मेलुङको सितलीदेखि भेड्पुको बुद्धचोक सम्मको सडक प्रदेश सरकारले स्तरोन्नति गर्ने

2 weeks ago/Friday, February 14th, 2020

सिर्जना गोले ।

मेलुङ (दोलखा), २ फागुन ।

बागमती प्रदेश सरकारले दोलखाको सितली–मेलुङ बुद्धचोक–भैसे सडकको साँढे ११ किलोमिटर सडक स्तरोन्नति गर्ने भएकोे छ ।

प्रदेश सरकारको लागतमा सितली –मेलुङ बुद्धचोक–भैसे सडकको सितली बुद्धचोक खण्डको ८ मिटर चौडाईको साँढे ११ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो । बागमती प्रदेश अन्तर्गतको पूर्वधार विकास कार्यालय सिन्धुपाल्चोकले शुक्रबार मात्रै सो सडकको लागि बोलपत्र आवह्वान गरेको छ । प्रदेशको प्रत्येक गाउँपालिकामा नजिकको मार्गदेखि गाउँपालिकाको केन्द्र सम्म सडक कालोपत्रे गर्ने निती अनुसार मेलुङमा पनि यो वर्ष प्रदेश सरकारले सितली –मेलुङ –भन्ज्याङ –भैसे सडक स्तरोन्नति गर्न लागेको हो । दोलखाबाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काको विशेष पहलमा प्रदेश सरकारले मेलुङ गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको सो सडकलाई स्तरोन्नति गर्न लागेको हो । सो सडकको स्तरोन्नतिका लागि सांसद खड्काले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सो सडकको विकासका लागि प्रदेश सरकारमा पटक –पटक लबिङ गर्दै आएका थिए । सितली बुद्धचोक खण्डको सडकमा चालु वर्ष प्रदेश सरकारले गर्ने स्तरोन्नति अन्तर्गत ग्राभेल र सोलिङ लगायतको काम हुने पूर्वधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रविन खातीले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्र आवह्वानपछि निर्माणका लागि सम्झौता भएको १८ महिनापछि काम सम्पन्न गर्नुपर्नेछ भने बोलपत्र भएपछि सडक निर्माणको काम अघि बढ्नेछ । यद्धपी सो सडक स्तरोन्नति गर्नका लागि विनियोजन गरिएको बजेट भने प्रदेश सरकारले खुलाएको छैन ।

दोलखाबाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काको विशेष पहलमा प्रदेश सरकारले मेलुङ गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको सो सडकलाई स्तरोन्नति गर्न लागेको हो । सो सडकको स्तरोन्नतिका लागि सांसद खड्काले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सो सडकको विकासका लागि प्रदेश सरकारमा पटक –पटक लबिङ गर्दै आएका थिए । मेलुङ गाउँपालिकामा सित्तली–मेलुङ बुद्धचोक–भैसे सडकको विकास भएसँगै गाउँपालिकाभित्रको वडा नम्बर ३, ४, ६ र ७ का गरी ४ वटा वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । 

साँढे ११ किलोमिटर सडक स्तरोन्नति गर्दा प्रदेश सरकारको करोडौं रकम खर्च हुनेछ । मेलुङ गाउँपालिकामा सितली–मेलुङ बुद्धचोक–भैसे सडकको विकास भएसँगै गाउँपालिकाभित्रको वडा नम्बर ३, ४, ६ र ७ का गरी ४ वटा वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा ३ र ४ को माथिल्लो भेग आलुको पकेट क्षेत्र भएकोले विशेषगरी त्यहाँका जनतालाई फाइदा पुग्ने र किसानहरुले व्यवसायिक रुपमै आलु लगायतका विभिन्न तरकारी खेती गरी सहजै बजार सम्म पु¥याउन सकिने मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो सडक निर्माणका लागि मेलुङ गाउँपालिकाले पनि कृषि मन्त्री दावा दोर्जे लामासँगै प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । सितली–मेलुङ बुद्धचोक–भैसे सडकको सित्तली बुद्धचोक खण्डको स्तरोन्नतिको सम्पूर्ण काम प्रदेश सरकारबाटै हुने र अनुगमन लगायतको काम गाउँपालिकाले गर्नेछ ।

गाउँपालिकाभित्रको २७ मिलोमिटर सडक मध्ये साँढे ११ मिलोमिटरको प्रदेश सरकारबाट बोलपत्र भएको भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बाँकी सडकको पनि स्तरोन्नति गर्नुपर्ने अवस्था रहेकोले संघीय र प्रदेश सरकारसँग माग गरिरहेको बताउनुभयो ।

फागुन २, २०७६ । ६ः२० बजे प्रकाशित ।

VIEWS: 6030 पटक हेरीएको
error: Content is protected !!