भूकम्प, सडक र लकडाउनले जिरीको पर्यटन व्यवसाय चौपट

4 weeks ago/Thursday, April 30th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), १८ बैशाख ।

लकडाउनका कारण पर्यटकीय नगरी जिरीको पर्यटन व्यवसायी चौपट भएको छ ।

२०७२ सालको विनाशकारी भुकम्प र लामोसाँघु जिरी सडक मर्मतका कारण जिरीमा आशातित पर्यटकहरु नपुगिरहेको बेला लकडाउनमा झनै पर्यटन व्यवसाय चौपट हुन पुगेको हो । विश्वभर माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले देशलाई चैत ११ गतेदेखि लकडाउन गरेपछि ठूला–ठूला लगानीका होटल व्यवसायिहरु संकटमा परेका छन् भने बैंकबाट ऋण गरी खोलिएको होटल व्यवसायिले बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । जिरीमा पर्यटकहरुलाई मोहित बनाउने भ्यु टावर, पार्कहरु, चेर्दुङ डाँडा, हलेसी, जिरेश्वरी, रामबोले मन्दिर तथा अन्य रमणीय ठाउँहरु र खाना बस्नको लागि राम्रो व्यवस्था सहितको होटलहरु भएपनि मुलुकमा त्रास फैलेसँगै पर्यटकीय सिजनमा लकडाउन हुँदा समस्या भएको होटल व्यवसायिहरुको गुनासो छ ।

जिरीमा पर्यटकहरुका लागि ठूला साना गरी करिब ३५ होटल तथा लजहरु छन् भने ती मध्ये २० वटा सुविधा सम्पन्न एटेज लज भएका होटलहरु रहेका छन् । जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले लकडाउनका कारण पर्यटन व्यवसायमा अहिलेलाई मात्रै नभएर व्यवसायिको आगामी दिनलाई समेत असर पुग्नेगरी धेरै क्षति पुगेको बताउनुभयो ।

जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले लकडाउनका कारण पर्यटन व्यवसायमा अहिलेलाई मात्रै नभएर व्यवसायिको आगामी दिनलाई समेत असर पुग्नेगरी धेरै क्षति पुगेको बताउनुभयो । होटल व्यवसायि संघ जिरीका अध्यक्ष बसन्त प्रधान श्रेष्ठले पनि लकडाउन पछि व्यवसाय ठप्प भएपछि विशेषगरी घर भाडामा लिई होटल लजहरु सञ्चालन गर्दै आएका व्यवसायिहरु मारमा परेको बताउनुभयो । जिरीमा पर्यटकहरुका लागि ठूला साना गरी करिब ३५ होटल तथा लजहरु छन् भने ती मध्ये २० वटा सुविधा सम्पन्न एटेज लज भएका होटलहरु रहेका छन् ।

होटल व्यवसायि संघ जिरीका अध्यक्ष बसन्त प्रधान श्रेष्ठले पनि लकडाउन पछि व्यवसाय ठप्प भएपछि विशेषगरी घर भाडामा लिई होटल लजहरु सञ्चालन गर्दै आएका व्यवसायिहरु मारमा परेको बताउनुभयो । आगमी दिनको भविश्य हेरेर ऋण गरी होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायिहरुले बैंकको किस्ता समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि भविश्यमा पनि यसको आर्थिक भार रहिरहनेछ । जिरी नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्ये एकको रुपमा चिनिने भएपनि यसअघिनै विनाशकारी भुकम्प र राजधानी देखि जिरी आउने सडकको दुरावस्थाका कारण पर्यटक नगन्य मात्रमा आउने गर्दथे । विनाशकारी भुकम्पका कारण भौतिक संरचनाहरु पुर्ण रुपमा ध्वस्त भएका थिए ।

तर, भुकम्प गएको पाँच वर्ष पूरा भइसक्दा अहिले जिरीको लिंकन बजार र ढुंगे बजारका घरहरु पुर्णरुपमा निर्माण सम्पन्न भएका छन् भने सुविधा सम्पन्न होटलहरु निर्माण भएका छन् । सरगरमाथाको प्रवेशद्धारको रुपमा चिनिने जिरीमा करिब ८/१० वर्ष अघि पर्यटकले होटल लजहरु खचाखज हुने भएपनि पछिल्लो समय आइपरेको विपत्तिका कारण अहिले जिरी सुनसान भएको छ ।

१८ बैशाख, २०७७ । ९ः१० बजे प्रकाशित ।

VIEWS: 2335 पटक हेरीएको
error: Content is protected !!