माथिल्लो तामाकोशीका शेयर धनीलाई ‘डिम्याट’ खाता अनिवार्य

3 months ago/Sunday, February 23rd, 2020

सिर्जना खड्का ।

दोलखा, ११ फागुन ।

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका लागि दोलखा जिल्लावासी शेयरधनी सदस्यहरुले हितग्राही (डिम्याट) खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।

दोलखा जिल्लाका स्थानीयवासीका लागि नेपाल धितोपत्र बोर्डको नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम बाँडफाँड भएको शेयरका लागि शेयरधनीहरुले अनिवार्य डिम्याट खाता खोल्नुपर्ने भएको हो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले २०७५ साल साउन १६ देखि भदौ १४ सम्म शेयरका लागि आवेदन माग गरी १ करोड ५ लाख ९० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो । तर, शेयर बाँडफाँड भएको मितीले ३ वर्ष अर्थात आगमी २०७८ कात्तिक १४ गतेसम्म विक्रि वन्देज रहेको छ ।

स्थानीय शेयर धनीहरुलाई भौतिक प्रमाणपत्र बितरण गर्नका लागि (डिम्याट) खाता अनिवार्य खोल्नुपर्ने भएको माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले हाल शेयर अभौतिकिकरण गर्न हितग्राही डिम्याट खाता अनिवार्य भएको र डिम्याट खाता खोलिनसकेका स्थानीय शेयर धनीहरुले सनराईज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाण्डौ तथा सनराईज बैकका शाखा कार्यालयहरुको साथै कुनै पनि निक्षेप सदस्यकोमा सम्पर्क गर्नु पर्ने बताउनुभयो ।

दोलखा जिल्लाका स्थानीयवासीका लागि नेपाल धितोपत्र बोर्डको नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम बाँडफाँड भएको शेयरका लागि शेयरधनीहरुले अनिवार्य डिम्याट खाता खोल्नुपर्ने भएको छ । नागरिकताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो सहित स्वयम् उपस्थित भई डिम्याट खाता खोल्न सकिनेछ ।

दोलखामा पनि आफुले खाता खोलेको बैँकमा डिम्याट खाता खोल्न सकिने व्यवस्था भए सोही बैँकबाट र नभए अन्य बैँकबाट खाता खोल्न सकिने सनराईज क्यापिटल लिमिटेडका डिजेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो सहित स्वयम् उपस्थित भई डिम्याट खाता खोल्न सकिनेछ । यसअघि अभिभावकको खातामा शेयरका लागि रकम जम्मा गरेपनि अब भने नावालकको समेत बैँकमा छुट्टै खाता खोली डिम्याट खाता खोल्नुपर्नेछ ।

यस्तै, नाबालक शेयरधनीहरुको हकमा नाबालकको जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो पेश गरी संरक्षकले नाबालकको खाता खोल्न सक्ने छन् । डि–म्याट खाता खोलीसकेका प्रत्येक स्थानिय शेयरधनीले अभौतिकिकरण गरी शेयर खातामा जम्मा गर्नका लागि सनराईज क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता नम्बर उपलब्ध गराउने फारम भरेर विवरण बुझाउनु पर्नेछ ।

सो विवरण प्राप्त भए पश्चात मात्र शेयर, खातामा जम्मा हुनेछ । माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता न्यौपानेले सनराईज क्यापिटलमा आफ्नो डिम्याट खाता नम्बर उपलब्ध गराउने फारम भरेर आफ्नो विवरण राजधानीमा बुझाउन सम्भव नहुनेहरुका लागि जिल्लामा पनि केही व्यवस्था गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

डिम्याट खाता खोलीसकेका प्रत्येक स्थानिय शेयरधनीले अभौतिकिकरण गरी शेयर खातामा जम्मा गर्नका लागि सनराईज क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता नम्बर उपलब्ध गराउने फारम भरेर विवरण बुझाउनु पर्नेछ । डिम्याट खाता भएपछि शेयर खरीद बिक्री गर्न सहज हुनुका साथै खरीदबिक्री प्रक्रिया छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो डिम्याट खातामा सिधै जम्मा हुन्छ ।

सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैँकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि शेयर प्रमाणपत्रको कागज आवस्यक पर्दैन ।

डिम्याट खाता भएपछि शेयर खरीदबिक्री गर्न सहज हुनुका साथै खरीदबिक्री प्रक्रिया छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो डिम्याट खातामा सिधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाईरहनु पर्दैन ।

११ फागुन, २०७६ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 48540 पटक हेरीएको
error: Content is protected !!