रामेछापको शिवालयमा बनेको ‘रेडपाण्डा पार्क’ भ्रमण वर्षमा पनि सञ्चालनमा आएन

6 months ago/Monday, January 20th, 2020

सिर्जना गोले ।

दोलखा, ६ माघ ।

गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय चरिकोट दोलखाले रामेछापको गोकुलगँगा गाउँपालिका वडा नम्बर १ चुचुरेको शिवालयमा निर्माण गरेको रेडपाण्डा पार्क पर्यटन वर्ष २०२० सुरु हुँदा पनि सञ्चालनमा आउन सकेको छैन ।

गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय चरिकोट दोलखाको आर्थिक सहयोगमा चुचुरे संरक्षण क्षेत्र व्यवस्थापन समिति मार्फत पार्क निर्माण सुरु गरेको तिन आर्थिक बर्ष पूरा भएपनि बाँकी सँरचना पूरा गरेर पार्क सञ्चालनमा आउन नसकेको हो । समितिले रेडपाण्डा पार्कको निर्माण कार्य आर्थिक वर्ष २०७४/७५ को कार्यक्रमबाट सुरु गरेको थियो । गोकुलगंगाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको शिवालयमा ११ लाखको लागतमा करिब ३ रोपनी सरकारी जग्गामा रेड पाण्डा पार्क बनाइएको छ । पार्कमा रेड पाण्डाको मूर्ति राखेर फलामे घेरावार र तारवार गरिए पनि अन्य सँरचना बन्न सकेको छैन । खिम्ति खोला किनारमा निर्माणाधिन पार्कको मुख्य प्रवेश द्धारमा ताला लगाइएको छ भने अन्य सँरचना कहिले सम्पन्न भएर पार्क सञ्चालनमा आउने भन्ने टुँगो लागेको छैन ।

सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको शिवालय बजारमा रेड पाण्डा पार्क सञ्चालनमा आए भ्रमण बर्षमा त्याहाँ पुग्ने विदेशी पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य थपिने र आन्तरिक पर्यटकलाई मन्थली र जिरीवाट शिवालय सम्म तान्न सकिने स्थानीयको अपेक्षा छ । पार्कको विषयमा स्थानीय पर्यटन व्यवसायिहरुले समेत व्यवस्थित बनाउन गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई आग्रह गरेका छन् भने अहिलेसम्म व्यवस्थित बनाउन नसकि अलपत्र अबस्थामा रहेकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।

पार्कमा रेड पाण्डाको मूर्ति राखेर फलामे घेरावार र तारवार गरिए पनि अन्य सँरचना बन्न सकेको छैन । खिम्ति खोला किनारमा निर्माणाधिन पार्कको मुख्य प्रवेश द्धारमा ताला लगाइएको छ भने अन्य सँरचना कहिले सम्पन्न भएर पार्क सञ्चालनमा आउने भन्ने टुँगो लागेको छैन ।रेड पाण्डा पार्कलाई रमणीय पार्कको रुपमा विकास गर्नका लागि चुचुरे संरक्षण व्यस्थापन समितिको स्विकृत कार्यक्रम अन्तर्गत यो वर्ष पनि बजेट परेको छैन ।

रेड पाण्डा पार्कलाई रमणीय पार्कको रुपमा विकास गर्नका लागि चुचुरे संरक्षण व्यस्थापन समितिको स्विकृत कार्यक्रम अन्तर्गत यो वर्ष पनि बजेट परेको छैन । यद्धपी संरक्षण क्षेत्र आयोजनासँग बजेट माग गरी पर्यटन वर्ष २०२० भित्रै थप संरचनाहरु बनाई पार्कलाई भ्रमणको लागि खुल्ला गरिने जिक्यापको इलाका संरक्षण कार्यालय शिवालयका इन्चार्ज राजेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष २०२० भित्रै पार्कभित्र पर्यटक बस्नका लागि ४ वटा गोलघर बनाउने योजना छ भने विस्तारै पार्कसँगै जोडिएको खिम्ति खोला किनारमा फिसिङ सेन्टर पनि बन्ने छ । पार्कसँग तटबन्धनको २ सय मिटरमा पर्यटक बस्ने ठाउँ र सोही आसपास गोकुलगंगा गाउँपालिकालाई एउटा सार्वजनिक शौचालय निर्माण गरिदिन आग्रह गरेको इन्चार्ज यादवले बताउनुभयो ।

रेडपाण्डा पार्कको विषयमा थप कुरा बुझ्न खोज्दा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले भने स–साना कुरा आफुसँग नसोध्न भन्नुभयो । भ्रमण वर्ष सुरु भइसकेको सन्दर्भमा रेडपाण्डा पार्कलाई व्यवस्थित बनाउन के योजना छ ? भन्ने हाम्रो प्रश्नमा आयोजना प्रमुखले यस्तो जवाफ दिनुभएको हो । गोकुलगंगा गाउँपालिकाले पर्यटकीय क्षेत्र शिवालयलाई भ्रमण बर्षको ‘ट्रान्जिट प्वाईन्ट’ घोषणा गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । मन्थली र जिरीवाट गोकुलगँगाको ठोसे हुँदै सगरमाथा आधार शिविर र खुम्वु क्षेत्र भ्रमणमा जाने पर्यटकलाई शिवालयमा एक रात बस्ने र रमाउने व्यवस्था सहित ‘ट्रान्जिट प्वाईन्ट’ बनाउने गाउँपालिकाको योजना छ ।

रामेछापको साविक चुचुरे गाविसको गर्जाङमा २०६९ साल चैत्र २० गते घाईते रेड पाण्डा फेला परेपछि सो क्षेत्रमा पार्क निर्माण सुरु गरिएको थियो ।

६ माघ, २०७६ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 3435 पटक हेरीएको
error: Content is protected !!