भूकम्पले क्षेतिग्रस्त सहिद स्मृति मावि जिरीको भवन रेट्रोफिटिङ हुने

1 week ago/Monday, February 22nd, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), १० फागुन ।

दोलखाको जिरीस्थित सहिद र वालवालिका अध्ययन गर्ने विद्यालय सहिद स्मृति माविको भूकम्पले क्षति पु¥याएको भवन ५ वर्षपछि रेट्रोफिटिङ हुने भएको छ ।

जिरी नगरपालिका ६ मा रहेको सहिद स्मृति माविमा विनाशकारी भूकम्पपछि हालसम्म जिर्ण भवनमै अध्ययन अध्यापन हुँदै आएकोमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलव्ध गराएको बजेटमा यो वर्ष भवन रेट्रोफिटिङ हुने भएको हो । सामाजिक विकास मन्त्रालयका तत्कालीन मन्त्री युवराज दुलाल र प्रदेशसभा सांसद विशाल खड्काको पहलमा चालु आर्थिक वर्ष एक करोड बजेट विनियोजन भएसँगै सहिद स्मृतिको जिर्ण भवन रेट्रोफिटिङ गर्न लागिएको हो । विद्यालयले जिल्लादेखि प्रदेशका मुख्यमन्त्रीलाई समेत जिर्ण भवन मर्मतका लागि बजेट माग गरेपनि सुनुवाई हुन सकेको थिएन । भूकम्पका कारण विद्यालयको संरचना जिर्ण भएपछि अशुरक्षित रहेको पहिचान गरी रातो स्टिकर समेत टाँसिएको विद्यालय भवनको रेट्रोफिटिङको काम सार्वजनिक निर्माण कार्यन्वयन ईकाई धुलिखेलले गर्नेछ ।
सोही अनुसार गत माघ २६ गते सार्वजनिक निर्माण कार्यन्वयन ईकाई धुलिखेलले ९१ लाख बराबरको बोलपत्र आव्हान गरेको छ । माघ २६ गतेदेखि फागुन २६ सम्म गरी एक महिनाको ठेक्काप्रक्रिया रहेको र मुल्यांकन तथा छनौट पछि सम्झौता गरी रेट्रोफिटिङको काम सुरु हुने सार्वजनिक निर्माण कार्यन्वयन ईकाई धुलिखेलका इन्जिनियर राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पले सहिद स्मृति माविको भवनमा क्षेति गरेपछि जिरी नगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) र सहिद स्मृति मावि स्वयमले रेट्रोफिटिङका लागि डिपिआर तयार गरेको थियो । सोही अनुसार विनियोजित रकमबाट चिरिएको भवनको संरचना र फाउण्डेशनमा रेट्रोफिट गर्ने तथा झ्यालढोका मर्मत र हेवि स्ट्रक्चरहरुलाई निकालेर हल्का रेलिङहरु राख्ने लगायतको काम हुने इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका तत्कालीन मन्त्री युवराज दुलाल र प्रदेशसभा सांसद विशाल खड्काको पहलमा चालु आर्थिक वर्ष एक करोड बजेट विनियोजन भएसँगै सहिद स्मृतिको जिर्ण भवन रेट्रोफिटिङ गर्न लागिएको हो । विद्यालयले जिल्लादेखि प्रदेशका मुख्यमन्त्रीलाई समेत जिर्ण भवन मर्मतका लागि बजेट माग गरेपनि सुनुवाई हुन सकेको थिएन । भूकम्पका कारण विद्यालयको संरचना जिर्ण भएपछि अशुरक्षित रहेको पहिचान गरी रातो स्टिकर समेत टाँसिएको विद्यालय भवनको रेट्रोफिटिङको काम सार्वजनिक निर्माण कार्यन्वयन ईकाई धुलिखेलले गर्नेछ । सोही अनुसार गत माघ २६ गते सार्वजनिक निर्माण कार्यन्वयन ईकाई धुलिखेलले ९१ लाख बराबरको बोलपत्र आव्हान गरेको छ ।

सार्वजनिक कार्यान्वयन इकाई धुलिखेलका अनुसार सहिद स्मृति माविको क्षेतिग्रस्त भवनको रेट्रोफिटङको काम सुरु भएको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जोखिम मोलेर पठनपाठन भईरहेको १५ कोठाको शैक्षिक भवनको रेट्रोफिटिङ भएसँगै विद्यार्थी र शिक्षकले भय र त्रासरहित वातावरणमा अध्ययन अध्ययापन गर्न पाउने छन् । बिद्यालय भवनको रेट्रोफिटिङ पछि भयमुक्त वातावरणमा बिद्यालय चलाउन सहयोग पुग्ने प्रधानाध्यापक हिराराज दाहालले बताउनुभयो । यसअघि द्धन्द्ध पिडित शिक्षा कार्यक्रम अन्तर्गत २ करोड ३० लाखको लागतमा अघिल्लो आर्थिक बर्ष ६ कोठाको प्रशासनिक र ५ कोठाको भान्सा घर निर्माण गरिएको छ । नेपाल सरकारको पूर्ण अनुदानमा द्धन्द्धपिडित शिक्षा कार्यक्रम अन्तर्गत २०६६ सालमा जिरी ६ स्थित बुलडाँडामा स्थापना भएको सहिद स्मृति माविमा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । शहिद स्मृति आवासीय माविले जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारका बालबालिका र बुबाआमा गुमाएका अभिभाविक विहिन वालवालिकालाई शिक्षा प्रदान गर्दै आएको छ ।

साथै, यो विद्यालयमा २०७२ सालको विनाशकारी भूकम्पमा परि बाबुआमा गुमाएका, लोपोन्मुख, अति सिमान्तकृत, दलित, विपन्न पारिवारका बालबालिकाहरुलाई आवासीय सुविधा सहित निशुल्क अध्ययन गर्दै आएका छन् । हाल सहिद स्मृतिमा २ सय ९२ जना विद्यार्थी, १७ जना शिक्षक र ९ जना सहयोगी रहेका छन् ।

१० फागुन, २०७७ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 1710 पटक हेरीएको
error: Content is protected !!