मालपोत कार्यालय दोलखाद्धारा एक वर्षमा चार करोड बढि राजस्व संकलन

2 weeks ago/Tuesday, August 6th, 2019

दोलखा २१, साउन ।

मालपोत कार्यालय दोलखामा गत आर्थिक वर्ष २०७५/७६ मा साँढे ४ करोड भन्दा बढी राजस्व संकलन भएको छ ।

मालपोत कार्यालय दोलखामा गत आर्थिक वर्ष ४ करोड ८५ लाख १२ हजार ५ सय ४६ रुपैयाँ राजस्व संकलन भएको हो । कार्यालयले दृष्टिबन्धकी, भोग बन्धकी, अंशवण्डा, राजिनामा, छोडपत्र, डोर दस्तुर, दानपत्र, अंश बुझेको भरपाई लगायतका शिर्षकमा सो राजस्व संकलन गरेको नायब सुब्बा सुमना थापाले जानकारी दिनुभयो । कार्यालयले सबैभन्दा बढी २ हजार ५ सय ६२ वटा राजिनामा पास गर्दा सो शिर्षकबाट ३ करोड १२ लाख ८७ हजार १ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये शहरी क्षेत्रको ११ सय २८ जनाबाट २ करोड ४१ लाख ११ हजार २ सय २५ रुपैयाँ हो भने ग्रामीण क्षेत्रको १४ सय ३४ जनाबाट ७१ लाख ७५ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको हो ।

कार्यालयले सबैभन्दा बढी २ हजार ५ सय ६२ वटा राजिनामा पास गर्दा स ३ करोड १२ लाख राजस्व संकलन गरेको छ । मालपोत दोलखामा एक वर्षको अवधिमा २ सय १३ वटा अंशवण्डा भएको छ । दोलखा मालपोत कार्यालयले छोडपत्रबाट २५ लाख ५ हजार ५ सय ९० रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, कार्यालयले २ सय १३ वटा अशंवण्डा शिर्षकबाट ७ लाख ४ हजार ८ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये शहरी क्षेत्रमा ६६ वटा अशवण्डा भएकोबाट ३ लाख २ हजार ३ सय ७२ रुपैया र ग्रामीण क्षेत्रबाट १ सय ४७ वटा अंशवण्डा भएकोमा ४ लाख २ हजार ४ सय ७९ राजस्व संकलन भएको हो । यसैगरी कार्यलयमा गत वर्ष दृष्टि बन्धकी ९ सय ३८ वटा भएको छ । यसबाट ५१ लाख ८० हजार ९ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । सो राजस्वमध्य ४० लाख ७९ हजार १ सय ५० रुपैयाँ शहरी क्षेत्रको हो भने ११ लाख १८ हजार ग्रामीण क्षेत्रको हो । यो तथ्याँकले जिल्ला मालपोत कार्यालयमा ग्रामिण क्षेत्र भन्दा सहरी क्षेत्रको जग्गा बढी दृष्टि बन्धक हुने देखिएको छ ।

दोलखा मालपोत कार्यालयले छोडपत्रबाट २५ लाख ५ हजार ५ सय ९०, शेषपछिको बकसपत्रबाट ९६ हजार र हालैको बकसपत्र ४५ लाख २ हजार ७ सय ६१ रुपैया संकलन भएको छ । मालपोत कार्यालयमा गत वर्ष दर्ता फारी ५७ वटा भएका छन् । यसबाट २ लाख ९६ हजार १ सय ७० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सलोगना ११ वटाबाट १९ हजार २० र लाभकर १ सय ४५ वटा भएकोमा ९८ लाख ९१ हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी डोर दस्तुरबाट ३६ हजार, कार्यालयमा अंश बुझेको भरपाई १ सय ५९ वटाबाट २ लाख ८१ हजार ७ सय ६४ रुपैया संकलन भएको छ । दोलखामा गत आर्थिक वर्ष ५ हजार ३३ वटा जग्गा पास भएको मालपोत कार्यालयले जनाएको छ ।

२१ साउन २०७६ । ३ः ४५ बजे प्रकाशित ।

VIEWS: 580 पटक हेरीएको
error: Content is protected !!