महिला तथा वालवालिका मन्त्री पार्वत गुरुङलाई गृह जिल्लामा भव्य स्वागत 

2 weeks ago/Wednesday, November 27th, 2019

दोलखा, ११ मंसिर ।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई गृह जिल्ला दोलखामा भव्य स्वागत गरिएको छ ।

आजै गृह जिल्ला दोलखा आउनुभएका मन्त्री गुरुङलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा, जिल्ला समन्वय समिति र भीमेश्वर नगरपालीकाले छुट्टा छुट्टै कार्यक्रम गरेर स्वागत गरेका हुन् । मन्त्रि गुरुङलाई पार्टी कार्यालयमा नेकपाका नेता कार्यकर्ता तथा जिल्ला समन्वय समितिमा विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले स्वागत गरेका थिए । यस्तै भीमेश्वर नगरपालिकाले नगरपालिकाकै हलमा कार्यक्रम गरी मन्त्रिलाई स्वागत गरेको थियो । मन्त्रि नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला आउनुभएका मन्त्रि गुरुङलाई भव्य स्वागत गरीएको हो । उहाँ यही मंसिर १४ गतेसम्म गृहजिल्लामै रहने कार्यक्रम छ ।

लामावगर सुरुङमार्गको विषय क्याविनेटमा लैजानेः मन्त्री गुरुङ

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रि नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला आउनुभएका गुरुङले दोलखाको विगु गाउँपालिकास्थित लामावगर सुरुङमार्गको विषयलाई तत्काल क्याविनेट बैठकमा लैजाने बताउनुभएको छ । मन्त्री गुरुङले अब बस्ने क्याविनेट वैठकमा लामावगर सुरुङमार्गको विषयलाई पारित गर्ने गरी लैजाने भन्दै त्यसमा ढुक्क हुन जिल्लाबासीलाई आग्रह गर्नुभयो । सुरुङमार्ग निर्माणका लागि कुनै समस्या नरहेको भन्दै मन्त्रि गुरुङले अब बस्ने क्याविनेट बैठकबाट सुरुङमार्ग निर्माणको विषय पारित गराएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । साथै मन्त्रि गुरुङले दोलखामा निर्माण हुने भनिएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको विषयमा पनि आफु गम्भिर ढंगले लागीपर्ने बताउनुभएको छ । तामाकोशी तेस्रो जलविद्युत आयोजना ६ सय ५० मेगावाटकै बनाउन पहल गर्ने भन्दै उहाँले प्राविधिक विषय बाहेक अन्य कुनै पनि कारणले सो आयोजनाको क्षमता घटाउन नहुने बताउनुभयो ।

मन्त्रि गुरुङले भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा निर्माणा हुने भनिएको फिल्मी सिटी र खरिढुंगाको म्याग्नेसाइट सञ्चालनका लागि पनि पहल गर्ने बताउनुभएको छ ।

११ मंसिर, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 5505 पटक हेरीएको
error: Content is protected !!