महिला तथा वालवालिका मन्त्री गुरुङ चार दिन देखि गृह जिल्ला दोलखामा सम्मान ग्रहणमै व्यस्त

2 weeks ago/Saturday, November 30th, 2019

ईदोलखा सँवाददाता ।

दोलखा, १४ मंसिर ।

सँघीय सरकारका नवनियुक्त महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ चार दिनदेखि गृह जिल्लामा दोलखामा स्वागत र सम्मानमा व्यस्त रहेका छन् ।

मन्त्रिमा नियुक्त भएपछि पहिलो पटक बुधवार दोलखा आएका मन्त्री गुरुङ जिल्लाभर पुगेर सम्मान ग्रहण गर्नुका साथै राजनीतिक दलका नेता, कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद दिएका छन् । सनिवार मन्त्री गुरुङको गृह गाउँ गौरीशंकर गाउँपालिकाको गुरुम्फिमा सभाको आयोजना गरेर सम्मान गरिएको छ । गौरीशंकर गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी गौरीशंकर गाउँ सँगठन समितिले सँयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले दोलखाली जनताले दिएको मतको उच्च सम्मान गर्दै आफुले इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । मन्त्री गुरुङले दोलखाको विकास र समृद्धिमा आफू निरन्तर लागिपरेको भन्दै मन्त्रीको जिम्मेवारी पछि बाँकी काम पुरा गरेर दोलखालाई समृद्ध जिल्लाको रुपमा अघि बढाउने धारणा राख्नुभयो ।

मन्त्री गुरुङको स्वागतमा सुरीको गुरुम्फिमा सभाकै आयोजना गरिएको हो । स्वागतका लागि गौरीशंकर बिगु गाउँपालिकावाट गाउँगाउँदेखि नागरिकहरु कार्यक्रममा सहभागि भएका थिए । गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयँवहादुर खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रदेश सभाका साँसद सरस्वती बस्ने, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी, जिरी नगरपालिकाका नगर प्रमुख टँक जिरेल, तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठ, प्रेस संगठन नेपालका केन्द्रिय सह सँयोजक गणेश बस्नेत, नेकपा गौरीशंकर सँगठन समितिका अध्यक्ष जँगवहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्त्री गुरुङको स्वागतमा सुरीको गुरुम्फिमा सभाकै आयोजना गरिएको हो । स्वागतका लागि गौरीशंकर बिगु गाउँपालिकावाट गाउँगाउँदेखि नागरिकहरु कार्यक्रममा सहभागि भएका थिए । जिल्ला सदरमुकाम चरिकोट हुँदै बैतेस्वर, जिरी, तामाकोशी, मेलुङ, कालिन्चोक, बिगु हुँदै गृह गाउँपालिका गौरीशंकर पुगेका हुन् ।

मन्त्री गुरुङको स्वागतमा कार्यक्रम स्थललाई झकिझकाउ पारिएको थियो । तोरण, फुलमाला र बेलुन समेतले मञ्च र कार्यक्रम स्थललाई सिगारिएको थियो भने पञ्चेबाजा सहित स्वागत गरिएको थियो । बुधवार गृह जिल्ला दोलखा आएका मन्त्री गुरुङलाई नेकपा दोलखा, जिल्लाका स्थानीय सरकारहरु र बिभिन्न सँघ, सँस्थाहरुले स्वागत गरेका थिए । स्वागत र सम्मानमै चार दिन गृह जिल्ला बिताएका मन्त्री गुरुङले सोही क्रममा जिरी नगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको समुद्घाटन पनि गरेका थिए । गुरुङ मन्त्री भएपछि उद्घाटनको यो पहिलो कार्यक्रम हो । जिल्ला सदरमुकाम चरिकोट हुँदै बैतेस्वर, जिरी, तामाकोशी, मेलुङ, कालिन्चोक, बिगु हुँदै गृह गाउँपालिका गौरीशंकर पुगेका हुन् ।

मन्त्री गुरुङको जिल्ला दौडाहा सहितको स्वागत र सम्मान कार्यक्रम अवधिभर प्रदेश सभाका साँसद सरस्वती बस्नेत, प्रेस संगठन नेपालका केन्द्रिय सह संयोजक गणेश बस्नेत लगायतले साथ दिएका थिए भने जिल्ला आईपुगे पछि स्थानीय सरकारका प्रमुखहरु साथसाथै बिभिन्न कार्यक्रममा सहभागि भएका थिए ।

१४ मंसिर २०७६ । ७ः०० बजे प्रकाशित

VIEWS: 3335 पटक हेरीएको
error: Content is protected !!