मिलिजुलीको स्थापना दिवसः एटिएम कार्ड सेवा सुरु, जेष्ठ सदस्यलाई भत्ता

3 weeks ago/Sunday, August 25th, 2019

दोलखा, ८ भदौ ।

दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले चालु आर्थिक बर्षवाट सेयर सदस्यहरुलाई एटिएम सेवा दिने भएको छ ।

मिलिजुलीले सँस्था स्थापना दिवसको अवसर पारेर हिजोदेखि एटिएम कार्ड सेवा सुरु गरेको हो । मिलिजुली एटिएम कार्ड सेवाको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख पाण्डेले एटिएम कार्ड सेवावाट सेयर सदस्य अझ बढी लाभान्वित हुने बताउनुभयो । प्रमुख पाण्डेले ठूला सहकारी क्षेत्रमा सेवासुविधा बृद्धिसँगै बिकृति पनि बढ्दै गएको भन्दै सहकारी क्षेत्रमा देखापरेका बिकृति अन्त्य गर्न सवै सचेत र जागरुक बन्नु पर्ने धारणा राख्नुभयो । मिलिजुलीले एक हजार थान एटिएम कार्ड तयार पारेर यो सेवा दिन सुरु गरेको हो । दोलखाका सहकारी सँस्थाहरु मध्ये एटिएम कार्ड सेवा सुरु गर्ने मिलिजुली पहिलो सहकारी हो ।

मिलिजुलीको एटिएम कार्डको सेवा ‘स्मार्ट च्वाईस टेक्नोलोजी’ (एसईटी) र ‘युनियन पे’ नेटवर्क भएको एटिएमवाट उपलव्ध हुनेछ । सँस्थाका अध्यक्ष नारायण वहादुर श्रेष्ठले मिलिजुलीका सेयर सदस्यलाई जुनसुकै बेला पनि कारोवार गर्न सहज होस् भनेर एटिएम कार्ड सेवा सुरु गरेको जानकारी दिनुभयो । मिलिजुलीमा घर खर्च र ऐच्छिक बचत खाता भएका सेयर सदस्यहरुले यो कार्डको प्रयोग गर्न पाउने छन् । एटिएम कार्ड सेवा सुरु गरेपनि मिलिजुलीले तत्कालका लागि एटिएम बुथ भने बनाउने छैन । मिलिजुलीको एटिएम कार्ड एसईटी र युनियन पे नेटवर्क भएका बैंकको एटिएममै प्रयोग गर्न सकिने छ ।

मिलिजुलीको एटिएम कार्डको सेवा ‘स्मार्ट च्वाईस टेक्नोलोजी’ (एसईटी) र ‘युनियन पे’ नेटवर्क भएको एटिएमवाट उपलव्ध हुनेछ । सँस्थाका अध्यक्ष नारायण वहादुर श्रेष्ठले मिलिजुलीका सेयर सदस्यलाई जुनसुकै बेला पनि कारोवार गर्न सहज होस् भनेर एटिएम कार्ड सेवा सुरु गरेको जानकारी दिनुभयो । मिलिजुलीमा घर खर्च र ऐच्छिक बचत खाता भएका सेयर सदस्यहरुले यो कार्डको प्रयोग गर्न पाउने छन् ।

यसैवीच, मिलिजुली साकासेले आफ्नो २७ औं स्थापना तथा कारोवार सञ्चालन दिवसको अवसर पारेर ७० बर्ष उमेर काटेका ३ सय ७० जना जेष्ठ सदस्यलाई टेक्ने लठ्ठी र टर्च तथा सँस्थामा सेयर सदस्य भएको १० बर्ष पूरा भई ७० बर्ष उमेर पार गरेका ६५ जना जेष्ठ सदस्यहरुलाई भत्ता पनि बितरण गरेको छ । भत्ता पाउने जेष्ठ नागरिकलाई एक बर्षको २४ सयका दरले एकमुष्ट रकम दिईएको छ । मिलिजुलीले सामाजिक काम अन्तर्गत आफ्नो कार्य क्षेत्र भित्रका २९ वटा वडालाई प्रति वडा २ वटा स्टे«चर पनि बितरण गरेको छ ।

स्थापना दिवसको अवसरमा पत्रकार चिरञ्जीवी मास्के पुरस्कृत भएका छन् । सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाए वापत पत्रकार मास्केलाई नगद ५ हजार ५ रुपैयाँ र प्रसँशा पत्र सहित पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य समेत रहेका मास्के नेपाल समाचारपत्र दैनिकमा आवद्ध छन् । कार्यक्रममा पूर्व सँचालककोतर्फवाट केदार खड्का, पूर्व लेखा समिति सँयोजक ठाकूरप्रसाद घिमिरे, पूर्व कर्मचारी शर्मिला सापकोटा र बहालवाला कर्मचारीहरु यशोधा कार्की र पम्फा तामाङ पुरस्कृत भएका छन् ।

यस्तै, उत्कृष्ठ कारोवारकर्ता शान्तकुमार जिरेल, नियमित सदस्य हरिप्रसाद सापकोटा, दैनिक बचतकर्ता पुस्करवहादुर शिवाकोटी र उत्कृष्ठ बाल बचतकर्ता समिरा सुवेदी पनि नगद सहित सम्मानित भएका छन् । मिलिजुलीको स्थापना दिवसमा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौंलागाई, दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्का, मिलिजुलीका सँस्थापक अध्यक्ष रामदास श्रेष्ठ, उपाध्यक्ष कृष्णवहादुर गौतम लगायतले सहकारी अभियानमा मिलिजुलीको भूमिकाका बिषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । २२ हजार सेयर सदस्य ६ हजार बाल सदस्य रहेको मिलिजुलीको कूल पूँजि १ अर्व ३ करोड रुपैयाँ रहेको सँस्थाका सहायक व्यवस्थापक रमेश सापकोटाले जानकारी दिनुभयो ।

८ भदौ २०७६ । ९ः०० बजे प्रकाशित

VIEWS: 1050 पटक हेरीएको
error: Content is protected !!