माथिल्लो तामाकोशीको मेकानिकल परिक्षण सफल, माथिल्लो पेनस्टक गेटमा चुहावटको समस्या

3 weeks ago/Tuesday, June 1st, 2021

ईदोलखा संवाददाता ।
दोलखा, १८ जेठ ।

दोलखामा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको ईलेक्ट्रोमेकानिकल कार्य अन्तर्गत एउटा युनिटको मेकानिकल परिक्षण सफल भएको छ ।

लगातार तीन दिनको प्रयासपछि माथिल्लो तामाकोशीको एउटा टरवाईनमा पानी पठाएर हिजो परिक्षण गरिएकोमा सफल भएको हो । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले इलेक्ट्रोमेकानिकल अन्तर्गत एउटा युनिटको परिक्षण सफल भएको र अन्य युनिट तथा मेकानिकल पाट्र्सको परिक्षणको समेत ढोका खुलेको बताउनुभयो । एउटा टरवाईनको परिक्षण सफल हुनु माथिल्लो तामाकोशीका लागि निकै खुशिको खवर भएको उहाँले बताउनुभयो । माथिल्लो तामाकोशीका उच्च अधिकारी सहितको प्राविधिक टोली र आयोजनाको मेकानिकल तथा इलेक्ट्रिकल कामको जिम्मा लिएको एन्डिज हाईड्रोले सनिवारदेखि लगातार तीन दिनसम्म एउटा युनिटको मेकानिकल परिक्षण जारी राखेको हिजो मात्रै सफलता हात पारेको हो । मेकानिकल परिक्षणका लागि तामाकोशीको पानीलाई बन्द गरेर करिव ४ किलोमिटर सुरुङमा भरिएको पानीलाई प्रयोग गरिएको थियो । त्यसका लागि एउटा नोजलवाट प्रति सेकेण्ड करिव २ सय लिटरका दरले पानीलाई टरवाईनमा छाडिएको थियो । सफलता हात परेपछि तामाकोशीका उच्च अधिकारी र एन्ड्रिज हाईड्रोका अधिकारीहरुले आयोजनास्थल गोंगरमा खुशी समेत मनाएका छन् ।

माथिल्लो तामाकोशी आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिज्ञानप्रसाद श्रेष्ठले एउटा टरवाईनको सफल परिक्षण हुनु ऐतिहासिक सफलता भएको भन्दै आगामी असार महिनाभित्र कम्तिमा दुई वटा युनिटवाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । आयोजनाको एउटा टरवाईनवाट ७६ मेगावाटका दरले दुई वटा युनिटवाट १५२ मेगावाट बिद्युत उत्पादन हुनेछ । यसअघि नयाँ बर्ष अर्थात बैशाखमा बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा सो लक्ष्य पुरा हुन नसकेपछि बैशाख मसान्त हुँदै यहि जेठ १५ गतेभित्र बिद्युत उत्पादनको नयाँ शंसोधित कार्यतालिका थियो । संघीय सरकारले बजेट ल्याउन अगावै कम्तिमा एउटा युनिटवाट बिद्युत उत्पादन सुरु गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीवाट उद्घाटन गर्ने आन्तरिक तयारी थियो ।

माथिल्लो तामाकोशीका उच्च अधिकारी सहितको प्राविधिक टोली र आयोजनाको मेकानिकल तथा इलेक्ट्रिकल कामको जिम्मा लिएको एन्डिज हाईड्रोले सनिवारदेखि लगातार तीन दिनसम्म एउटा युनिटको मेकानिकल परिक्षण जारी राखेको हिजो मात्रै सफलता हात पारेको हो । मेकानिकल परिक्षणका लागि तामाकोशीको पानीलाई बन्द गरेर करिव ४ किलोमिटर सुरुङमा भरिएको पानीलाई प्रयोग गरिएको थियो । त्यसका लागि एउटा नोजलवाट प्रति सेकेण्ड करिव २ सय लिटरका दरले पानीलाई टरवाईनमा छाडिएको थियो ।

यसैवीच, माथिल्लो तामाकोशी आयोजनाको सुरुङमा पानी भरिएपछि चुहावट भएर समस्या आएको पेनस्टक पाईपको म्यानहोलको मर्मत गरिएको छ भने माथिल्लो पेनस्टकको गेटमा पनि चुहावट देखिएको छ । यसअघि समस्या देखिएको पेनस्टक पाईपटको म्यानहोल मर्मतको काम पुरा भएपनि माथिल्लो पेनस्टकको गेटमा देखिएको समस्या भने समाधान हुन बाँकी रहेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो पेनस्टकको गेट मर्मतको कामा चाँडै सुरु हुनेछ । यसका लागि आयोजनाले ५ दिनअघिवाटै सुरुङमा पानी भर्ने काम बन्द गरेको छ । ८ किलोमिटर सुरुङ मध्ये ४ किलोमिटर सुरुङमा भरिएको पानीले मेकानिकल परिक्षणका कामहरु भईरहेका छन् ।

 

१८ जेठ २०७८ । ९ः०० बजे प्रकाशित

VIEWS: 10735 पटक हेरीएको
error: Content is protected !!