मन्त्री गुरुङद्धारा दोलखाको लापिलाङस्थित पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण

1 month ago/Friday, September 18th, 2020

दोलखा, २ असोज ।

संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको लापिलाङस्थित पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्नुभएको छ ।

मन्त्री गुरुङले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरि प्रभावितहरुलाई राहत वितरण गर्नुभएको हो । उहाँले पहिरो पीडित २ सय ६४ जनालाई त्रिपाल, खाद्यान्न लगाएतको राहत सामाग्री वितरण गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो । मन्त्री गुरुङले पहिरो प्रभावित क्षेत्रको निरिक्षणका साथै पिडित परिवारलाई भेटेर राहत वितरण गर्नुभएको हो । पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्दै मन्त्री गुरुङले कालिञ्चोकका पहिरो पिडित परिवारलाई सुरक्षीत स्थानमा स्थानान्तरण गर्ने र एकीकृत वस्ति निर्माण गर्न पहल गर्ने बताउनुभयो । स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले कालिञ्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङका २४ घर पुर्ण रुपमा क्षतिग्रस्त, सय घर विस्थापित र २ सय ४७ परिवार प्रभावित भएको पाईएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरि प्रभावितहरुलाई राहत वितरण गर्नुभएको हो । स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले कालिञ्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङका २४ घर पुर्ण रुपमा क्षतिग्रस्त, सय घर विस्थापित र २ सय ४७ परिवार प्रभावित भएको पाईएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङसँगै पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौँलागाई, प्रदेश सांसद हिमाली गोले, नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, पूर्व जिविस उपसभापति शिव भण्डारी, दोलखाका प्रहरी प्रमुख, डिएसपी रेवतिरमण पोखरेल, पत्रकार लगायतको टोली प्रभावित क्षेत्र पुगेको थियो । मन्त्री गुरुङ राजधानीबाट स्थलमार्गहुँदै दोलखा आएर कालिञ्चोक गाउँपालिकाको पहिरो प्रभावित क्षेत्र पुग्नुभएको हो ।

मन्त्री गुरुङले यसअघि गत साउनमा पनि गृहगाउँपालिका गौरीशंकर गाउँपालिकाको खारे र सुरीको पहिरोस्थलको स्थलगत निरिक्षण गर्नुका साथै पीडित परिवारलाई भेटेर आर्थिक सहयोग गर्नुभएको थियो ।

VIEWS: 2100 पटक हेरीएको
error: Content is protected !!