मिलिजुली कालिञ्चोक साकोसको खोपाचागुमा सेवा केन्द्र विस्तार

1 month ago/Saturday, March 20th, 2021

दोलखा, ७ चैत ।

दोलखा सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगु गाउँपालिकामा सेवा केन्द्र विस्तार गरेको छ ।

मिललिजुली कालिञ्चोक साकोसले आज एक कार्यक्रमको आयोजना गरी विगु गाउँपालिका वडा नम्बर ८ स्थित थामीचागुमा ८ औंँ सेवाकेन्द्र सञ्चालनमा ल्याएकोे हो । कार्यक्रमको विगु गाउँपालिका उपाध्यक्ष सञ्जिव ओली र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका सञ्चालक सदस्य एवम् बागमती प्रदेश बचत संघका महासचिव जिवसराज खड्काले उद्धघाटन गर्नुभयो । यसअघि नै ७ वटा सेवा केन्द्र सञ्चालमा ल्याएको मिलिजुली कालिञ्चोक साकोसले सेयर सदस्यलाई दिइने सेवा सुविधालाई मध्यनजर गर्दै थामिचाँगुमा पनि सेवा केन्द्र स्थापना गरेको संस्थाका सिईओ ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंक तथा वित्तिय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई सहकारी क्षेत्रमा आवद्ध गराउने उदेश्यले थामिचागुमा पनि सेवा केन्द्र विस्तार गरिएको हो । संस्थाले शेयर सदस्य लगायत स्थानीयका लागि आज स्त्रीरोग परीक्षण शिविर पनि सञ्चालन गरेको थियो । सो शिविरमा १ सय ३१ जना स्थानीय महिलाहरुले स्वास्थ्य परिक्षण गराएका छन् । संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय लगायतको उपस्थिति थियो ।

७ चैत, २०७७ । ७ः४० बजे प्रकाशित ।

VIEWS: 2120 पटक हेरीएको
error: Content is protected !!