मिलीजुली कालिञ्चोक साकोसद्धारा आफ्ना सबै शेयर सदस्यको दुर्घटना बिमा

1 week ago/Monday, February 22nd, 2021

ईदोलखा संवाददाता ।

जिरी (दोलखा), १० फागुन ।

दोलखा सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गरिदिने भएको छ ।

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमेश्वर नगरपालिका ६ चरिकोट दोलखाले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गर्नको लागि प्रभु ईन्स्योरेन्स् लिमिटेड सँग सम्झौता गरेको हो । संस्थाले आफ्ना शेयर सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पुर्ण अशक्तता भएमा वा हुलदंगा तथा आतंकबादी क्रियाकलाप बाट मृत्यु वा पुर्ण अशक्त भएमा पचास हजार रुपैया रकम पाउने गरी दुर्घटना बिमा गरिदिन लागेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ईश्वर न्यौपानेले जानकारी दिनुभयो । प्रतिस्पर्धाको आधारमा शेयर सदस्यहरुका लागि निशुल्क दुर्घटना बिमा गर्न लागिएको सिइओ न्यौपानेले बताउनुभयो ।

दोलखा सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गरिदिने भएको छ । मिलिजुली कालिञ्चोकले शेयर सदस्यहरुको विमा गराउनको लागि आज संस्थाको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु र्ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रभु ईन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

मिलिजुली कालिञ्चोकले शेयर सदस्यहरुको विमा गराउनको लागि आज संस्थाको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु र्ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रभु ईन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीहरु र प्रभु ईन्स्योरेन्स लिमिटेडको तर्फबाट शाखा प्रमुख बटाला र सहायक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल मिलिजुली कालिञ्चोक साकोसमा २१ हजार ८ सय ५३ जना शेयर सदस्य रहेका छन्  । यो संस्था जिल्लाकै ठूलो सहकारी मध्यको एक्सेस ब्राण्ड प्राप्त सहकारी संस्था हो ।

१० फागुन २०७७ । ३ः २० बजे प्रकाशित ।

VIEWS: 1545 पटक हेरीएको
error: Content is protected !!