महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई पाँच प्रश्न ?

2 weeks ago/Thursday, November 28th, 2019

दोलखावाट सँघीय सँसदमा प्रतक्ष्य निर्वाचित भएर प्रतिनिधित्व गर्ने एक मात्र सांसद पार्वत गुरुङ हालै मात्र सँघीय सरकारको महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नु भएको छ । मन्त्री चयन भएपछि पहिलो पटक बुधवार दोलखा आउनु भएका मन्त्री गुरुङ जिल्लाका बिभिन्न स्थानमा पुगेर राजनीतिक भेटघाट तथा मतदातालाई धन्यवाद दिँदै हुनुहुन्छ । मन्त्रीको स्वागत र सम्मानका लागि जिल्लाका स्थानीय तहमा स्थानीय सरकार, नेपाल कम्युनिष्ट पार्टी र बिभिन्न संघ सँस्थाहरुले एक पछि अर्को कार्यक्रमको आयोजना गरिररहेका छन् । गृह जिल्लामा स्वागत र सम्मान कार्यक्रममा व्यस्त देखिएका महिला, वालवालिका तथा जेष्ठ नागरिक पार्वत गुरुङलाई हामीले ५ वटा प्रश्न राखेका छौं । प्रस्तुत छ, सहकर्मी दुर्गा बस्नेतले गरेको ५ वटा सवालमा मन्त्री गुरुङको जवाफः

निर्वाचनमा भारी मतका साथ बिजयी हुनुभएको थियो, अहिले संघीय सरकारको मन्त्री बन्नुभयो । कस्तो अनुभव भइरहेको छ ?

मुलुकको निम्ति, सुखी नेपाली र समृद्ध नेपाल बनाउन एउटा महत्वपूर्ण योगदान गर्न पाउने अवसर मिलेको छ । त्यसको निम्ति म खुसी छु ।

तपाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नुभयो, आगामी योजना र कार्यक्रमहरु के–के छन् त ?

यसका लागि म अध्ययनमा छु । जनता र राष्ट्रका निम्ति माइलस्टुन हुने खालका कार्यक्रमहरु अघि बढ्ने छन् । यसकालागि मैंले मेरो मन्त्रालयमा आवस्यक जानकारी लिने र बुझ्ने काम गरिरहेको छु । राष्ट्रको कुरा बुझ्ने छु, अनि आफ्ना योजनाहरु सार्वजनिक गर्नेछु ।

महिला, बालबालिका र जेष्ठ नागरिकका अहिले जुन समस्याहरु छन्, ती समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?

मैले अघि नैं भने अब त्यसको लागि वार्षिक कार्ययोजना बन्छ र बनिरहेको छ । हिजो बनेका कुरालाई निरन्तरता दिने र अब नयाँ ढंगबाट त्यसको कार्ययोजना, रणनीति बनाएर अगाडि बढ्नेछु ।

तपाई देशकै मन्त्री भएपनि दोलखाप्रति अझ बढी जिम्मेवारी र दायित्व छ, तपाईको कार्यकालमा दोलखाले के पाउला ?

अब समृद्ध दोलखाको सपना पुरा हुनेछ । दोलखामा जुन हिजो बाँकी रहेका अधुरा योजनाहरु थिए, ति पुरा हुनेछन् । दोलखाका गौरवका आयोजनाहरु अब सबै सम्पन्न हुनेछन् र कुनै पनि योजनाहरु अधुरो रहने छैन ।

भनेपछि तपाई मन्त्री पदमा रहँदा यस्ता–यस्ता काम भए भनेर भोली समिक्षा हुँदा भन्न लायक कामहरु होलान् ?

अत्यन्त लायक हैन, देखिने कामहरु हुनेछ ।

१२ मंसिर २०७६ । १२ः१५ बजे प्रकाशित

VIEWS: 5690 पटक हेरीएको
error: Content is protected !!