माथिल्लो तामाकोशीमा सर्वसाधारणलाई न्युनतम ४० देखि अधिकतम ५० कित्ता शेयर

6 months ago/Tuesday, November 27th, 2018

दोलखा, ११ मंसिर ।

दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सर्वसाधारणले अधिकतम ५० कित्ता सेयर पाएका छन् ।

आज भएको शेयर बाँडफाँड अनुसार सर्वासाधारणले आयोजनामा न्युनतम ४० देखि अधिकतम ५० कित्ता शेयर पाएका हुन् । लट्रीको आधारमा सर्वसाधरणका लागि ४० देखि ५० कित्ता शेयर बाँडफाँड गरिएको माथिल्ले तामाकोशी आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिनुभयो । ३ लाख ३४ हजार ७५ जना सर्वसाधारणले आयोजनाको शेयर पाएका छन् । ती मध्य १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता र १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ताको दरले शेयर पाएको प्रवक्ता न्यौपानेले बताउनुभयो । साधारण सेयर अन्तर्गत ३ लाख ३९ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ५ हजार ७ सय आवेदकको भने शेयर आवेदन रद्ध भएको छ । उनीहरुले पहिलो चरणमा पनि शेयर आवेदन दिएकाले आवेदन रद्ध गरिएको आयोजनाले जनाएको छ ।

साधारण सेयर अन्तर्गत ३ लाख ३९ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ५ हजार ७ सय आवेदकको भने शेयर आवेदन रद्ध भएको छ । उनीहरुले पहिलो चरणमा पनि शेयर आवेदन दिएकाले आवेदन रद्ध गरिएको आयोजनाले जनाएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता शेयर निश्काषण गरिएको थियो ।

दोलखाको लामावगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता शेयर निश्काषण गरिएको थियो । न्युनतम ५० देखि अधिकतम १ हजार कित्ता सम्म शेयर आवेदन दिन पाउने गरि कात्तिक १५ गतेदेखि १९ गतेसम्म शेयर आवेदन खुल्ला गरिएकोमा माग गरिए भन्दा ४ गुणा बढी आवेदन परेको थियो । पहिलो चरणमा दोलखाबासिका लागि शेयर आवेदन खुलाएको आयोजनाले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको हो ।

आयोजनाले दोलखाबासिका लागि छुट्याएको शेयर भने यसअघि नै बाँडफाँड भईसकेको छ । आयोजनामा दोलखाबासिले न्युनतम ३० देखि अधिकतम १ सय ३ कित्तासम्म शेयर पाएका छन् ।

११ मंसिर, २०७५ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 2635 पटक हेरीएको
error: Content is protected !!