मलेसियामा भएको चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा जिरीका खेलाडीहरुलाई स्वर्ण पदक

3 months ago/Saturday, August 3rd, 2019

जिरी (दोलखा), साउन १८ ।

मलेसियामा भएको चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी दोलखाको जिरी नगरपालिकास्थित जिरी तेक्वान्दो डोजाङका खेलाडीहरुले गोल्ड मेडल र सिल्भर मेडल प्राप्त गरेका छन् ।

मलेसियामा भएको चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी जिरी तेक्वान्दो डोजाङका खेलाडीहरु रिमा खत्रीले गोल्ड मेडल र हिमकला जिरेलले सिल्भर मेडल प्राप्त गरेका हुन् । यही साउन १६ गते टिम कोच पासाङ शेर्पा र टिम म्यानेजर केशव कुमार कार्की सहित उनीहरु सो प्रतियोगितामा सहभागी हुन मलेसिया गएका थिए ।

१८ साउन, २०७६ । ४ः१५ बजे प्रकाशित

VIEWS: 8555 पटक हेरीएको
error: Content is protected !!