कन हामीले पाँच ओटा ढोकाहरु पार गर्नु पर्नेहुन्थ्यो । त्यसकारण भूकम्प आए बाहिर निस्कन निकै मुस्किल थियो । तर, यी कुराहरुलाई हामीले खासै ख्याल राखेनौं । स्टुडियोमा कार्यक्रम चलाउँदै गर्दा पटक–पटक मुटु हल्लाउने गरी आउने पराकम्पनमा पनि माईक्रो फोन छाडेनौं ।

सुरुमा रेडियो भवनमा जाँदा धेरै डर लागेको थियो । भवनको पहिलो तलामा रहेको स्टेशनमा जान भ¥याङ उक्लने सम्म हिम्मत थिएन । भित्र गएर जब मैले लाईभ प्रोग्राम चलाए । प्रोग्राम सुरु गरिसेपछि भूकम्पको डर कत्ति पनि थिएन । मेरो मामाको छोरा अर्थात् मेरो भाई (जसलाई मैले तिहारमा भाईटीका लगाउँथे) उसलाई गुमाएको त्यो पिडा हाम्रो परिवारका लागि कम थिएन । कतिले परिवारका आफ्ना सदस्य गुमाएको, कति अंगभंग भएको, यी र यस्ता कुराले मेरो मन र मस्तिष्कमा एक किसिमको उर्जा मिलेझैँ भयो । जव आफ्नो काँधमा जिम्मेवारी आउँदो रहेछ त्यो समयमा आफ्नो कर्तव्य पुरा गर्नुपर्ने कुरा मात्र मन र मस्तिष्कमा आउँदो रहेछ । भूकम्पका पराकम्पनहरु आउने क्रम जारी थियो । रेडियोको स्टुडियोमा रहँदा भूकम्प आईहालेमा बााहिर निस्कन हामीले पाँच ओटा ढोकाहरु पार गर्नु पर्नेहुन्थ्यो । त्यसकारण भूकम्प आए बाहिर निस्कन निकै मुस्किल थियो । तर, यी कुराहरुलाई हामीले खासै ख्याल राखेनौं । पराकम्पन आउने क्रम जारी रहे पनि हामीमा आफ्नो कर्तव्य पुरा गर्नुपर्ने दायित्व थियो । त्यहि भएर आफ्नो जीवन जोखिममै राखेर भएपनि हामीले श्रोतालाई विनाशकारी भुकम्पले पु¥याएको क्षेति, खोज, उद्धार र राहतका बारेमा जानकारी दिईरह¥यौं । स्टुडियोमा कार्यक्रम चलाउँदै गर्दा पटक–पटक मुटु हल्लाउने गरी आउने पराकम्पनमा पनि माईक्रो फोन छाडेनौं ।

बैशाख २९ गतेको भुकम्पले फेरि अर्को तरङ्ग ल्याईदियो । दिउँसो १ बजेको समाचार बुलेटिनको तयारीमा थियौँ हामी । फेरी भुकम्प गयो, पहिला भन्दा अझ बढी धक्का महसुस भएको थियो । भुकम्पले निकै हल्लायो । रेडियोको भवन तलतिर खसेझैँ हुन्थ्यो । बल्ल सबै बाहिर निस्कियौँ र ज्यान बचायौं । दोलखाको सुनखानी केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण हामीले धेरै नै क्षति व्यहोर्नुपरयोे । भौतिक क्षति र मानवीय क्षति पनि । २९ गतेको रात एउटा चौरमै गुजारयौँ । एउटा सानो त्रिपालमा सवै रेडियोकर्मी र परिवारका सदस्यहरु गुजुल्टिएर रात काट्यौं । रेडियोको भवन नढले पनि चर्किएको थियो । धेरै उपकरणहरु ध्वस्त थिए । भोलीपल्ट बिहानैबाट रेडियो बाहिर चौरबाटै चलाउने निधो गरयौँ । त्यो खुल्ला चौर स्थानीय तामाङ समुदायको चिहान क्षेत्र थियो ।

फेरी भुकम्प गयो, पहिला भन्दा अझ बढी धक्का महसुस भएको थियो । भुकम्पले निकै हल्लायो । रेडियोको भवन तलतिर खसेझैँ हुन्थ्यो । बल्ल सबै बाहिर निस्कियौँ र ज्यान बचायौं ।एउटा सानो त्रिपालमा सवै रेडियोकर्मी र परिवारका सदस्यहरु गुजुल्टिएर रात काट्यौं । रेडियोको भवन नढले पनि चर्किएको थियो । धेरै उपकरणहरु ध्वस्त थिए ।

बचेखुचेका रेडियोको सबै सामाग्रि बाहिर ल्याएर हामीले रेडियो बाहिरबाटै चलायौँ । हामीसँग केही थिएन । हामीसँग थियो त केबल छतको नाममा खुल्ला आकाश र रेडियो चलाउन चाहिने केही अत्यावश्यक सामाग्रि मात्रै । किनकि भूकम्पका कारण हाम्रा धेरै उपकरणमा क्षति पुगेको थियो । खुल्ला आकाशमा गर्मि, हावाहुरीले हामीलाई रोकेन । निरन्तर लागिपरयौँ । हाम्रो लाईभ सुरु हुनासाथ फोन आउन थाले । हामीले हाम्रा मोवाईल नम्बरहरु पनि टिपायौँ । त्यही नम्बरमा गुनासाहरु टिप्दै घाईते र वेपत्ताहरुको उद्धार कार्यमा जुट्यौँ । स्थानीय प्रशासनसँग पनि सम्पर्कमा रह्यौँ । स्थानीय प्रशासनलाई समेत घाईते र वेपत्ताको अवस्था जानकारी गराउने काम हामीले गरयौँ ।

कतिपय स्थानमा रेडियोबाटै यसरी यो स्थानमा हेलिकोप्टर आउँदै छ । बाटोमा आगो बाल्ने वा देखिने गरी केही कपडाहरु झुण्ड्याएर घाईतेहरु रहेको स्थानको सँकेत गरी जानकारी गराउन आग्रह गर्यौँ । जिल्लामा रहेका स्थानीय प्रशासन, नेपाली सेना र प्रहरी प्रमुखको सहयोगमा हामीले धेरै घाईते र वेपत्ताको उद्धार गर्न सफल भएका थियौँ । स्थानीय प्रशासनको समन्वयमा हामीले कुन–कुन स्थानमा हेलिकोप्टर आउँदै छ । कहाँ–कहाँ राहत बाँडिदै छ, सम्मका सुचना सम्प्रेषण गरेका थियौँ । भुकम्पले जिल्लामा क्षति पुरयाएको अवस्थादेखि मृतकको संख्या, घाईतेको अवस्थावारे जिल्लाको तत्कालिन परिस्थितीको वारेमा जानकारी गराउने हाम्रो रेडियो पहिलो थियो ।

मेरो भाई गुमाएको कुरा पनि मैले बेलुकी मात्रै थाहा पाएको थिए । उसलाई गुमाएको त्यो पिडा हाम्रो परिवारका लागि कम थिएन । तर, विनाशकारी भुकम्पका बेला आफ्नो जीवन नैं जोखिममा राखेर रेडियोका माध्यमवाट घाईतेको खोज, उद्धार, राहत लगायतमा प्रतक्ष्य योगदान गर्न पाउँदा सुखद अनुभूति भएको छ ।

दोलखामा हाम्रो रेडियो स्थापना भए यता निरन्तर ११ बर्षदेखि म कार्यरत छु । यो अवधिमा धेरै समाचार वाचन गरियो, धेरै कार्यक्रम उत्पादन गरेर प्रसारण गरियो । तर, विनाशकारी भुकम्पका बेला आफ्नो जीवन नैं जोखिममा राखेर रेडियोका माध्यमवाट घाईतेको खोज, उद्धार, राहत लगायतमा प्रतक्ष्य योगदान गर्न पाउँदा सुखद अनुभूति भएको छ । सायद भुकम्पका बेला जोखिम मोलेर श्रोतालाई सूचना पुरयाएका कारण होला । हरेक कार्यक्रममा हाम्रो रेडियोको प्रशँसा हुने गरेको छ । हुनत भुकम्पले हामी रेडियोकर्मीको पनि घर भत्काएको थियो ।
मेरा सवै सहकर्मीका परिवार घरविहिन भएका थिए । मैंले आफन्त गुमाएकी थिए । तर, पनि हामी सामुदायीक रेडियोकर्मीहरु थियौं । हाम्रा पीडा र समस्यालाई थाँति राखेर आम नागरिकलाई सूचना दिनु थियो । त्यहि भूमिका निर्वाह गर्न पाएकोमा अहिले पनि गर्वको अनुभूति भइरहेको छ ।

(लेखक दोलखा स्थित हाम्रो सामुदायीक रेडियोको समाचार प्रमुख हुन्)

१२ बैशाख २०७५ । १२ः५१ बजे प्रकाशित

VIEWS: 2705 पटक हेरीएको
error: Content is protected !!