मिलिजुली कालिन्चोक सहकारीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुनः नारायणवहादुर श्रेष्ठ

2 weeks ago/Saturday, November 30th, 2019

ईदोलखा संवाददाता ।
दोलखा, १४ मंसिर ।

दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । नव निर्वाचित सँचालक समिति र लेखा समितिले सपथ ग्रहण पनि गरेका छन् ।

सर्वसम्मत रुपमा चयन भएको सँचालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण गरेका हुन् । गत असोज ३० गते २६ औं साधारण सभा सम्पन्न भएपनि सँचालक समिति र लेखा समितिको चयन हुन सकेको थिएन । नयाँ नेतृत्व चयनका लागि आजका लागि निर्वाचनको मिति तोकिएको थियो । तर, निर्वाचन अगावै मिलिजुली कालिन्चोक साकोसका सवै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको हो । जस अनुसार मिलिजुलीको अध्यक्षमा पुनः नारायण वहादुर श्रेष्ठ निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा मतदान प्रक्रियावाट बिजयी भएका श्रेष्ठ दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, मिलिजुली कालिन्चोक साकोसका उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकूरुप्रसाद पाठक, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र लेखा समितिको सदस्यमा कृष्णवहादुर गौतम निर्वाचित भएका छन् । सँचालक समितिको सदस्यहरुमा महिला सदस्यतर्फ बालकुमारी श्रेष्ठ र गौरी थापा, खुल्ला सदस्यतर्फ नारायणप्रसाद सापकोटा र अर्जुन प्रसाद चौंलागाई, गाउँपालिका महिला तर्फको सदस्यमा अनिता खड्का (श्रेष्ठ), कालिन्चोक गाउँपालिकावाट देवेन्द्र अर्याल, शैलुङ गाउँपालिकावाट रमेश चौंलागाई र बैतेस्वर गाउँपालिकावाट राजेश उप्रेती तथा लेखा समितिको सदस्यतर्फ रामकृष्ण श्रेष्ठ र जगतनारायण श्रेष्ठ चयन भएका छन् ।

मिलिजुलीको अध्यक्षमा पुनः नारायण वहादुर श्रेष्ठ निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा मतदान प्रक्रियावाट बिजयी भएका श्रेष्ठ दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । सँचालक समिति र लेखा समितिका अन्य सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् ।

सपथ ग्रहण समारोहमा बोल्दै बचत तथा ऋण सहकारी सँघ लिमिटेड प्रदेश नम्बर ३ का महासचिव तथा दोलखा जिल्ला वचत सँघका अध्यक्ष जिवसराज खड्काले मिलिजुलीको नयाँ नेतृत्वका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको भन्दै आगामी दिनमा सँस्थालाई अझ बढी प्रभावकारी ढँगले अघि बढाउन सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष नारायणवहादुर श्रेष्ठले सरकारको नीति नियम र ऐन तथा सँस्थाको नीति र कार्यविधि भन्दा बाहिर गएर काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचन उप समितिका सँयोजक गोविन्द नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रिय सदस्य सुदर्शन कार्की, भीमेस्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको मिलिजुली साकोससँग गत असार महिनामा जिल्लाकै पुरानो सहकारी कालिन्चोक सहकारी सँस्था एकिकरण भएको थियो । एकिकरणसँगै मिलिजुली साकोस अव मिलिजुली कालिन्चोक साकोसमा परिणत भएको छ । सँस्थाको स्थापनादेखि हालसम्म मिलिजुलीमा १२ वटा सहकारी सँस्थाहरु एकिकरण भईसकेका छन् । शेयर सदस्य र बाल सदस्य गरी करिव ३१ हजार सदस्य रहेको मिलिजुली कारोवारको हिसावले दोश्रो ठूलो सहकारीको रुपमा चिनिन्छ ।

१४ मंसिर २०७६ । ९ः४५ बजे प्रकाशित

VIEWS: 3260 पटक हेरीएको
error: Content is protected !!