मेक्सिकोमा शक्तिशाली भुकम्पः १३० को मृत्यु

4 years ago/Wednesday, September 20th, 2017

दोलखा, ४ असोज ।

मेक्सिकोमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भुकम्प जाँदा १ सय ३० जनाको मृत्यु भएको छ ।

गएराति गएको भुकम्पमा परि हालसम्म १ सय ३० जनाको मृत्यु भएको मेक्सिकोका सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।  मेक्सिकोको पोएब्ला राज्यलाई केन्द्रविन्दु बनाएर ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको हो । भुकम्पबाट ठुलो मानवीय तथा धनजनको क्षति भएको बिबिसीले जनाएको छ । भुकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पु¥याएको छ ।

राजधानीमै दर्जनौँ घर भत्किएको छ । भुकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भुकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनको भग्नावशेषमा मानिस फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।मेक्सिकोमा पछिल्लो समय भुकम्पले ठूलो क्षति पु¥याएको छ ।

यसअघि, सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षीणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८ दशमलव १ रेक्टर स्केलको भुकम्प जाँदा कम्तीमा ९० जनाको मृत्यु भएको थियो । मेक्सिकोमा ३२ वर्ष अगाडी पनि शक्तिशाली भुकम्प जाँदा १० हजार भन्दा बढि मानिसले ज्यान गुमाएका थिए । सोही भुकम्पको वर्षगाठको अवसरमा भुकम्प बाट बच्ने उपायका बारेमा पुर्वअभ्यास गरिरहेका बेला पुनः यो भुकम्प गएको अधिकारीहरुले बताएका छन् ।

४ असोज २०७४ । ८ः५० बजे प्रकाशित ।

VIEWS: 6125 पटक हेरीएको
error: Content is protected !!